© २०२३
नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ६३ औं वर्षगांठको अवसरमा नेपाल चीन मैत्री समाज लुम्बिनीले भैरहवास्थित संस्कृत विद्याश्रममा बृक्षरोपण र आर्थिक सहयोग प्रदान गरेको छ । समाजले विद्याश्रममा विभिन्न प्रजातिका ६३ वटा विरुवा रोप्नुका साथै विद्याश्रमलाई ५० हजार नगद सहयोग गरेको हो । सो अवसरमा बोल्दै प्रदेश ५ सरकारका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले नेपाल चीन मैत्री समाजले चीनसंग जनस्तरमा सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै थप रचनात्मक कार्यक्रम गर्न सुझाव दिए ।
उनले वातावरण संरक्षणका लागि बृक्षरोपणको ठूलो महत्व रहेको भन्दै सामाजिक संघसंस्थाहरुले बृक्षरोपणसंगै तिनको रेखदेखमा पनि ध्यान दिन सुझाव दिए । साथै उनले समाजका अध्यक्ष नारायणप्रसाद सापकोटाले चीनसंग जनस्तरमा सम्बन्ध विस्तार र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले समाजको स्थापना भएको उल्लेख गर्दै चीनले अघि सारेको वान बेल्ट वान रोडको अवधारणाबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताए । कार्यक्रममा लुम्बिनीस्थित चिनिया मन्दिरका गुरु,रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना,अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेय,सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी,समाजका उपाध्यक्ष गोबिन्द रेग्मी,सदस्य डा. गितु गिरी,सचिव दीपक गलामी लगायतले आआफ्ना धारणा राखेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी