ट्रेंडिंग:

>> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख

सिजनको ‘सुन्तला स्वाद’

कृषि उपज केन्द्रमा प्रदेशका ३ जिल्ला गुल्मी, अर्घाखाँची पाल्पा र गण्डकी प्रदेशको स्याङ्जाबाट समेत सुन्तला आएको छ । फरक फरक स्वाद र आकारका सुन्तलाको अहिले उपज केन्द्रबाट ५० देखि ८०, ९० रूपैयाँ प्रतिकिलोमा सुन्तलाको होलसेल कारोबार भैरहेको छ ।
८ मंसिर २०८०, शुक्रबार
८ मंसिर २०८०, शुक्रबार

बुटवल, ८ मंसिर ।  नेपाली सुन्तलाको कारोबार सुरुवात भएको छ । नेपाली सिजनवेल सुन्तलाको कारोबार सुरु भएपछि व्यवसायीहरूले किसानको बगैचामा नै गएर सुन्तलाको कारोबारको लागि सम्झौता गर्दै खरिद गर्न सुरुवात गरेका हुन । काठमाडौंको कालीमाटी पछिको सबैभन्दा ठूलो कृषि उपज केन्द्रको रूपमा रहेको बुटवल कृषि उपज थोक बजारमा पनि सुन्तलाको कारोबार सुरु भएको छ । उपज केन्द्रमा प्रदेशका ३ जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा र गण्डीकी प्रदेशको स्याङ्जाबाट समेत सुन्तला आएका छन् ।

बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुषाल (गोपाल) का अनुसार अहिले मौसम पनि अनुकुल भएको कारण पहिलो चरणको सुन्तला बजारमा आउने क्रम रहेको जानकारी दिए । बुटवल कृषि उपज थोक बजारमा अहिले सुन्तला व्यवसायीहरूले किसानबाट खरिद गरेर ल्याएको सुन्ताला राखेर बिक्री गर्दै आएका हुन ।

गत मंसिर ५ गते बाट व्यवसायीक रूपमा बुटवल कृषि उपज थोक बजार केन्द्रमा सुन्तलाको कारोबार सुरुवात भएको थियो । जस अनुसार सुन्तालाको ग्रेड हेरेर किसानबाट ल्याएको सुन्तला होलसेल व्यवसायीहरूले प्रतिकिलो ५० रूपैया देखि ८० रूपैयाँ सम्ममा विक्रि गर्दै आएका छन् । बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका व्यवस्थापक कृषि अर्थविज्ञ डिल्लीराज पौडेलका अनुसार अहिले उपज केन्द्रबाट ५० देखि ८०, ९० रूपैयाँ प्रतिकिलोमा सुन्तलाको होलसेल कारोबार भैरहेको छ ।

दैनिक किसान बाट संकलन भएको सुन्ताल कृषि मन्डीमा व्यवस्थापन गरिएको किसान चौतारीको रूपमा आडामा बिक्रीको लागि व्यवस्थापन गर्ने गरिएको पाईन्छ । जसलाई उपज केन्द्रले केही निश्चित राजश्व लिएर विक्रिको लागि स्थान उपलब्ध गराउँदै आएको हो । सिजनेवल फलफूलको रूपमा रहेको सुन्तलाको विक्रिका लागि व्यवसायीहरूले किसानको बगौचा, बारीमा पुगेर सुन्तालो सम्झौता गरी विक्रिका लागि बुटवल ल्याउने गरेका हुन्छ ।

बुटवलमा ल्याएको सुन्ताला खुद्रा व्यवासायीहरूले हाटबजार लगायत विभिन्न स्थानमा लगेर खुद्रा मुल्यमा विक्रि गर्दै आएको पाईन्छ ।
बुटवल कृषि उपज थोक बजारका बजार व्यवस्थापक डिल्लीराज पौडेलका दैनिक करिव ५ लाख रूपैयाँ बराबरको सुन्तला बुटवलबाट विक्रि भैरहेको छ । जसमा ९ देखि १० टन जती सुन्तला विक्रिका लागि आईरहेको छ । दैनिक ५ लाखको कारोबार बुटवलको मण्डी बाट मात्रै भएको हो ।यसको अलवा केही किसानहरूले भने विभिन्न हाटबजारमा, वा व्यवसायीहरूलाई बस र अन्य साधानमा सुन्तला नै ल्याएर दिने गरेका छन् । तिहार देखि नै अगाडी व्यवसायीहरूले केही मात्रामा सुन्तला ल्याएर विक्रि गर्दै आएका थिए । यो पटक मंसिर महिनाको सुरुवात देखि नै सुन्तला टिप्दा, भण्डारण गर्दा मौसम पनि राम्रो भएको छ । जसको कारण ढुवानीमा सहजता र उपभोक्ताको पनि राम्रो माग भएको पाइएको छ ।

विभिन्न स्थानमा सुन्तला विक्रेताहरूले डोकामा राखेर, ठेलामा समेत सुन्तला विक्रि गर्दै आएको पाईन्छ । बुटवलमा आएको सुन्तला खासरी तराईका जिल्लाहरू रूपन्देहीको भैरहवा, सहित नवलपरासी जिल्लाको पुरासी, सुनवल, रामग्राम, बर्दघाट लगायतका स्थानमा विक्रिका लागि होलसेलमा जाने गरेको छ ।यस्तै कपिलवस्तु जिल्ला, दाङ सम्म पनि बुटवलबाट सुन्तला विक्रिका लागि जाने गरेको हो ।

सटर व्यवसायी रुष्ट

बुटवलमा अहिले सिजनेवल सुन्तला व्यवसायीहरूले बुटवल कृषि उपज थोक बजारमा सुन्तला ल्याएर विक्री गर्न थालेपछि सटर राखेर भाडा तिर्दै आएका व्यवसायीहरू भने रुष्ट भएका छन् । किसानले प्रत्यक्ष रूपमा आफ्नो उत्पादन बिक्री गर्न पाउने गरी किसान चौतारीको व्यवस्था गरिएकोमा सिजनेवल व्यवसायीहरूले केही मात्रै राजश्व तिरेर सुन्तलाको कारोबार गर्दा बास्तविक किसान र सटरमा भाडामा तिरेर बसेका व्यवसायीहरू मर्कामा परेको व्यवसायीहरूको गुनासो रहेको छ । यसको लागि नियमति कर तिरेका, सटर भाडा समेत तिर्दै आएका व्यवसायीहरूले आफुले नै व्यवासय गर्न पाउने पर्नेमा गरेका हुन । कति पय व्यवसायीहरूले बाहिर सुन्तला व्यवसायीहरूको कारण विहानको समयमा भिडभाड बढि भएको कारण यसलाई सञ्चालक समिति ले व्यवस्थापन गर्नुपर्ने माग गरेका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?