© २०२३
बुटवल, २० साउन । बुटवल महिला जेसिजको आयोजना र एबिसी न्युजको संयोजनमा तुल्सिपुर उच्च अदालत बुटवल इजलासका न्यायधिसहरु र नेपाल प्रहरीको संयुतm पहलमा आज बुटवल हिलपार्क परिसर सरसफाई गरिएको छ ।
सरसफाई कार्यक्रममा बोल्दै बुटवल इजलासका प्रमुख माननिय रमेश पोख्रेलले सार्बजनिक जग्गामा फोहोर गर्नेलाई कारबाही गर्ने निती अबलम्बन गर्न सके सार्बजनिक स्थलहरु सफा सुन्दर हुन सक्ने बताए ।
रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले सामाजिक भावनाको कार्यक्रममा नेपाल प्रहरीलाई समेत सहभागी गराएकोमा ख्शी ब्यतm गर्दै पmोहोरको स्थायी ब्यवस्थापन गर्नुपर्नेमा जोड दिए । बाताबरणको सरसफाइसंगै सामाजिक भावनाको उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बुटवल महिला जेसिजका अध्यक्ष राधिका पोखे्रलले बताईन् ।
सरसफाई कार्यक्रममा बुटवल हिलपार्क परिषदका अध्यक्ष भिम तुलाचन, अधिबतmा कृण्ण भट्टराई, ए बि सी टेलिभिजनका प्रदेश ५ का व्युरो प्रमुख शरण कर्माचार्य, महिला जेसिसका सस्थापक अध्यक्ष रेखा कट्टेल लगायतले बालेका थिए ।
बुटवल हिलपार्क परिसरमा दैनिक हजारौको संख्यामा आन्तरिक पर्यटक र बिहानी ब्ययामका लागी नागरिकहरु पुग्ने गरेका छन् । सरसफाई कार्यक्रममा प्रहरी, अदालतका न्यायधिसहरु, दंगा नियन्त्रणको टोली, महिला जेसीज लागायतका गरी करि ३०० जनाको सहभागी रहेको थियो ।