ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

पीडीतले दिँदैन्न उजुरी

१९ श्रावण २०७५, शनिबार
१९ श्रावण २०७५, शनिबार

अध्ययनको शिलसिलामा गुल्मी चन्द्रकोट गाउपालिका रुपाकोटबाट बुटवल आएकी वविता केसी बुटवल वहुमुखी क्याम्पसमा अध्ययनरत छिन ।स्नातक दोश्रो वर्षमा अध्ययरत उनलाई क्याम्पस जानको लागि माईक्रोबस चढ्नु पर्ने हुन्छ । माईक्रो बसले भन्दा इ–रिक्सामा धेरै भाडा लिने भएकाले पहिलो रोजाईमा गाउं नगर माईक्रो बस नै पर्छ । बुटवल कालिकानगरबाट क्याम्पस पुग्न इरिक्साको माडा महगो पर्ने र झटपट इरिक्सा नपाईने भएकाले पनि उनि माईक्रो बसमा चढ्न वाध्य छिन । कलेज जादा होस या फर्किदा उनलाई सधै एउटा कुराले झस्काईरहन्छ । उनि महिला बसेको सिटसंगैको सिट ओगट्न छिन । समयको चाप नभएको अवस्थामा त बस नै रोजाईन हुन्छ । उनि पुरुष यात्रु धेरै भएको माईक्रो बसमा हत्तपत्त चढ्दीनन ।
भन्छिन– ‘कलेज जान ढिलो हुने देखिए जुन आयो त्यसैमा चढ्छु , सकभर म युवा भरिएको माईक्रोमा चढ्न रुचाउदीन । त्यसको कारण एउटै रहेछ– सार्वजनिक सवारी साधनमा हुने यौनजन्य महिला हिंसा । ‘कलेजको पोषाक देखेर पनि जिक्काउदा कम्ता रिस उठ्दैन ।’ उनि भन्छिन– मैले त त्यस्तालाई राम्रै झपारी दिन्छु । तर झपारेर कति दिन हुन्छ र ?’ त्यसैकारण उनि अन्य यात्रुको अवस्था हेरेर माईक्रोस चढ्ने गरेको उनि बताउछिन ।
कुरा एक महिना अघिको हो– उनि नगर माईक्रो बस चढेर क्याम्पस जादै थिईन । हतार भएकाले उनि बसमा सिट समेत हेर्न पाईनन । केही युवाहरु बसको राखिएको ह्यागरमा झुण्डीएर यात्रा गरेका थिए । उनि पनि त्यही ह्याङगर समातेर यात्रा गरेकी थिईन । पुरुष यात्रुले नियतवस नै उनलाई पेल्दै गएर अगाडीको मान्छे पछाडी पुग्दा समेत छाडेनन । त्यति मात्र होईन पक्षस्थलमा समेत हात पु¥याउने दुष्प्रयास भएको उनले बताईन ।
उनले आफूमाथी भएको दुव्यर्वहार अरुले पनि भोग्न नपरोस भनेर प्रहरीमा उजुरी दिने मनस्थिति बनाई सकेकी थिईन । उनलाई दुव्यर्वहार गर्ने यात्रुले माफि मागे पछि उनको मन पग्लीयो । प्रहरीमा उजुरी दिईनन । उनि भन्छिन– सचेत नागरिकले यो सहनु हुदैन भन्ने थियो बसको स्टाफ र अन्य यात्रुले माफि मागेपछि किन उजुरी दिनुहुन्छ र भन्नुभयो । त्यतिकै छाडे ।’
