© २०२३
परासी हाट बजार ब्यवसायीहरुले आफ्नै छाता संगठन उद्योगा बाणिज्य संघ विरुद्ध प्रदर्शन गरेका छन् । स्थानिय तहको मतियार भई ब्यवसायिक कर र हाटबाजरको कर वृद्धि गराउनमा सहयोग गरेको आरोप लगाउदै प्रदर्शन गरेका हुन् ।
करिब चालिस जनाको समुहमा गएका ब्यवसायिहरुले स्थानिय तहबाट कति कमिसनमा कर वृद्धिका लागि सहमति जनाएको भन्द्रै संघका अध्यक्ष माथि आक्रोस पोखेका थिए । संघका पुर्व बाणिज्य उपाध्यक्ष समेत रहेका हाटबजार ब्यवसायि राधेश्याम अग्रहरीको नेतृत्वमा ब्यवसायिहरुको टोलीले परासी स्थित संघको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका थिए । स्थानिय तहहरुले कर बढाए पछि पहिला ब्यवसायीहरु स्थानिय तहमा डेलिगेसन भएको र स्थानिय तहले राजस्व परामर्श समितिले सिफारिस गरे अनुसार कर वृद्धि गरिएको र सो परामर्श समितिमा संघका सदस्य समेत पदेन सदस्य रहेको हुदा उनको सहमतिमै कर वृद्धि भएको जानकारी गराए पछि ब्यवसायि आक्रोसित छन् । स्थानिय तहले कर वृद्धि गर्नमा संघका सदस्य समेत सहमति जनाएकोले कर वृद्धि गरिएको भने, ब्यवसायी अग्रहरीले भने, ब्यवसायीहरुकै छाता संगठनले संगठनको हितमा काम नगरि स्थानिय तहको मतियार बन्यो,करवृद्धिमा सहमती जनायो । त्यो भएर ब्यवसायिहरुले स्थानिय तहमा गएर विरोध गर्नु भन्दा पहिला आफ्नै संंगठन विरुद्ध लाग्नु पर्ने बताए ।
ब्यवसायीहरुको टोली पुगेर संघका अध्यक्ष केशव भण्डारीलाई कर वृद्धिमा सहमति किन जनाएको हो ? भनि प्रश्न राखे पछि भुलबस भएको जनाउदै क्षमा याचना गरेका थिए । बैठकमा उपस्थिती गराउने र पछि आफु अनुकुल नै निर्णय लेख्ने गरेको सफाई उनले पेश गरेका थिए । अब संघले नै कर घटाउनका लागि स्थानिय तहसंग समन्वय गर्ने प्रतिवद्धता जनाएका छन् । ब्यवसायिहरुको माग जायज छ,कर वृद्धि भएकै छ । त्यसले उद्योगी ब्यवसायिलाई मर्का परेको छ । कर वृद्धिको असर मुल्य वृद्धि भई त्यसको असर आम उपभोतmामा समेत पर्ने संघका अध्यक्ष भण्डारीले जनाए । अध्यक्ष भण्डारीले एक साता भित्रै कर वृद्धिबारे स्थानिय तहसंग छलफल गरि परिमार्जन गर्न लगाउने हाटबजार ब्यवसायीलाई आश्वास्त पारेका छन् । यता समय भित्र संघले निकास ननिकालेमा संघको समानान्तर समिति खडा गरि कर विरुद्धको आन्दोलन शुरु गरिने चेतावनी समेत ब्यवसायी अग्रहरीले दिएका छन् ।