© २०२३
नेपालको सबै भन्दा पुरानो बोलबम धामको रुपमा पहिचान बनाएको पर्रोहा परमेश्वर बोलबम धाममा हरेक बर्ष साउन महिनाभरि सञ्चालन हुने एक महिने श्रावणी मेलामा यो बर्ष पनि श्रद्धालु भक्तजन र बोलबम यात्रीको भिड बढदै गएको छ ।
बिशेष गरि साउन महिनाको सोमबारका दिन बिभिन्न तिर्थ स्थल बाट जल उटाई पहेलो घेरुवा बस्त्र धारण गरी खाली खुट्टा बोलबमको मन्त्र जप्दै पैदलयात्रा गरि जलार्पण गरेमा पुण्य प्राप्ती हुने, बाढी पहिरो, नदिकटान, भुक्षय जस्ता प्राकृतिक प्रकोप र बर्षायाममा लाग्ने बिभिन्न रोग बाट मुक्ति मिल्ने बिश्वाश रहि आएको छ ।
श्रावण ११ गते गुरुरुपुर्णिमा देखी औपचारिक रुपमा सञ्चालन भएको जर्लापर्ण कार्यक्रम भदौ १० गते सम्म बिभिन्न स्थानबाट जल ल्याइ जलार्पण गरिन्छ ।पहिलो चरणमा कपिलबस्तुको लक्ष्मण घाट बाट जल ल्याउनका लागी यात्रा प्रस्थान गरिएको थियो । कार्यक्रम अनुसार १९ गते नवलपरासीको त्रिबेणीबाट पैदल यात्रा गरि जल ल्याउने , त्यस्तै २९ गते देवघाट, भदौ ३ गते रिडी रुरु क्षेत्रबाट सवारी साधन यात्राबाट जल ल्याई पर्रोहा बोलबम धाममा जलार्पण गरिने कार्यक्रम तय भएको बोलबम यात्रा ब्यबस्थापन समिति संयोजक अस्विन भट्टराईले बताए ।
पश्चिमको पशुपतिनाथको नामले समेत पहिचान बनाएको पर्रोहा परमेश्वर बोलबम धाममा हरेक बर्È साउन महिनाभर नेपाल र भारतका लाखौ“ लाख श्रर्दालु भक्तजनहरु जलार्पण गर्ने परम्परा छ ।कपिलबस्तुको लक्ष्मणघाट, रुपन्देहीको रामघाट, तनहु“को देवघाट, नवलपरासीको त्रिबेणी, गुल्मीको रिडी, पाल्पाको राम्दी, मुस्ताङगको मुक्तिनाथ, प्यूठानको स्वर्गद्वारी, काठमाडौ“को सुन्दरीजल, पशुपतिनाथ लगाएतका स्थानहरुबाट गंगाजल उठाई यहा“ल्याई अर्पण गर्नेहरुको महिनाभर घु“ईचो लाग्ने गरेको छ ।पर्रोहा बोलबम धाम बौद्धकालीन ५ शहर मध्ये एक रहेको कुरा प्राचिन ग्रन्थहरुमा उल्लेख छ ।
बोलबम धामलाई नेपालकै प्रमुख तीर्थयात्राको गन्तव्यका रुपमा विकास गर्न सके नेपालले लाखौँ भक्तजन भित्राउने र करोडौँ रकम आर्जन गर्न सक्ने ठानिएको छ । नेपालमा पहिलोपटक श्रावणी मेला सञ्चालन गर्ने पर्राेहा धाम स्वयं उत्पत्तीमान ज्योर्तिलिङ्ग भएकाले यसको अझ अध्ययन अनुसन्धानको आवश्यकता रहेको धाम ब्यबस्थापन समितिका अध्यक्ष रामवली चौधरी बताउछन ।पर्रोहा परमेश्वर बोलबम धामलाई धार्मीक पर्यटकिय स्थलका रुपमा बिकास गर्दै लैजानुपर्ने र यसको समुचित बिकास गर्न सकेमा तिर्थयात्राको नाममा हरेकबर्ष भारततर्फ जाने लाखौ भक्तजन र करौडौ रकम रोक्क सकिने धामका अध्यक्ष चौधरी बताउछन् ।आन्तरिक पर्यटन विकासमा पर्राेहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबम धामले महत्वपूर्ण भूमिका खेल्ने सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीको भनाई रहेको छ ।