ट्रेंडिंग:

>> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख
मुख्य समाचार

तरकारीको ‘हब’ सल्यान, यसरी चल्यो लहर

सिंचाइको सुविधा विना पनि कपुरकोट क्षेत्रमा तरकारी फल्छ । विषादीको प्रयोग विना पनि यहाँ तरकारी फस्टाउँछ । जव चैत वैशाखदेखि धेरैजसो ठाउँमा ताजा तरकारीको अभाव हुने गर्छ, यस क्षेत्रमा लोभलाग्दो तरिकाले मंसिर, पुस सम्म नै लटरम्म तरकारी र फलफुल उत्पादन हुने गर्छ । यसैले तान्छ सबैकोे मन ।
२५ श्रावण २०८०, बिहीबार
२५ श्रावण २०८०, बिहीबार

सल्यान, २५ साउन ।

कृषिजन्य वस्तु उत्पादनका लागि सल्यान उपयुक्त जिल्ला हो । कर्णाली प्रदेश अन्तर्गत रहेको यहाँका दशवटै पालिकामा प्रमुख खाद्य बाली धान, मकै, कोदो देखि ताजा तरकारी र फलफुल, अदुवा लगायत विभिन्न जडिबुटी पनि उत्पादन हुने गर्दछ । पछिल्लो समय सल्यान जिल्ला ताजा तरकारी र फलफुल खेतीबाट पनि परिचित हुँदै गएको छ । व्यावसायिक रुपमा तरकारी खेती गर्नेहरुको संख्या विस्तारै बढ्दै गएको देखिन्छ । युवा तथा महिलाहरु समेत मनग्य आम्दानी हुने भएपछि तरकारी खेतीतर्फ आकर्षित भएका छन् । स्थानीय सरकारदेखि विभिन्न सरकारी निकायले पनि तरकारी खेतिका लागि लगानी गरिरहेका छन् ।

बिगत चार वर्षको अवधिमा मात्रै सल्यानबाट ७३ करोड बढीको ताजा तरकारी निकासी भएको छ । जिल्लामा सबैभन्दा बढी कपुरकोट क्षेत्रबाट तरकारी निकासी हँुदै आएको छ । कृषि विकास कार्यालय सल्यानको रेकर्ड अनुसार आर्थिक वर्ष २०७६।०७७ मा ६ करोड २६ लाख ९२ हजार रुपैयाँ तरकारी निकासीबाट आम्दानी भएकोमा आर्थिक वर्ष २०७७।०७८ मा २० करोड ५२ लाख रुपैयाँको तरकारी जिल्लाबाट निकासी भएको देखिन्छ । कार्यालयका सूचना अधिकारी इश्वरी नारायण घर्तीका अनुसार सल्यानबाट आर्थिक वर्ष २०७८।०७९ मा २४ करोड ३ लाख २८ हजार र २०७९।०८० मा २२ करोड २६ लाख ४० हजार रुपैयाँ बराबरको ताजा तरकारी निकासी भएको हो । चार आर्थिक वर्षमा २२ हजार ५७६ मेट्रिक टन ताजा तरकारी निकासीबाट ७३ करोड ८ लाख ६० हजार रुपैयाँ किसानहरुले आम्दानी गरेको कृषि विकास कार्यालयले जनाएको छ ।

बेमौसमी तरकारी खेतिका लागि सल्यानको कपुरकोट गाउँपालिका देशमै प्रख्यात छ । त्रिवेणी, सिछकुमाख गाउँपालिका तथा बागचौर, बनगाड, शारदा नगरपालिका र अन्य पालिकामा पनि किसानहरुले मौसम अनुसारका तरकारी र फलफुल खेती गर्छन् । कपुरकोट क्षेत्रबाट मात्रै एक सिजनमा करिव पाँच हजार मेट्रिक टन तरकारी जिल्ला वाहिर निर्यात हुने गर्दछ । सल्यानका किसानहरुले विशेष गरी गोलभेडा, बन्दागोभी, फूलगोभी, घ्यूसिमी, बोडी, खुर्सानी, आलु, काँक्रो, स्कूस, मूला, गाजर, हरियो साग, भान्टा, हरियो केराउ आदि वेमौसमी ताजा तरकारी उत्पादन गर्ने गर्दछन् । फलफूलहरुमा सुन्तला, आरु, नास्पति, आरु बखडा, अनार, आँप, केरा आदि र मसलादार तरकारीहरुमा अदुवा, हरियो धनिया, प्याज, लसुन, खुर्सानी, टिमुर आदि उत्पादन गर्ने गरेका छन् ।

समुन्द्री सतहबाट १२ सय मिटरदेखि करिव १८ सय मिटर सम्मको उचाइमा रहेका यहाँका खेतबारीमा किसानहरुले वेमौसमी ताजा तरकारी तथा फलफुल उत्पादन गर्दै आइरहेका छन् । कपुरकोटमा हप्ताको दुई दिन तरकारी हाटबजार लाग्ने गर्दछ । यो तरकारी बजार देशकै ठूला तरकारी बजार मध्ये पर्दछ । कपुरकोटको तरकारी बजारमा हजारौँ किसानहरुले ताजा तरकारी एवम् फलफूलहरु बिक्री गर्ने गर्दछन् । यो बजारका अलावा अन्य स्थानमा पनि सहायक तरकारी बजार लाग्ने गर्दछन् । पछिल्लो समय गाउँगाउँमा कृषि सडक निर्माण भएपश्चात व्यापारीहरु किसानको खेतबारी सम्म नै पुगेर तरकारी खरिद गर्ने गरेका छन् । कृषि सडकले कृषिजन्य वस्तु बजार सम्म पुर्याउन र आवश्यक सामग्री गाउँसम्म लैजान पनि किसानलाई सजिलो बनाइदिएको छ ।

कसरी सुरु भयो तरकारीको लहर ?

वि.सं. २०४२÷०४३ सालमा स्थापना भएको राप्ती एकीकृत ग्रामीण विकास परियोजनाले साविक राप्तीका पाँचै जिल्लामा गरेको अनुसन्धानबाट सल्यान जिल्लाको कपुरकोट क्षेत्रमा वेमौसमी तरकारी खेती गर्न सकिने उपयुक्त स्थान भएको ठानेर त्यसपरियोजनाले यस क्षेत्रमा भीएफसी कार्यक्रम लागु गरी सुरु ग¥यो । कृषि उपज बजार केन्द्रका अनुसार उक्त कार्यक्रम लागु भएपछि यस क्षेत्र वरपरका किसानहरुलाई समेटेर वेमौसमी तरकारी एवंम् फलफूल सम्बन्धी आधुनिक खेती प्रणालीको बारेमा विभिन्न तालिम एवम् ज्ञान बांँड्ने, रोगनाशक किटनाशक औषधिहरुको वारेमा जानकारी एवंम् बजारीकरणको ज्ञान दिन थालियो ।

यसरी बढदै गएको कृषि उपज बजारलाई अझ व्यवस्थित बनाउने उद्देश्यका साथ २०४७ सालमा हिमाली वेमौसमी ताजा तरकारी फलफूल उत्पादन संघ दर्ता गरी एउटा कार्यसमिति पनि गठन गरिएको थियो । जसको अध्यक्षमा ईश्वरी प्रसाद शर्मालाई चयन गरियो । तत्पश्चात उक्त समिति, भीएफसी, जिल्ल्ला कृषि विकास कार्यालय, कृषि सेवा केन्द्र, स्थानीय निकाय एवंम् आम जनसमुदायहरुबाट यस कृषि उपज बजार केन्द्रको विकास एवंम् व्यबस्थापन गरिएको थियो । र यस क्षेत्रका किसानहरुले वेमौसमी तरकारी एवम् फलफुल खेती शुरु गरेको पाइन्छ । शुरुमा यस क्षेत्रमा केराउ खेती गरिएको थियो ।

कपुरकोटमा प्रत्येक हप्ताको मंगलबार र शुक्रबार गरी २ पटक बजार लाग्ने गर्दछ । सुरुसुरुमा भने प्रत्येक शनिबार लाग्ने गरेता पनि वि.सं. २०४८ साल देखि तत्कालीन जिल्ल्ला विकास समितिले आफ्नो मातहतको जग्गा यस समितिलाई चलन गर्न हस्तान्तरण गरे पछि केही व्यवस्थित बनेको थियो । सुरुका वर्षहरुमा सल्यानबाट संकलित तरकारीको झण्डै ६० देखि ६५ प्रतिशत बुटल बजारमा बिक्री हुने गरेको र त्यहाँको बजार बुधबार र शनिबार लाग्ने गरेकोले उक्त बजारमा बिक्रीको लागि यहाँ मंगलबार र शुक्रबार तरकारी बजार लगाउने गरिएको हो ।

कृषि पर्यटनको प्रवद्र्धन आवश्यक

कपुरकोटको तरकारी जति खानलाई स्वादिष्ट र स्वास्थ्यका लागि हितकर छ, त्यति नै तरकारी उत्पादन हुने क्षेत्रको भ्रमण गर्नुको मजा पनि छ । उत्तरतिर हिमश्रृंखला र तलतिर एशियाकै ठूलो उपत्यका हेर्न सकिने समेत भूमि रहेको कपुरकोट क्षेत्रमा जो कोहीको पनि मन रुमलिन सक्छ । यहाँको हावापानीदेखि प्राकृतिक सौन्दर्यता र स्थानीयहरुको पाहुना वा अतीथीहरुलाइ स्वागत गर्ने चलनले जसको पनि मन दङ्ग पर्न सक्छ ।

सिंचाइको सुविधा विना पनि कपुरकोट क्षेत्रमा तरकारी फल्छ । विषादीको प्रयोग विना पनि यहाँ तरकारी फस्टाउँछ । जव चैत वैशाखदेखि धेरैजसो ठाउँमा ताजा तरकारीको अभाव हुने गर्छ, यस क्षेत्रमा लोभलाग्दो तरिकाले मंसिर, पुस सम्म नै लटरम्म तरकारी र फलफुल उत्पादन हुने गर्छ । यसैले तान्छ सबैकोे मन । चाहे ज्युलाको खेत चाहे पाखाबारी, जताततै लटरम्म तरकारी र फलफुल फस्टाएको हुन्छ । पहिले कालापहाड जानेहरु खेतबारीमै रमाएको देख्न सकिन्छ, विदेशिनेहरुको यात्रा स्थगीत भएर आफ्नै खेतबारीमा परिश्रम पोखिन्छ र त्यही परिश्रमबाट आर्जन भएको रकमले छोराछोरीले सहज तरिकाले पढ्न लेख्न पाइरहेका छन् ।

तरकारी खेतीबाट यस क्षेत्रका किसानको आयआर्जनमा महत्वपूर्ण योगदान पुगेको छ । यहांँको तरकारी खेतीले राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा यस कपुरकोट क्षेत्रलाई चिनाएको छ । पर्यटकीय हिसावले महत्वपूर्ण र सम्भावना बोकेको सल्यानमा पर्यटकहरु आउन सक्ने थुप्रै आधारहरु छन् । उत्तरतिर हिमाल र तराइको समथर फाँटहरु पनि एकै स्थानबाट देख्न सकिने कपुरकोट क्षेत्र प्राकृतिक सौन्दर्यताले पनि महत्वपूर्ण छ । लटरम्म तरकारी फलेका खेतबारी, हरेक मानिस कृषि कर्ममा सक्रिय भएको दृश्य साँंिच्ीकै हेर्न लायक देखिन्छ । अझ यहाँ होमस्टे संचालन गरेर पाहुनाहरुलाई यहींकै अर्गानिक तरकारी र फलफुलहरुको स्वाद दिलाउन सक्ने हो भने विभिन्न ठाउँबाट पर्यटकहरु भित्रिन सक्ने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?