© २०२३
पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य टोपबहादु रायमाझीले कृषि र पशुपालनबाट अर्घाखांचीलाई देसकै नमूना जिल्ला बनाइने बताए । सबैभन्दा पहिले सम्बृद्ध जिल्ला अर्घाखा“ची हुने दावी गरे ।
जिल्ला पशु सेवा कार्यालय र किसानका लागि उन्नत बिउ बिजन कार्यक्रम (केयूविके) ले डिभर्नामा जालका“डा बाख्रापालन समूहका कृषकले उत्पादन गरेको बोयर बोका बिक्रीको रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै रुखका बोटमा पात हैन, अब पैसाका नोट फलेको उनले बताए । रुखमा पात फल्छ, त्यो पात बाख्रालाई खुवाएर पालेपछि खसीबोकाबाट हातमा पैसा आउने रायमाझीले बताए । जालकांडा पर्यटकीय स्थान तहपट्टीको बस्तीमा बोयर बाख्रबाट मनग्य आम्दानी लिने किसानलाई उनले प्रशंसा गरे । अब चिन्ता नगर्नु विकास निर्माणका सबै योजना हामीले भित्राउछौं, तपाई काम गर्नुस नमूना बस्ती बनाउनु पर्ने उनले बताए ।
डिभर्नामा यति धेरै राम्रो काम गरेकोमा रायमाझीले जिल्ला पशुसेवा कार्यालय प्रमुख डा. लोकनाथ पौडेलको प्रशंसा गरे ।
सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसालले मेहनतका साथ किसानले बाख्रापालेर मनग्य आम्दानी गरेकोमा बधाई दिंदै नगरपालिकाले थप सहयोग गर्ने बताए । पैसा यही छ, किन जानुपरो विदेश, उनले भने । जालकांडा बाख्रापालन समूहका अध्यक्ष गोपाल बस्यालका अनुसार कार्यक्रममा बोका र बाख्रा बिक्री गरेका ७३ जना कृषकलाई ३० लाख ४० हजार रुपैयां हस्तान्तरण गरियो । बोयर जातको बोकाबाट उत्पादित पाठापाठी जन्मिदा नै सात किलोको हुन्छ । समूहमा आबद्ध एक सय ५३ कृषकले बोयर जातका बाख्रा पालेका छन । डिभर्नामा डेढ वर्षको अवधिमा ८२ लाख ४० हजार ९ सय ८८ रुपैयां भित्रिएको वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेलले बताए । डेढ वर्षको अवधिमा गिता भुसालले २ लाख ५४ हजार रुपैयां आम्दानी गरिन । उनले तीन बाख्रा पालेकी छिन ।