© २०२३
राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका संयोजक किशोरी महतोले मुलुकमा हिन्दु राज्य र राजसंस्थाको विकल्प नभएको बताएका छन् ।
हिन्दु अधिराज्य पुनस्र्थापना अभियानका क्रममा आइतबार बुटवल आएका महतोले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा हिन्दु अधिराज्य पुनस्र्थापनाका लागि ४२ दलीय गठवन्धन बनेको जानकारी समेत दिए ।
गठवन्धनले मुलुकमा हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापनाको विषयमा जनताहरुको मनोभावना बुझ्ने कार्य जारी राखेको बताउदै संयोजक महतोले त्यसका लागि ७ वटै प्रदेश र मुलुकका मुख्य मुख्य शहरहरुमा अभियान सञ्चालन गर्ने बताए ।
निर्वाचन आयोगमा दर्ता भएका ४२ दलहरुको भेलाले मुलुकमा हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापनाका लागि आफु नेतृत्वको लोक कल्याणकारी राष्ट्रवादी रावावादी दलको संयोजकत्वमा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धन गठन गरेको जानकारी गराउदै महतोले ढिलो– चाडो मधेसवादी दल र नेपाली कांग्रेस पनि हिन्दु राज्य पुनस्र्थापनाको एजेण्डामा आउने विश्वास व्यक्त गरे ।
तत्कालिन ७ राजनीतिक दल र दरवार बीच भएको सहमति विपरित गएर ७ दलले राजसंस्थालाई धोका दिएको बताउदै संयोजक महतोले निकट भविस्यमै ति सम्झौता सार्वजनिक हुने उल्लेख गरे ।कार्यक्रममा गठवन्धनका सह संयोजक शोभाराम थापाले वर्तमान गठवन्धन सरकार लामो समय टिक्न नसक्ने दाबी गरे ।अभियानकै क्रममा गठवन्धनले विगत एक हप्ता देखि रुपन्देहीका जनताहरुको जनमत संकलन गर्दै आएको जानकारी गराउदै उनले आगामि भदौ १ गते बुटवलमा बृहत जन प्रदर्शन सहित अन्तरक्रिया कार्यक्रम गर्ने तयारी गरेको जानकारी गराए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी