© २०२३
झिमरुक गाउँपालिका–१ बांगेमरोठ सौतामारे क्षेत्रमा जोखिममा परेका पहिरोपीडितहरुलाई जाली वितरण गरिएको छ । दिव्यशक्ति निर्माण सेवा प्यूठान नगरपालिका–९ का व्यवसायी दिपेन्द्र केसीले जाली प्रदान गरेका हुन् । सौतामारेफेदीमा कार्यक्रम गरी उनले वडा कार्यालय मार्फत ४० थान जाली हस्तान्तरण गरे ।
झण्डै ८१ हजार रुपैयाँ लागतमा जाली खरिद गरी पीडितलाई दिइएको केसीले जानकारी दिए । सामाजिक उत्तरदायित्व बहन गर्दै जोखिममा परेका पीडितलाई सहयोग गरिएको उनको भनाई छ । वार्षिक रुपमा जिल्लाको विभिन्न सामाजिक क्षेत्रमा आफूले स्वेच्छिक रुपमा सहयोग गर्ने सोँच बनाएको समेत केसीले जानकारी दिए । केसी लामो समयदेखि जिल्लाको निर्माण क्षेत्रमा क्रियाशिल छन् । उनले बर्खे विदा सकिए लगत्तै भदौमा प्यूठान नगरपालिका अन्तर्गत पर्ने धँगे र म¥याङको विद्यालयमा शैक्षिक सामग्री वितरण गर्ने योजना बनाएका छन् ।
दैवी प्रकोपको क्षेत्रमा जोखिममा रहेका व्यक्ति, कार्यालय, विद्यालय र सामाजिक क्षेत्रको भौतिक संरचनाको पहिचान गरी जाली वितरण गर्ने वडा अध्यक्ष धुर्वराज खनालले जानकारी गराए ।