© २०२३
नेपाली कांग्रेसले मंगलबार भैरहवामा बिरोध कार्यक्रम गर्ने जनाएको छ । संविधानको रक्षा तथा यसको कार्यान्वयनको माग राख्दै कांग्रेसले बिरोध सभा गर्ने जनाएको हो ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै बिरोधको कार्यक्रम सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले संविधानको रक्षा र यसको कार्यान्वयन आफ्नो मूल माग रहेको बताए ।
यसको साथै अहिलेको बाम सरकार अधिनायकवाद तर्फ उन्मुख भएको, महङ्गी, करवृद्धि स्वतन्त्र न्यायलय र प्रेस स्वतन्त्रता लगातका माग राख्दै आन्दोलन गरिएको उनले बताए ।संवैधानिक ब्यवस्था अनुसार एउटै पार्टीबाट सभामुख र उपसभामुख हुन नपाउने ब्यवस्थालाई अहिलेको बाम सरकारले लत्याएको भन्दै उनले तत्काल संविधानको पालना गर्न बाम सरकारलाई आग्रह गरे । नेपाली कांग्रेसकै सरकारमा संविधानको निर्माण तथा यसको कार्यान्यवन भएकोले कांग्रेसलाई संविधानको माया रहेको रज्जाकको जिकिर थियो ।
कांग्रेसले मंगलबार दिउसो १२ बजे भैरहवाको बुद्धचोकबाट बिरोध र्यालीको आयोजना गर्ने जनाएको छ । नगर परिक्रमा पश्चात भैरहवाकै मिलनचोकमा कोण सभाको समेत आयोजना गरिने र सो कोण सभामा नेपाली कांग्रेसका मूख्य सचेतक बालकृष्ण खाँण लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला सचिव रामकृष्ण खाँणले जानकारी दिए । कार्यक्रममा सम्पूर्ण पिडित जनतालाई भाग लिन पार्टीले अपिल गरेको छ
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी