© २०२३
सुनवल, १९ साउन ।
पश्चिम नवलपरासीको सुस्तामा शित भण्डार (कोल्ड स्टोर) निर्माण सकिएपनि प्रयोग विहीन भएको छ । गत वर्षको कात्तिक महिनामै शित भण्डारको निर्माण कार्य सकिए पनि हाल सम्म प्रयोगमा आएको छैन । सुस्ता ४ नर्सहीमा लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको झण्डै ५ करोड लगानीमा शित भण्डार निर्माण सम्पन्न भएको गाउँपालिकाको योजना शाखा प्रमुख विष्णु पसाद ढकालले जानकारी दिए । सो क्षेत्रमा हरेक वर्ष केराले बजार नपाउँदा कुहिएर जान्छ तर शित भण्डार उपयोगमा नआउँदा किसानले लाभ लिन सकेका छैनन् ।
गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले पहिलो चरणको निर्माण कार्य पूरा भएपनि बाहिरी तारबार सहितको संरचना निर्माणको काम बाँकी नै रहेकाले सञ्चालनमा ल्याउन नसकिएको बताए । उनले चालु आर्थिक वर्षमा उक्त कामका लागि थप बजेट विनियोजन गरिएकाले यो वर्षदेखि शित भण्डार सञ्चालनमा आउने दाबी गरे । ५ सय मेट्रिक टन क्षमताको शित भण्डारमा त्यस क्षेत्रका किसानले आफ्ना उत्पादन लामो समय सम्म प्रयोग तथा विक्रीका लागि राख्न सक्ने छन् । केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले शितभण्डार सुस्ता र प्रतापपुरका केरा किसानका लागी अत्यावश्यक भईसकेको बताए ।
“शितभण्डार केरा किसानका लागि अत्यावश्यक छ तर यस क्षेत्रका पालिका गम्भीर नहँुदा केरा त्यसै कुहिएर खेर गइरहेको छ”– यादवले भने । निर्माण सम्पन्न भएको शितभण्डार तत्कालै प्रयोगमा ल्याउनुपर्ने भएपनि पालिका किसानप्रति गम्भीर नदेखिएको उनको भनाई छ ।
उक्त शित भण्डारमा केराको भण्डार हुने नहुने बारे गाउँपालिका अध्यक्ष उपाध्याय बेखबर छन् । “यदि केरा भण्डारण गर्ने किसिमको प्रविधि नभए शित भण्डार अर्थहीन हुन्छ”–उनले भने । “शित भण्डार ठुलो छ तर सुस्ता क्षेत्रमा केरा बाहेक अन्य धेरै भण्डार हुने गरी उत्पादन नै हुँदैन”–उपाध्यायले भने, “किसानको उत्पादनको आधारमा सञ्चालन हुन्छ कि हुन्न भन्ने प्रश्न छ ।”
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी