ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

पुर्वी नवलपरासीमा फस्टाउँदो ड्रागन खेती

१९ भाद्र २०८०, मंगलवार
१९ भाद्र २०८०, मंगलवार

नवलपुर, १९ भदौ ।

पुर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. १७ गोछाडामा ड्रागन फ्रुटको खेती शुरु गरिएसंगै यस यस खेतीतर्फ किसानको आकर्षण बढेको छ । नेपालभरी नै फैलिएको ड्रागन फ्रुट खेती अहिले नवलपरासी पुर्वमा समेत फस्टाउन थालेपछि किसानहरु उत्साहित भएका छन् ।

नवलपरासी पुर्वमा कावासोती नगरपालिका १७ गोछडाबाट शुरु भएको यो खेती अहिले गैंडाकोट नगरपालिका, देवचुुली, मध्यबिन्दुु नगरपालिकामा समेत बिस्तार भएको छ र दुईसय कृषकले आठसय बिगाहामा अहिले यो खेती गरिरहेका छन् भने आगामी वर्ष चारहजार बिगाहामा लगाउने योजना रहेको कावासोतीका नवराज सुवेदीले बताए ।

सुवेदीले ड्रागन फ्रुटको खेती शुुरुमा पाँच विगाहा जग्गामा लगाएको र सबै जग्गाहरु लिजमा लिएर यो खेती गरेको बताए । उनले फार्म स्थापना भएको तीन वर्षपछि मात्र ड्रागनफ्रुटको खेती सुरु गरेको र ड्रागनको खेती गर्नेका लागि पाँच विगाहा जग्गामा पाँच लाख लगानी भएको सुनाए ।

ड्रागन फ्रूटको वैज्ञानिक नाम हिलोकेरेस अंडेटस हो । यो दक्षिण तथा मध्य अमेरिकाको रैथाने फल मानिन्छ । यो गुदीले भरिएको र रसिलो हुन्छ । यसका फुलहरु अत्यन्तै सुगन्धित हुन्छन्, जुन रातमा फुल्छन् र बिहानसम्म झरिहाल्छन् । ड्रागन फ्रुटको हेरचाह गर्नेका लागि सात जना कर्मचारी राखेको र नियमित काम गर्ने तीनजना रहेको सुवेदीले बताए ।

मानव जीवनमा फलफुलको धेरै नै महत्व हुन्छ । तसर्थ बजारमा आएका नयाँ–नयाँ फलफूलहरु नेपालमा पनि खेती गरेर आम्दानी गर्न सकिन्छ । अहिले नेपाली बजारमा ड्रागन फल प्रतिकिलो रु पाँच सयदेखि आठ सय सम्म खरिद बिक्री भइरहेको छ । यसको फलका रंगमा रातो फलमा सेतो गुदी हुन्छ । कुनै रातो फलमा रातो नै गुदी हुन्छ र पहेंलो फलमा सेतो गुदी हुन्छ । पहिलो वर्षको अन्तिमबाट फल लाग्न सुरू भएपनि व्यावसायिक हिसाबले भने दोस्रो वर्षबाट मात्रै यसबाट आम्दानी लिन सकिने कृषकहरुले बताए ।

अहिलेका युवाहरुको लागि यो राम्रो रोजगारको अवसर हो, जो रोजगारकै क्रममा विदेशिन्छन्, उनीहरुले विदेश जाने लगानी यहीं कृषिमा गरे धेरै राम्रो फाईदा हुने कृषक सुवेदी बताउँछन् । कहिलेकाहीँ बजारमा भाउ नपाउँदा लागेको लगानी पनि नउठाउने तर हामीले सिजनमा बेच्न सक्यौं भने राम्रो आम्दानी हुने उनको भनाई छ ।

विगत दुई वर्षदेखि काम गर्दै आएको र अहिले नयाँ फल ड्रागन फ्रुटको लागि काम गरी राख्दा नयाँ अनुभुती भएको कृषक लक्ष्मी कुमाल बताउँछिन् । यो फललाई दिनभरी समय दिएर हेरि राख्न नपर्ने र विहान बेलुका मात्र काम गर्नुपर्ने र काम सजिलो भएको कुमालको भनाई छ । कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले यो खेती गर्ने कृषकहरुलाई कार्यालयले आवश्यक ज्ञान, तालिम दिएको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?