ट्रेंडिंग:

>> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख

गैंडाले पाकेको धानबालीमा क्षति पु-याउन थालेपछि किसान चिन्तित

१० कार्तिक २०८०, शुक्रबार
१० कार्तिक २०८०, शुक्रबार

नवलपुर, १० कात्तिक ।

पुर्वी नवलपरासीको नवलपुरमा चितवन राष्ट्रिय निकुन्जबाट निस्कने गैंडाले धानबालीमा क्षति पुर्याउन थालेपछि यहाँका किसानहरु चिन्तित बनेका छन् । हरेक दिन एकाबिहानै धानबालीमा गैंडा निस्कन थालेपछि स्थानीयबासीहरु पाकेको धान समेत काट्न पाएका छैनन् ।

“कावासोती नगरपालिकाको पिठौली, कोलहुवा, रजहर लगायत थुप्रै ठाउँमा अहिले स्थानीयको धानबालीमा गैंडाले क्षति पुर्याएको छ । स्थानीयहरु बाहिर निस्कन समेत सकेका छैनन्”–कावासोती नगरपालिका ११ का वडाध्यक्ष शारदा प्रसाद अधिकारीले भने ।

धानबालीमा आतंक मच्चाएको गैंडालाई हात्तीको सहयोगमा निकुन्जमा पुर्याईए पनि अर्को दिन फेरि गैंडा धान खेतमा नै पस्ने गरेको स्थानीयहरु बताउँछन् । बिहान उज्यालो भएदेखि नै कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सिमानामा लोकाहा खोलाको आसपास रहेको धान खेतमा गैडा देखिएपछि स्थानीय त्रसित भएका हुन् ।

निकुञ्जबाट निस्किएर आएको गैडाले कावासोती, देवचुली, मध्यबिन्दु नगरपालिकाका धैरै ठाउँहरुमा रहेको अधिकांश खेतमा बाला लागेको धानमा क्षति पुर्याएको कावासोतीका स्थानीय शारदा शर्माले बताईन् । बिहानैदेखि देखिएको गैडालाई स्थानीयबासीले लखेट्न नसकेपछि निकुन्ज कर्मचारी, सेना र निकुन्जको हात्तीको सहयोगमा नारायणी नदी पारी पठाईएको भए पनि यो क्रम नरोकिएको लौखानी प्रवेशद्वार पिठौलीका गेमस्काउट गम्मर सिङ्ग गुरुङले बताए ।

“हरेक दिन जसो निकुन्जबाट निस्किने गैडा लगायतका वन्यजन्तुले खेतमा क्षति पुर्याउँदा किसान हैरान परेका छन । बिहानको समयमा विद्यालय तथा कलेज पढ्न जाने विद्यार्थीहरुलाई समेत पढ्न जान डरलाग्दो अवस्था छ, खेती नष्ट गरेर उब्जनी खान पाईदैन, वन्यजन्तुको संरक्षण गर्दागर्दै आफुहरुकै उठीबास लाग्ने अवस्था हुन लागि सक्यो”– देवचुलीका स्थानीय वसन्त पोख्रेलले भने । निकुञ्जबाट निस्क्ने वन्यजन्तुले खेती नष्ट गरेर दुख दिन थालेपछि यतिबेला स्थानीयबासीहरु मध्यवर्ती क्षेत्र र निकुञ्जप्रति आक्रोशित हुन थालेको पोखरेलले गुनासो गरे ।

वन्यजन्तु जोगाउनु पर्ने, निकुञ्जको संरक्षण गर्नुपर्ने तर स्थानीय सधै असुरक्षित रहनु पर्ने अवस्था रहेको र यसले गर्दा मध्यवर्ती क्षेत्र आसपासका स्थानीयबासीहरुले मध्यवर्ती क्षेत्र विरुद्ध नै असन्तुष्टि पोख्न थालेको पोखरेलको भनाई छ । निकुञ्जले दिने क्षतिपूर्ति वैज्ञानिक नभएको, क्षतिपूर्तिको प्रक्रिया झन्झटिलो भएको, क्षति भए अनुसारको क्षतिपूर्ति नपाईने लगायतका कारणहरुले गर्दा मध्यवर्ती क्षेत्र आसपास स्थानीयबासी आक्रोशित छ्न् ।

“स्थानीयबासी वन, वन्यजन्तु र निकुञ्जको संरक्षणमा लागेका छ्न् त्यो अनुसारको प्रतिफल स्थानीयले पाएका छैनन्”–पोखरेलको भनाई छ ,।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?