ट्रेंडिंग:

>> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ?
लम्पी स्कीनबाट दैनिक डेढ करोडको क्षति

किसानलाई मल्हम लगाउन ३ करोड अपुग

लम्पी स्कीन रोग नियन्त्रणका लागि प्रदेश सरकार सँग २ करोड ८३ लाख बराबरको कार्ययोजना बनाएर रकम माग गरिएको छ ।
१७ श्रावण २०८०, बुधबार
१७ श्रावण २०८०, बुधबार

बुटवल, १७साउन ।  पशुमा देशभर नै फैलिएको लम्पी स्कीन रोगको कारण देशभरका किसान मर्कामा परेका छन् । अफ्रिकाबाट सुरु भएको रोग रोग नेपालमा आएपछि अहिले देशभर नै पशु चौपाय संक्रमित भएका छन् । लुम्बिनी प्रदेशका प्रायः सबै जिल्लामा अहिले लम्पी स्कीन लागेका पशु चौपया भेटिएका छन् ।

खासगरी गाई, गोरु, भैसी र राँगा–पाडामा लाग्ने रोगको कारण अहिले बजारमा दुध उत्पादन समेत घटेको छ । खासगरी गाईमा बढि असर पार्ने यो रोगका कारण ५० प्रतिशत भन्दा बढि दुध उत्पादनमा गिरावट आएको किसानहरूले बताउँदै आएका छन् । प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार यो रोगको कारण दैनिक डेढ करोड भन्दा बढि दुध को मूल्यमा गिरावट आएको छ । निर्देशनालयका निमित्त निर्देशक डा. परबेज आलमका अनुसार नियमित दुध उत्पादन हुँदै आएका पशु चौपायमा रोगको कारण ५० प्रतिशत बढि दुध उत्पादनमा ह्रास आएको हो ।

खासगरी गाई–गोरु, भैंसी र पाडा, राँगामा देखिने यो रोगको कारण दुध उत्पादनमा ५० प्रतिशत ले कमी आएको हो । साथै नियमित हिटमा नआउने, गर्भ तुहिने जस्ता समस्या समेत आउने निर्देशनालयका फोकल पर्सन रिम बहादुर थापा बताउँछन् । निर्देशनालयको तथ्यांक अनुसार दैनिक दुधमा १ करोड ५० लाख आर्थिक क्षति भईरहेको छ, भने पशु चौपायको मृत्युबाट १२ करोड ५० लाख बराबर क्षती भएको अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेशको मा पहिलो पटक यो रोग २०७७ साउन २४ गते देखिएको थियो । हाल सम्म कुल १ लाख ८१ हजार ९ सय ३५ वटा पशु चौपायमा रोग देखिएको छ । जस मध्ये कुल ५ हजार ६ सय ४६ वटा पशु चौपाया मरेका छन् । लुम्बिनी प्रदेशमा लम्पी स्कीनबाट प्रभावित भएका पशु चौपायको लागि प्रदेश सरकारले उपचार मा विशेष जोड दिएको छ । अहिले प्रदेशमा लम्पी स्कीनबाट प्रभावित भएका पशु चौपायको उपचारको लागि करिब ३० लाख रूपैयाँ बराबरको औषधी तथा खोप खरिद गरि परिचालन गरिएको हो । लुम्बिनी प्रदेको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय का निर्देशक डा. परवेज आलमले हाल सम्म प्रदेशका सबै जिललामा गरेर ३८ हजार ७ सय ९३ पशु चौपायमा खोप प्रदान गरिएको छ । यस्तै १ लाख १२ हजार ४ सय ७६ पशु को उपचार गरिएको छ ।

देशभरि नै समस्याको रूपमा देखिएको लम्पी स्कीन रोगको नियन्त्रण तथा खोप कार्यक्रमका लागि प्रदेशभर हाल ६ यस ३८ जना जनशक्ति परिचालन गरिएको छ । रोग लाग्न भन्दा पहिला पशु चौपायमा दिईन खोपमा थप स्थानिय तहवाट खोपः १८ हजार ७ सय २२ र स्थानीय तहवाट उपचार १ लाख ४ हजार ७ सय ५३ जना पशु चौपायमा उपचार गरिएको छ । प्रदेश मन्त्रालय मातहतका भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगायतका कार्यालयहरूको लागि आक्समिक खोप तथा उपचार कार्यक्रमको बजेट परिचालन गर्न निर्देशन दिएको निर्देशक डा. आलमले जानकारी दिए ।

जसको लागि आस्मिक तर्फको ३९ लाख , खोप ५३ लाख, लजिष्टिक ३ लाख गरी कुल जम्मा १ करोड २७ लाख परिचालन गर्न निर्देशन गरिएको हो । यस्तै थप नियन्त्रणका लागी २ करोड ८३ लाख बराबरको कार्ययोजना बनाएर प्रदेशको अर्थमन्त्रालयमा पेश गरिएको छ । जसबाट बजेट स्वीकृत पश्चात आउने रकम परिचालन गरिने छ । लुम्बिनी प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयले लम्पी स्कीन रोगको नियन्त्रणका लागि प्रदेश स्तरीय लम्पिरोग नियन्त्रण कार्यदल गठन गरि काम गरेको छ । यस्तै मन्त्रालयमा फोकल अधिकृत तोकिएको छ भने निर्देशनालयमा फोकल अधिकृत तोकिएको छ ।

प्रत्येक जिल्लामा फोकल अधिकृत तोकिएको, प्रत्येक पालिकामा फोकल पर्सन तोकिएको मन्त्रालय र निर्देशनालय बाट प्रत्येक जिल्लामा प्रतिनिधी खटाई साउन ४ गते देखि बिरामि पशुलाई प्राथमिक उपचार र स्वस्थ पशु लाई खोप अभियान संचालन गरिएको जनाइएको छ । यस्तै एकिकृत तथा विज्ञकेन्द्रका स्थायि तथा करार जनशक्तिलाई परिचालन गरि अहिले काम भैरहेको छ । लुम्बिनी प्रदेशमा रोकथामको उपाय न अपनाइएको खण्डमा कुल २४ लाख गाई भैसी हरू मध्ये नेपालको संक्रमण दर ले हुन आउने संक्रमितको संख्या ४ लाख ८० हजार बढि हुने अनुमान गरिएको छ ।जसमा १८ हजार बढि पशु मृत्यु हुने आकलन पशु चिकित्सकहरूले गरेका छन् । जसबाट २३ अर्व ५८ करोड बढि को क्षती हुने समेत आकलन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission