© २०२३
नवलपुर, १९ असोज ।
पुर्वी नवलपरासीको हुुप्सेकोट गाउँपालिका १ बेलुवाकी ४२ बर्षीया धनकुमारी महतो कुनै बेला गाउँमा नै कसैले पैसा सापटी माग्यो भने मुण्टो बटारेर भाग्ने गर्थिन् । आज उनी त्यो दिन सम्झँदा आँखाबाट आँसु झार्छिन् । दुखमा साथ दिन कोही तयार नभए पनि उनी आज सबैको प्रेरणा बनेर समाजको उदाहरणीय बन्न सफल भएकी छन् । उनको सफलतामा साथ दिएको छ कृषि विकास बैक र आफ्नै गाउँको महिला लघु उद्यमी संस्थाले ।
हुुप्सेकोट गाउँपालिका १ बेलुवाकी ४२ बर्षीया धनकुमारी महतोलाई कुनै बेला गाउँमा सापटी दिन पनि छिमेकीले जिब्रो टोक्ने गर्थे तर उनको अहिले भने जीवनको बाटो बदलिएको छ । गाउँ समाज मात्रै होईन राष्ट्रिय रुपमा अहिले उनको चर्चा छ । उनको जीवन बदल्ने माध्यम बनेको छ बाखा्र पालन । त्यही बाख्रा पालनका कारण उनले गण्डकी प्रदेशबाटै पहिलो पटक एक लाख नगद सहित सम्मान पत्र सहित स्वर्णिम प्रतिभा पुरुस्कार प्राप्त गरेको बताईन् ।
शुरुमा एउटा बाखा्रबाट ब्यवसाय थालेकी महतोले अहिले ६५ वटा भन्दा बढी उन्नत जातका बाखा्र पालेकी र तीन वर्षयता दुुई सय १५ बढी बाखा्र बेचेर २५ लाख बढी आम्दानी गरेको र यसमा स्थानीय लेकबेंसी सामाजिक महिला उद्यमी सहकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगले नै आफु सफल भएको कृषक महतोले बताईन् ।
बेलुुवामा स्थानीय महिलाहरुले स्थापना गरेको लेकबेंसी सामाजिक महिला उद्यमी सहकारी संस्थामा झण्डै एक हजार दुई सय महिला समेत बाखा्रपालनमा आवद्ध रहेका छन् । यो संस्थाले बाखा्रपालनका लागि झण्डै दुई करोड लगानी गरेको छ ।
शुुरुमा स्थानीयसँग बाखा्र सहयोग लिएर ब्यावसायिक पशुपालनमा लागेकी धनकुमारी महतोले अहिले भाडामा जग्गा लिएर बाख्र्राका लागि घाँसको खेती गरेकी छन् । घाँस मात्रै बेचेर उनले तीन लाख ५० हजार बढी कमाईसकेको बताईन् । आत्मनिर्भर भएपछि आत्मसम्मान बढेको र कमाउन विदेश जानु पर्दछ भन्ने सोंच त्यागेर महिलाले पनि स्वदेशमै राम्रो काम गर्ने सकिने महतोको भनाई छ ।