© २०२३
बुटवल, २० साउन । नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीले २४ औ विश्व आदिवासी जनजाति दिवसमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
आईतबार पत्रकार सम्मेलनको आयोजना गरी महासंघ रुपन्देहीका अध्यक्ष दल बहादुर छन्त्यालले दिवसको अवसरमा ४ दिन सम्म विभिन्न कार्यक्रम गरिने जानकारी दिए । उनले यहि साउन २४ गते परेको विश्व आदिवासी जनजाति दिवसमा २१ गते आदिवासी जनजाति महासंघ संग सम्बन्ध विभिन्न संगठनका प्रमुख तथा प्रतिनिधिहरुको तयारी भेला आयोजना गर्ने , साउन २२ गते बुटवलको रक्त सञ्चार सेवा केन्द्रमा रक्तदान कार्यक्रम आयोजना गर्ने जानकारी दिए ।
यस्तै साउन १४ गते विहान ११ बजेट बुटवलकार लखनचौराह(राजमार्गचौराह)बाट विभिन्न आदिवासी जनजातिहरुको पहिचान झल्कीने गरी ¥याली आयोजना गरि बुटवलको ट्राफिक चौकमा आएर मुल समारोह आयोजना गर्ने जनाएको छ ।
महासंघ जिल्ला अध्यक्ष छन्यालका अनुसार कार्यक्रममा महासंघका पुर्व केन्द्रीय अध्यक्ष प्रा.डा. ओम गुरुङ्गको मुख्य सहभागीता रहने छ । अहिले पछिल्लो समयमा आदिवासी जनजातिहरुले मान्दै आएका विभिन्न चार्ड पर्वमा रहेका विदा कटौति सरकराले गरेको भन्दै यसको पनि विरोध गरिएको महासंघ रुपन्देहीका अध्यक्ष छन्यतालको भनाई रहेको छ । उनले जातिय पहिचान सहितको संघीयता चाहिएको जानकारी दिए ।