© २०२३
तुलसीपुर उप–महानगरपालिकाले तुलसीपुर हरित अभियान अन्तर्गत बजारको ख लाइनमा कल्कीका बोटहरु लगाएको छ । कल्कीका बोटको लाइनका रुपमा विकास गर्नका लागि पुरै लाइन भरि कल्कीका वोट लगाईने वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले वताए । उनले तुलसीपुरका पुरै लाइनमा विभिन्न प्रजातिका वोटहरु लगाइने पनि जानकारी दिए ।
तुलसीपुरलाई सफासँगै हरियाली वनाउने अभियानलाई सबैले सहयोग गर्नुपर्ने अभियानकर्ता विमल रिजालले वताए । उनले विरुवा लगाउनुका साथै त्यसको संरक्षणमा पनि जोड दिनुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए । अभियान अन्तर्गत ख लाइनमा ४० वटा कल्कीका वोटहरु लगाईको छ । कल्कीका वोटहरुलाई जोगाउनका लागि विभिन्न जालीका लागि तुलसीपुर नगर जेसिज, रोटरी क्लव, रोट्रयाक्ट क्लव लगायतले सहयोग गरेका छन् । विरुवाको संरक्षणका लागि शान्ती नमुना टोलले जिम्मेवारी लिने अध्यक्ष मदन धितालले वताए । उनले उप महानगरपालिकाले नमुना काम गरेको भन्दै हरेक टोल विकास संस्थाले सहयोग गर्नुपर्ने कुरामा जोड दिए ।
हाम्रो तुलसीपुर राम्रो तुलसीपुर अभियानको १०२ औ श्रृखला अन्तर्गत फोहोर गर्ने १५ घरधनीहरुलाई चेतावनी समेत दिइएको थियो । कार्यक्रममा वडा नम्वर ५ का वडाध्यक्ष विरेन्द्र शाह, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावत, तुलसीपुर नगर जेसिजका अध्यक्ष दिपेश भण्डारी, रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, रोट्रयाक्ट क्लवका रुपेश शर्मा लगायतले तुलसीपुरलाई हरित नगरका रुपमा विकास गर्न सबै नागरिकको जिम्मेवारी भएको वताएका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी