ट्रेंडिंग:

>> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा
विचार

साउन सकिंदै गर्दा पनि आएन हरियो चुरामा लहर

२८ श्रावण २०८०, आइतबार
२८ श्रावण २०८०, आइतबार

करिब दुई दशकदेखि साउन महिनालाई मध्यनजर गर्दै असार सकिंदै गर्दा देखिनै महिलाहरुले हरियो र पहेंलो चुरा लगाउने लहर नै चल्ने गरेको छ । साउन महिना शिव महादेवको महिना भन्ने गरिन्छ । शिवजीलाई मन पर्ने यी श्रृङगारका सामानले सजिंदा महादेव खुशी भएर मनको कुरा पूरा गर्दिन्छन भन्ने जनबिश्वास हिन्दु महिलाहरुमा रहेको छ । हाम्रा आमा हजुर आमाको पालामा भन्दा पछि आएर एक्कासी हरियो पहेंला चुरा हरिया र पहेंला लुगा लगाउने चलन चल्दै र बढ्दै गएको छ । हुन त पहिलेको कुरा गर्दा गाउँगाउँमा चुरा पाउनै गाहे पथ्र्यो । अहिले शहर बजारमा घना वस्ती छ, सबै गाउँदेखि नै झरेका हुन । हिंजोका दिनमा गाउँमा टन्न वस्ती थियो । चुरेटाहरु चाडपर्व पारेर घुम्दै चुरा बेच्दै हिंडथे । त्यही मौका पारेर चुरा किनी लगाउने चलन गाउँमा थियो तर गाउँमा बेच्दै हिंडने चुराहरु राता मात्र हुने गर्थे । बल्लतल्ल चुरेटाहरुले हातमा लगाईदिने चुरा नाडीमा टम्म गडेर बसेका हुन्थे न त बज्न सक्थे न त फुट्थे नै ।

समयले मानिसलाई कहाँबाट कहाँ पुर्याउछ । हिंजोका कुरा बालबालिकाका अगाडी कथा जस्ता लाग्न थालेका छन । गाउँको बसाइ हट्दै गयो । शहरमा खचाखच जनसंख्या छ । गाउँका जग्गा बाँझा छन । बाउबाजेले बनाएका सुन्दर घरहरु गाउँमा भग्नाबशेष बनेका छन । अहिले बाँदरका बासस्थान तिनै घरहरु भएका छन । गाउँका मान्छेहरु सहर पस्ने मात्रै नभएर बिदेश पलायन भैरहेका छन । बाउबाजे र हाम्रा जन्मस्थान बिरानो बनेका छन् । बिज्ञान प्रविधिले बिश्व नै साँघुरिएको छ । राता चुरामा सिमित गाउँहरु फेशनले ढाकिएको छ । गाउँका भिरपाखामा मोटर बाटो पुगेको छ । पैसा भए नपाइने केही छैन । लोकतन्त्र गणतन्त्रको आगमनसंगै त्यसैमा माओवादीको जनयुद्धले त्रसित मानिसहरु ज्यान जोगाउन गाउँदेखि शहर छिरे । औषधी उपचार, उच्च शिक्षाका निम्ति र सुखसयल खोज्दै शहर पस्ने धेरै भए । गाउँ खाली हुँदा शहर र तराई भरिंदै गएको छ । गाउँका जग्गा बिक्न छोडे, शहर बजारमा जग्गाको भाउ सुनिनसक्नु छ । नारायण गोपालको गीत जस्तो के सोंचे मैले के भयो अहिले भने जस्तो कयौंलाई भैरहेको छ ।

शहर भरिंदै गएसंगै छिमेकी देश भारत लगायत पश्चिमेली मुलुकको फेसन नेपालमा भित्रीरहेको छ । यतिखेर हात खुटटामा मेंहन्दी र हातमा हरिया पहेंला चुरा लगाउने लहर चलेको छ । बास्तवमा किन गरिएको हो यस्तो भन्ने जवाफ कसैसंग छैन । बजारमा धेरै मानिस फुर्सदिला छन । त्यसैमा धेरै महिलाहरु चुलो चौकोमै सिमीत छन । महिलाहरुनै चुरा मेंहदी बिभिन्न फेसनमा लाग्ने गर्छन । पुरुषको दाँजोमा नक्कल गर्न र अर्काको देखासिकी गर्न महिलाहरु नै अगाडि छन । यो बर्ष गत बर्षहरुमा जस्तो साउनमा चहलपहल धेरै छैन । हुन त यो बर्ष करिब एक महिना लामो मलमास परेर पनि हुन सक्छ । होइन भने शहर बजारका कस्मेटिक पसलहरुमा हरिया चुरा र पहेंला चुरा किन्नेको भिड लाग्ने गथ्र्यो । यस्ता चुराहरु डेढ बर्षको बालिकादेखि बृद्ध अवस्थाको आमासम्मले लगाउने गर्छन ।

