© २०२३
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार गराई रहेका एक युवकलाई प्रदेशसभा सांसद, प्युुठान रुपन्देही सम्पर्क मञ्च र रोट्याक्ट क्लब अफ भैरहवाले सहयोग गर्ने भएका छन् । १६ दिन अगाडीदेखि आइसीयु कक्षमा उपचार गराई रहेका प्युठान स्वग्रद्वारी नगरपालिका गोठिबाङ्का डोरबहादुर थापालाई उपचार गराउने आर्थिक क्षभता नभएपछि विभिन्न संस्था र सांसदहरुले सहयोग गर्ने भएका हुन ।
बिहीबार प्रदेसभा सांसद, हरि रिजाल, तारा जीसी, सन्तोष पाण्डे, प्युठान रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष पदमबहादुर जीसीसहित पदाधिकारीको टोलीले अस्पताल प्रशासनसंग भेटघाट गरी सहयोगको आग्रह गरेको छ । सांसदहरुले अस्पताललाई उपचारमा आवश्यक सहयोगका लागि आग्रह गरेका छन् ।
अस्पताललाई सहयोगगर्न आग्रह गरेपछि अस्पतालले डोरबहादुरका आर्थिक अवस्था कमजोर भएको पाईएकाले सक्दो सहयोग गरिने कोडिनेटर तेजकुमार केसीले प्रतिवद्वता जनाएका छन् ।
आर्थिकको अभावले बिरामीलाई घर फर्काउन लागेको अवस्थामा रोट्याक्ट क्लब अफ भैरहवाले आर्थिक सहयोग गरेर उपचार गराउंदै आएको थियो । क्लवका अध्यक्ष माधव न्यौपानेको सक्रियतामा पीडित डोरबहादुरको उपचारका लागि क्लवले ५० हजार १ सय ५ रुपैया सहयोग गरेको छ । अझैपनि डोरबहादुरको जीव रक्षाका लागि सहयोग जुटाएर आर्थिक रुपले सहयोग गरिने क्लवका अध्यक्ष माधव न्यौपानेले बताए ।
आइसीयुमा राखेर उपचार गराउंदै दैनिक २० देखि २५ हजार खर्च हुने र अहिलेसम्म ७ लाख बडी खर्च भैसकेपछि थप उपचार गराउन नसक्ने भएपछि डोरबहादुरको श्रीमती विजुला थापाले सहयोगको याचना गरेकी छन् । आयश्रोत हुदैन नभएका ४१ वर्षिय डोरबहादुरको जीवन रक्षाका लागि सहयोगका लागि आग्रह गरिएको छ ।
रुखबाट लडेपछि सख्त घाईते भएका श्रीमानलाई बचाउनका लागि उपचार खर्च जुटाउन बेचिएको र उक्त पैसाले उपचार गर्न नपुगेको सहयोग मागिएको डोरबहादुरकी श्रीमती विजुला थापाले गुनासो गरेकी छन् ।
उनले सहयोग गर्ने सहयो दातालाई आफ्नो मोवाईल नम्बर ९८४७८९०००५ र ९८२५४१०५९० मा सम्पर्क गर्न आग्रह गरेकी छन् ।प्युठान रुपन्देही सम्पर्क मञ्चले पनि सहयोगका लागि सबैसंग आग्रह गरेको मञ्चका सचिव श्यामलाल पोखरेलले बताएका छन् ।