बैशाख ८ गते सनिवार बुटवल उपमहानगरपालिका –८ सख्खा नगरकी ३० वर्षिय रमा अधिकारी माईक्रो बस चढेर भैरहवा जादै थिईन । योगीकुटी पुग्दा छेवैको सिटमा एक अधवैसे पुरुष बस्न आईपुगे । अरुको आफ्नो सिटमा समेत ओगटी वसेकाले आफ्नो शरिरलाई साधुरो सिटमा कोचिइन । बल्ल बल्न बस्न मिल्यो उनलाई । माईक्रो मंगलापुर के पुगेकी थियो । ति पुरुषले निदाएजस्तो गरी काधमा टाउको अडाउन पुगे । एक दुई पटक होईन पटक–पटक । ३ पटक सम्मत उनले टाउको धकेलिदिईन । भन्छिन– शुरुमा त निदाएकै होला भन्ने लाग्यो, २÷३ पटक सम्म अडेस लगाउला त नियतवस जस्तै लाग्यो त्यसैले धकेलिदिए । निदाए जस्तो गरेर शरिरमा हात लगाउन खोजेका ति पुरुषलाई झड्का दिने गरी हात फालिदिएपछि फेरी प्रयास नगरेको उनले बताईन ।
अधिकारीले सिट परिवर्तन गर्ने प्रयास नगरेकी होईनन । अन्य सिट खाली नभएकाले ति पुरुषको हर्कत सहेर बस्न वाध्य भएको उनि वताउछिन । ‘कस्लाई भन्ने अरुले के भन्लान भन्ने लाग्यो त्यसैले केही भनिन ।’ उनि भन्छिन – उजुरी गरेर कारवाही गरे त सचेत हुने थिए होला ।’
केसी र अधिकारी सार्वजनिक सवारी साधनमा सवार गर्दा भोग्नु परेका महिला हिंसाका प्रतिनिधित्व मात्र हो । सार्वजनिक सवारी साधनमा हुने गरेका यौन जन्य क्रियाकलावले महिला यात्रुहरु आजित भएका छन ।
त्यसैले आफ्नो शुरक्षाको लागि उनिहरु पहिले नै सचेत हुने गरेका छन । चिने जानेको, आफन्तको सवारी साधन रोज्ने, टिकट ल्याउदा संगैको सिटमा महिला छ या पुरुषले टिकट लिएको छ एकिन गर्न थालेका छन अचेल महिला यात्रुहरुले ।
सकभर महिला यात्रुहरुले पुरुष भएको सिट नजिकैको सिटमा वस्न नरुचाउने पश्चिम नेपाल वस व्यवसायी संघको स्तरीय यातायात सेवा तर्फका कर्मचारी योगेन्द्र गौतम बताउछन । कस्ले सिट लिएको छ त्यो एकिन मात्र गरेर महिला यात्रुले टिकट लिने गरेको आफूले पाएको उनि बताउंछन । उनि भन्छन– महिलाको कोटा भन्दा वढि भए महिला– महिला मिलाएर टिकट बुकिङ हुन्छ । उहांहरुले पनि त्यस्तै अनुरोध गर्नु हुन्छ ।’
महिला यात्रुले लामो दुरीको यात्रामा अझै ख्याल गर्ने गरेको उनको भनाई छ । बसमा महिला यात्रुको लागि छुट्टै सिट राखिएको हुन्छ । तर त्यो भने टिकट वुकिङ गदा कर्मचारीले त्यति ध्यान दिदैनन । अपाङगता, जेष्ठ नागरिक, महिला जुन सुकै सिटमा उनिहरुको पहुंच अलि कम नै हुने गर्दछ ।
सार्वजनिक सावारी साधनमा महिलाहरु यौन जन्य हिंसामा परे पनि उजुरी खासै दिन गरेको पाईएको छैन ।
इलाका प्रहरी कार्यालय बुटवलमा महिला हिंसाको घटनाहरुको उजुरी परे पनि सार्वजनिक यातायातमा हुने यौनजन्य हिंसाको उजुरी खासै आउने नगरेको प्रशासन फाटका अधिकृतहरु बताउंछन ।
सार्वजनिक यातायातमा महिला तथा बालबालिकाहरू माथि हुने यौनजन्य दुव्यवहार यौनजन्य आशयले महिला तथा बालबालिकाको अङ्गमा छुने वा छुने प्रयास गर्ने, अश्लील तथा यौनजन्य आशय प्रदर्शन गर्ने, यौनजन्य आशयले जिस्काउने तथा हैरानी दिन लगायतका कार्यहरू कानूनद्वारा बर्जित अपराध हुन ।