महिलाहरुको फेसनमा मात्र चहलपहल बढेको होइन कि धार्मिक क्षेत्रमा पनि केही बर्ष देखि निकै चहलपहल बढेको छ । असारको अन्तिम सोमबारदेखि नै भक्तजनहरुले बसहरु रिजर्भ गरेर खाली खुट्टा पहेंलो बस्त्र लगाएर कमन्डलु लगायत जल बोक्ने ग्यालेनहरु बोकेर बोलबम बोलबम गर्दै नदीहरुबाट गंगाजल ल्याएर शिवालयहरुमा चढाउने गर्दछन् । यो क्रियाकलाप साउनभरीनै चल्ने गर्छ । यो महिना साउन १ गते यो सबै गरेपनि अहिले सबै सुनसान छ । मलमासका कारण सुनसान बोलबम धाममा अन्तिम यस महिनाको सोमबार पुनः चहलपहल ल्याउंदै छ । कुरा हरियो चुरा को हो । साउन महिना सबै ठाउँ हरियो हुने हुँदा पनि हरियो चुरा कपडा लगाउने चलन चलेको हुनुपर्छ भन्नेहरु पनि छन् ।
हाम्रा आमा हजुरआमाका पालामा असारभरी रोपाईं गर्दा हातखुट्टा हिलोले खाएर काप कापमा घाउ बन्थ्यो । अहिले जस्तो औषधी उपचारको ब्यबस्था थिएन । जसलाई निको पार्न औषधीको रुपमा मेहदीको रुखको पात ढुङगामा पिंधेर लगाउने गरिन्थ्यो । दवाईको बिकल्पको मेंहदी अहिले महिलामा राम्रो हुन बुट्टा कुँधने चलन आएको छ । वृषपतिको रुपमा रहेको मेहन्दीको बोट अहिले भेटाउन सकिंदैन । प्याकेटमा आउने मेहदी त्यसैमा छिमेकी देश भारतको ब्यापार फस्टाउने काम भैरहेको छ । यो भनीरहंदा बिबाहमा मेहदी रोसनका नाममा निम्न बर्गका परिवारको विबाह सम्पन्न हुने खर्च यसैमा हुने गरेको छ । कहिं नभएको जात्रा हांडी गाउँमा भने जस्तो हाम्रा परम्परा चालचलन बचाउने भन्दै गर्दा हुदै नभएका हाम्रा बाउ आमा कसैले नसुनेका नगरेका हल्दी र मेंहन्दीले गाउँ शहर पिटेको छ । कसरी बिबाहको खर्च जोहो गर्ने भन्ने निम्न बर्गको परिवारलाई थाल खाउँकी भात खाउँ बनाएको छ।

हल्दी मेहन्दी, दही च्युरा, बेबी सावर र बर्थ डे जस्ता नेपालीले नामै नसुनेको चलन कहाँदेखि आएर अहिले मान्न बाध्य पारिएको छ । हामी नेपालीले मान्ने वा मनाउंदै आएका चलन अर्को देशले सिको नगर्ने तर हाम्रै देशका मानिसले अर्काको सिको गर्नुपर्ने कहाँ सम्मको हास्यास्पद बनेको छ । राम्रा कुरा सिक्नु जायज छ । खर्च गर्ने रमाइलो गर्ने नाममा ऋणको भार बोक्नु कति जायज छ ? भारतिय लुगा भारतिय चलनले नेपाल गरिब बन्दै गएको छ । भारतको ब्यापार बढेको छ । बेबी सावर पाटी भोज दिएर मदिरामा रमेर सुत्केरी हुंदाको खर्चको जोहो छ छैन । पहिले नै खर्च गर्नु कति जायज छ ? हो हुने खानेले यो गर्दा कसलाई टाउको दुखाई ? भन्ने होला । जसको खर्च गर्ने क्षमता छैन उसले यो सबै गर्न नसक्दा हिनताबोध हुनेगर्छ । कि त ऋण बोकेर गर्नुपर्ने बाध्यता आइपर्ने भएको छ ।

यतिखेर बिश्व नै आर्थिक मन्दीमा परेको छ । ज्यान बचाउन ब्यापार ब्यवसाय उद्योग धन्दा सब बन्द गरेर बसेको प्रतिफल अहिले निस्केको छ । जसको असरका कारण यतिखेर सम्पन्न मानिससंगै आर्थिक अभाव देखिएको छ । सामान्यको कुरै नगरौं । बित्तिय संस्थाहरु बैंक सहकारी फाइनान्स कहींपनि कारोवार छैन । लगानी उठेको छैन । पुनः लगानी थप्नु भनेको बित्तिय संस्था डुब्नु बाहेक अरु हुदैन भन्ने डरले लगानीमा टाइट गरेको अवस्था छ । जग्गामा लगानी गरेर कारोवार गरेका ब्यापार व्यवसाय ठप्प हुँदा बैंकको ब्याज तिर्न नसकी कति त आत्महत्यासम्म गरिसकेका छन । यतिखेर जसरी तसरी कसरी बाँच्ने भन्ने अवस्था छ । सुनको भाउ उर्लिएको छ । अन्य दैनिक उपभोग्य वस्तुको उस्तै छ । छोराछोरीको बिबाह गर्नुपर्ने अभिभावक चिन्तित छन । ऋण गरे तिर्न कारोबार छैन । खर्च नगरौं सन्तानले चित्त दुखाउलान कि भन्नुप¥यो । कति गाह्रो परेको अवस्था छ । यो अवस्थामा कसले के खायो, के ग¥यो भन्नेतिर लागेर देखासिकी गर्नुभन्दा आफ्नो गच्छे अनुसार कर्म पूरा गर्नेतिर सोंचौं । चिन्तित हुनुपनि पर्दैन र आत्महत्याको बाटो रोज्नुपनि पर्नेछैन । बिभिन्न अन्धबिश्वास र बिदेशीको नक्कल गर्ने प्रबृत्तिले अनावश्यक झमेला मात्र निम्त्याउँछ । यस्ता आगन्तुक कु–सँस्कारहरु हाम्रो समाजमा भित्रिन नदिनु नै राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?