ट्रेंडिंग:

>> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना
फिचर

‘कृषि विद्युतीकरण र छोरी पढाउ’ अभियान सुस्ताको सान

केरा पकेट क्षेत्र, बाल शिक्षामा अँग्रेजी अध्ययन, स्वस्थ्य सेवालाई जोड दिइएको छ । कृषि विद्युतीकरणको लागि तार बिस्तार, विद्युत सामग्री वितरणदेखि छोरी पढाउ अभियान अन्तर्गत कुनै पनि परिवारमा छोरी जन्मेपछि जन्मदर्ता गराउने र पालिकाले उनको नाममा २५ हजार रुपैयाँ खातामा राखिदिने गर्छ । २० वर्षपछि सो जम्मा गरेको रकम वापतको एकमुष्ठ २ लाख ७१ हजार रुपैयाँ उच्च शिक्षाको लागि सहयोग प्राप्त गर्ने गर्दछ ।
२० श्रावण २०८०, शनिबार
२० श्रावण २०८०, शनिबार

बुटवल, २० साउन ।

नवलपरासी जिल्लाको पूर्व–दक्षिण क्षेत्रमा अवस्थित सुस्ता विकट पालिकाको रुपमा पर्छ । भारतीय गण्डक नहर र भारतबाट अतिक्रमित जग्गाका कारण बेलाबेला सुस्ता चर्चामा आउने गरेको छ । विकास र पहुँचका हिसाबले यो पिछडिएको गाउँपालिका हो । सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय आफु निर्वाचित भएर पद बहाली भएसँगै आम बासिन्दाहरुको जीवनस्तर बढाउने गरी योजना बनाएका छन् । कृषिमा आधुनिकीकरणसंगै शिक्षा, स्वस्थ्य जस्ता विकासको योजनालाई प्राथमिकतामा राखेर अघि बढेका छन् । संघ र प्रदेश सरकारसंग सहकार्यको आशा बोकेको धेरै योजनाहरु पालिकाको एकल लगानीमा सुरु गरेको उनले बताए । निर्वाचित भएर आएको एक वर्षको अवधिमा पालिकाको प्राथमिकतालाई स्तरीकरण गरिएको छ । उखु र केरा खेतीको सम्भावना बोकेको यो क्षेत्रमा किसानको उत्पादन लागत घटाउने गरी कृषि कार्यक्रममा जोड दिएको उनले बताए ।

कृषि विद्युतीकरणबाट सिचाई गर्ने गरी पहिलो चरणमा धेरै कामहरु भएको उनले बताए । ‘अघिल्लो वर्ष ३५ लाख कृषि विद्युतीकरणमा बजेट बिनियोजन भएको थियो’—उनले भने । यो वर्ष ५५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको उनले बताए । यसैगरी किसानलाई घरमै कम्पोस्ट मल बनाउन सहयोग गर्ने गरी कार्यक्रमहरु चलाएको उनले बताए ।

किसानहरु पम्पसेटबाट घण्टाको १६ रुपैयाँ भन्दा बढी खर्च गरेर सिचाई गरेको बेला प्रतिघण्टा ४ रुपैयाँ लागत लाग्ने गरी विद्युत पुर्याउने लक्ष्य रहेको उनले बताए । दोस्रो चरणमा पनि कृषि विद्युतीकरणको लागि तार बिस्तार गर्ने काम भएको छ ।

ठाउँठाउँमा ट्रान्सफर्मरको समस्या छ । ३ र ४ ईन्चको पानी फ्याँक्ने पानी मोटर वितरण गरिएको छ ।
अर्कोतर्फ शिक्षातर्फ छोरी सुनौलो भविष्य अभियान कार्यक्रम चलाईएको छ । कुनै पनि परिवारमा छोरी जन्मेपछि जन्मदर्ता गराउने र पालिकाले उनको नाममा २५ हजार रुपैयाँ खातामा राखिदिने गर्छ ।
२० वर्षपछि सो जम्मा गरेको रकम वापतको एकमुष्ठ २ लाख ७१ हजार रुपैयाँ उच्च शिक्षाको लागि सहयोग प्राप्त गर्ने गर्दछ । यो अभियानले उमेर नपुग्दै हुने विवाह रोक्ने तथा बहुविवाह रोक्न सफल भएको उनले दाबी गरे । बाल शिक्षामा दक्ष जनशक्ति अभाव रहेको थियो । स्थानीय पालिकाबाट आवश्यक बालमैत्री पूर्वाधार, खेलकुद सामग्री वितरण लगायतका काम गरेको उनले बताए । सुस्तामा २४ वटा सामुदायिकका साथै २ वटा धार्मिक (हिन्दु) र ३ वटा मदरसा (मुश्लिम) विद्यालयहरु छन् । गाउँपालिकाले माग र आवश्यकताको आधारमा विद्यालयहरुमा निजी श्रोतबाट शिक्षक ब्यवस्थापन समेत गरेको छ ।

यसैगरी पालिकाबासीको स्वास्थ्यको क्षेत्रमा पनि धेरै कामहरु अघि बढेको उनले बताए । पालिकाको सहयोगमा प्रत्येक वडास्तरमा भिडियो एक्सरे, प्रेसर÷ल्याब जाँचको सेवा शुरु भएको उनले बताए । अस्पताल निर्माण गर्ने योजना अनुसार अघिल्लो कार्यकालमा काम अघि बढ्न नसकेको उनले गुनासो गरे । डिपिआरमा १० लाख खर्च भएको तर आवश्यक काम अघि बढ्न नसकेको अवस्था छ । ‘आवश्यक जग्गा नभएको ठाउँमा योजना बनाउनु गलत भएको छ’—उनले भने । डिपिआर अनुसारको जग्गा अभाव भएको भन्दै अदालतमा ठेकेदारबाट मुद्दा हालेको उनले बताए । पालिकाले पाँच शैयाको अस्पतालको योजना बनाएको छ ।

यसैगरी सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल सुस्ताको मुख्य समस्या भनेको स्वास्थ्य र शिक्षा भएको बताउँछन् । यसलाई सम्बोधन हुने गरी कार्यक्रमहरु चलाएको उनले दाबी गरे । ‘हामीले पालिकाका वडा नम्बर २ बाहेक चारवटै वडामा स्वास्थ्य चौकीको स्थापना गरिसकेका छौँ र स्थापित स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न बनाउनेतर्फ अघि बढेका छौ’—उनले भने । सुस्ता पालिकाको आफ्नै प्रशासनिक भवन छैन ।

संघीय सरकार र स्थानीय पालिकाको ६०/४० बजेटबाट निर्माण गर्ने लक्ष्य रहेको र यसका लागि यो वर्षबाट सुरुवात गर्न लागेको उनले बताए । सुस्ताका घरमा विद्युत पुगेको र अब खेतबारीमा लग्ने गरी आवश्यक कामलाई प्राथमिकतामा राखेको उनले बताए । अर्कोतर्फ यो आर्थिक वर्ष ६ करोड रुपैयाँ बजेट घटेको हँुदा यसको प्रभाव समग्र योजनामा पर्ने उनले दुखेसो गरे । कुल ८ हजार २ सय ३ घरधुरी, ४१ हजार ३ सय ९६ जनसंख्या रहेकोमा ६२.४९ प्रतिशत साक्षर रहेका छन् । करिब ८१.९९ प्रतिशतले काठ/दाउरा प्रयोग गर्ने सुस्तामा ४०.८ प्रतिशतमा पानीको धारा पहँुच पुगेको छ । १ हजार ५ सय ६१ जना दीर्घरोगी, ७९.५८ प्रतिशत पूर्ण खोप लगाएको, ८३.९८ प्रतिशत स्वास्थ्य संस्थामा सुत्केरी गराउँछन् ।

बर्दघाटबाट प्रमोद अर्यालको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?