सो सम्बन्धमा कानूनी ज्ञान नहुनु र कतिपय पिडितले डर, सामाजिक प्रतिष्ठा, लाज वा असहजताको महसुश गरी कानुनी प्रक्रियामा आउन नचाहेको कारण पनि यस्ता घटनाहरुले प्रसय पाईरहेको प्रहरी अधिकारीहरु बताउछन । सार्वजनिक यातायातमा हुने यौनजन्य हिसाको उजुरीमा कमि आएपनि घटनाहरुमा कमि नआएको महिला अधिकारीहरु बताउछन । घटना वाहिर नआएको र हिंसकको मानसिकतामा परिवर्तन नआएको महिला अधिकारकर्मीहरु बताउंछन । तथापी महिलाहरु शिक्षित र प्रतिकार गर्ने सक्ने भएकाले पनि घटना घटाउन दुष्साहसमा कमी आएको उनिहरुको भनाई छ । जति यौनजन्य हिंसा भएका छन ति सवै घटनाहरु बाहिर भने आउन सकेको छैन । पिडित महिलाहरु मानसिक चोट सहदै बस्न वाध्य भएका छन ।
कानुन उपचारको झन्झटिलो प्रकृयाले धेरै घटनाहरु उजुरीको रुपमा आउन नसकेको अधिवक्ता समेत रहेकी महिला मानवअधिकारकर्मी मिना पाण्डे बताउंछिन । ‘ सार्वजनिक यातायातमा यौनजन्य हिंसा नभएका होईनन तर ति सवै उजुरी सम्वन्धीत निकायमा पुग्दैनन ।’ उनि भन्छिन– त्यसको पनि कारण छ, प्रमाण जुटाउन गाह्रो हुनु ।’
अधिकांश सार्वजनिक यातायातको साधनमा सिटिटिभि जडान छ्ैन । पिडितले साछी वसिदिने मान्छे पनि नपाउन सक्छ किनकी यात्रुहरुलाई गन्तव्यमा जान हतार भएको हुन्छ । त्यस कारण पनि सार्वजनिक यायातातमा हुने यौनजन्य हिंसाले प्रसय पाईरहेको अधिकारकर्मीहरुको भनाई छ ।
सार्वजनिक यायायातमा हुने यौनजन्य हिंसा जस्ता समस्या समाधानको उपाय पनि छ । अनिवार्य रुपमा सार्वजनिक यायातायातको साधनमा सिसिटिभी जडान गर्ने र त्यस प्रकारको घटनको जवाफदेही चालक र सहचालक बनाउन सकियो भने सार्वजनिक यायातायत क्षेत्रमा यौनजन्य हिंसाको घटनामा कमि आउने महिला अधिकारकर्मी पाण्डे बताउंछिन ।
हुन त सार्वजनिक यातायतालाई व्यवस्थित बनाउन सरकारले पहल नगरेको पनि होईन । चालक सहचालकलाई जवाफदेही र जिम्मेवार बनाउन परिचयपत्र अनिवार्य भनिएको थियो । उनिहरुको लागि छुट्टै पोषाकको व्यवस्था गर्नु पर्ने आवाज वाहिर आएपछि त्यस तर्फ सम्क्वन्धीत सरोकारवाला निकायको ध्यान पुगेको छैन ।
प्रहरीले सार्वजनिक यातयायतामा हुने यौनजन्य हिंसालाई न्यूनिकरण गर्न राजधानी काठमाडौमा केही वर्ष अघि ‘सेफ्टी पिन’ अभियाननै संचालन गरेको भएपनि त्यसलाई निरन्तरता दिन र त्यस अभियानलाई अन्य जिल्लामा समेत विस्तार गर्न सकेको छैन । सार्वजनिक यातायातको क्षेत्रमा हुने यौनजन्य हिसाको घटनाहरुलाई न्यूनिकरण गर्न सरकारले प्रभावकारी कदम चाल्नु पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?