ट्रेंडिंग:

>> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

व्यवसायी र किसानको सहभागिता बिना, बधशाला सञ्चालनको छलफल

२६ आश्विन २०८०, शुक्रबार
२६ आश्विन २०८०, शुक्रबार

बुटवल (बुटवलटुडे), २६ असोज । मासु उत्पादन गर्ने व्यवसायी किसान, मासुको कारोबार गर्ने व्यवसायीहरूको सहभागीता विना बुटवल उपमहानगरपालिकाले पशु बधशाला सञ्चालन बारेमा छलफल गरेको छ । बुटवल उपमहानगरपालिकामा आयोजना गरिएको छलफल कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले सञ्चालनको लागि अवरोध गर्न नहुने बताएका थिए ।

बुटवलको आधुनिक पशु बधशाला सञ्चालनबारे सरोकारवालाबीच छलफल भएको छ । बुटवल १० रामनगरमा दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडले ठेक्का सम्झौता गरेपछि सञ्चालन गर्नेबारे सरोकारवालासँग छलफल गरिएको हो । यो भन्दा पहिला २५ हजार किसान महिला, १४ सय भन्दा बढि मासु व्यवसायीहरूको सहभागीतामा निर्माण गरिएको बुटवल मासु उत्पादन तथा प्रसोधन कम्पनी प्रालि लाई बधशाला सञ्चालन गर्ने प्रारम्भीक सम्झौता भए पनि करिव २ बर्ष सम्म उक्त कम्पनी प्रालिको १ करोड रकम धितो को रूपमा राखेर नगरपालिकाले अर्को नीजि कम्पनी मुक्तीनाथ एग्रो कम्पनीलाई बशाला सञ्चालनको लागि ठेक्का दिएको छ ।
प्रदेश सरकारले मासु उत्पादन देखि बजारीकरणमा उद्यमशिल महिलाहरूको सहभागीता हुने भन्दै लगानी गरेको थियो भने हेफर ईन्टरनेशनलले महिलाहरूको उद्यमशिलताको लागि भन्दै बधसालामा डिपीआर देखि प्राविधीक निर्माणको सहयोग गरेको थियो । यद्यपी अन्तीम समयमा आएर नगरपालिकाले ठेक्का नीजि कम्पनीलाई दिएपछि बुटवलका व्यवसायीहरू,महिला किसान तथा अन्य व्यवसायीहरूले यसमा अवरोध गर्ने बताउँदै आएका छन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको बधशाला कानुनी प्रक्रियाअनुसार सञ्चालनको चरणमा रहेकाले सञ्चालनका लागि सबैको साथ र सहयोग आवश्यक रहने बताए । उनले बधशाला सञ्चालनका लागि कसैले अवरोध गर्ने र बुटवलबासीको स्वच्छ र स्वस्थ मासु उपभोग गर्न पाउने अधिकारमाथि हस्तक्षेप गर्न नहुने बताए ।

जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाइँले बधशाला सञ्चालनका लागि मासु व्यवसायीले सहकार्य गरी उपभोक्ताको पक्षमा निर्णय लिन आग्रह गरे । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका मासु पसलहरूले स्वच्छ मासु बिक्री गर्नका लागि बधशाला सञ्चालनमा ल्याइएकाले कसैले पनि यसमा असहयोग र अवरोध गर्न नहुने बताईन ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले बधशाला सञ्चालनले बुटवलको गरिमा बढ्ने र यसले उपभोक्ताका साथै व्यवसायीलाई समेत लाभ हुने बताए ।

कार्यक्रममा मुक्तिनाथ लाइभस्टक लिमिटेडका प्रतिनिधि सन्तोष अधिकारीले बधशाला सञ्चालनमा मासु व्यवसायी र किसानहरूलाई सँगसँगै लिएर अगाडि बढ्ने बातए । मासु व्यवसायी विशाल थापाले बधशाला सञ्चालनमा मासु व्यवसायी र किसानलाइ बाहिर राख्न नहुने बताए ।
कार्यक्रममा पशु क्वारेन्टाइन भैरहवाका डा भक्त निउरे, उपभोक्ता हित संरक्षण मञ्चका समुन्द्र जिसी, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीलगायतले बोल्दै बुटवलको पशु बधशाला सञ्चालनले यस क्षेत्रकै मासु व्यवसायमा स्तरवृद्धि हुने र यसले देशभरमै राम्रो सन्देश जाने बातए । बुटवलको आधुनिक पशु बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच भदौ ३१ गते सम्झौता भएको थियो ।

सम्झौताअनुसार मुक्तिनाथ लाइभस्टकले असोजभित्रमै बधशाला सञ्चालनमा ल्याउनेछ । बुटवल १० रामनगरमा दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि यसअघि सहमति भएपनि विधि र प्रक्रिया नपुगेपछि उपमहानगरपालिकाले गत असारमा पुनः टेण्डर आह्वान गरेको थियो। मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रूपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ। पशु बधशाला सञ्चालन गर्दा पशु बधशाला र मासु ऐन २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६ र उपभोक्ता संरक्षण ऐन २०७५ को पालना गर्ने गरी सम्झौता भएको छ ।

सम्झौता कार्यान्वयनमा आएपछि बुटवल नगरभित्र पशु बधशालाबाहेकका स्थलमा व्यवसायिक रूपमा खसी र बोकाको बध गर्न रोक लगाउने र बध गरेको पाइएमा कारबाही गर्ने सम्झौतामा उल्लेख छ । बुटवल उपमहानगरपालिकाको पशु बधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलहरूले खसीबोकाको मासु बिक्री गर्दा पशु बधशालामा बध गरी प्रमाणिकरण गरेको मासु मात्रै बिक्री गर्न पाउने छन् ।

बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन २०७९ पारित भइसकेको छ। ऐनअनुसार पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, बिक्री गर्न इजाजत पत्र लिनुपर्ने जस्ता व्यवस्था गरिएको छ ।
झन्डै २२ करोड लगानीमा निर्माण भएको बधशाला क्षेत्रमा खसीबोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?