© २०२३
बुटवल, १५ साउन । बर्दीयाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ बालतीका प्रेम प्रसाद लामिछानेसंग खाडी देशको दुःखको अनुभव छ । स्वदेशमा काठमाण्डौ रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक पढ्दै गर्दा वैदेशिक यात्राको लागि साउदी अरव गरेका उनले त्यहाँ आफ्नो देशको प्रेम थाहा पाए । थोर धेरै आम्दानी भएपनि उनलाई मनको शान्त भने कहिलै भएन ।
उनको लागि विदेशको रोजगारी यात्रा यो जिन्दगीको नयाँ अध्याय भएको थियो । तीन वर्ष खाडी काम गरेपछि उनको मनले मानेन । विदेशीको भूमीमा उसैको ईसारामा काम गर्नुेपर्ने ? उनले साउदीको यात्रा ३ बर्षमा टुङ्ग्याए । नेपाल फर्केर कृषिलाई आफ्नो नयाँ कर्म बनाउने निधो गरी त्यो तीन वर्षको कष्टकर यात्रालाई बिट मार्दै मिठा सपना, स्वदेशमै केही फरक गर्ने हुटहुटी उनले स्वदेश फकीए ।
स्वदेश फर्कीपछि उनले आफन्त, साथिभाई र परिवार संग समय आफनो लक्ष्यको विषयमा सुनाए । त्यो थियो स्वदेशमा, आफ्नै ठाउँमा कृषि फार्म खोलेर केही नयाँ उद्यमी बन्ने । उनले भने अनुसारको कृषि फार्म सुरु भएन । उनी नेपालगन्जमा मदिराको व्यापार व्यवसाय सुरु गरे । तर व्यवसाय चलेन । उनी भन्छन्–‘एकातिर को लक्ष्य लिएको म अर्को तिर काम गर्दा कहाँ मन लाग्नु, तीन महिना व्यापार गरे पछि कुनै आशाको किरण नदेखेर व्यापार छाडी पुनः धनकै लागि विदेश जाने तयारी गरेँ । ’बिदेश नजाने सोच बनाएर फर्केको उनी पुनः विदेश जाने भए । केही रकम आर्जन गरेर ल्याएको व्यवसायमा लगाएका थिए । तर त्यो चलेन, पुनः विदेशनै जाने भए ।
‘आफ्नो कृषि गर्ने उद्देश्यलाई पुरा गर्न नसकेकोमा नियतिलाई दोष दिँदै पुनः बिदेश तर्फ लागेँ । ’– उनी विगत स्मरण गर्दछन् ।त्यहा पनि उनी सफल भएनन्, मन भित्र स्वदेशमा नै कृषि कर्म गर्ने योजना थियो । तर समयले साथ नदिएपछि उनी पुनः विदेश गएका थिए ।केही बर्षमा नै उनले विदेशको बसाई दोस्रो पटक विट मार्दै पुनः स्वदेशमै आए । आफ्नै गाउँमा अनि बाख्रा पालन सुरु गरेँ ।व्यबसायमा दत्तचित्त भएर काम गर्दै गर्दा बाख्रापालन बाट जिन्दगी गुजारा त चल्यो तर प्रगति भने शुन्य बराबर थियो ।
सन्तुष्ट हुने आधार भनेको साथिभाईको प्रशँसा र विभिन्न संघ सस्था अनि सरकारी निकायको सम्मान जसले मलाई आफ्नो कर्ममा अघि बढ्न सहज बनाएको उनी बताउँछन् । आफ्नै घरपरिवार बाट पनि साथ र सहयोग मिल्न थाल्यो । व्यवसाय सञ्चालनकै क्रममा साना किसान लघुवित्त वित्तिय संस्था मार्फत इजरायल गई तालिम लिने अवसर मिल्यो । केहि कमाउने अनि केही सिक्नको लागि इजरायलमा ११ महिनाको तालिमको लागि उनी ईजरायल गए । त्यहाँ बाख्रापालन सम्बन्धि प्रोजेक्ट तयार गर्ने अनि आफ्नो फर्मलाई व्यबस्थित बनाउने काममा अहोरात्र मेहेनत गरे ।नेपालमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना बाट ५०% अनुदान सहयोगमा उप–आयोजना सञ्चालन हुने खबर सुनेपछि इजराएल बसाईलाई बिट मार्दै फेरि नेपालमा केही गर्नुपर्छ भन्ने जोश तथा जागँरका साथ नेपाल फर्किए ।
आयोजनाले लिने बिभिन्न चरणको छनौटबाट मेरो फर्म पनि उप–आयोजना सञ्चालन गर्न सफल भए । खुसीको सिमा रहेन, आफन्त, साथीभाई र विभिन्न व्यक्तित्वबाट मेरो उपआयोजना सफल बनाउन साथ, सहयोग र सल्लाह प्राप्त भएसंगै काम सुरु भयो । एन.एल.एस.आइ.पी.बाट ५०% अनुदान कृषि विकास बैंक बाट ३०% ऋण तथा २०% आफ्नो स्व–लगानी गरि कुल ६८,४५,५०४ रूपैयाको लगानीमा सञ्चालन हुने यस ‘उन्नत बाख्रापालन तथा खसिबोका बिक्री वितरण उप–आयोजनाको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना र प्रेसिका एग्री फर्म विच मिति २०७८ मा समझौता भएर काम भएको थियो ।
विभिन्न आरोह अवरोह पार गर्दै यस उप–आयोजनाको सम्पुर्ण काम सफल बनाएका छन् । उनको फार्ममा अहिले २ सय ५० बढी बिभिन्न उन्नत जातका बाख्रा÷बोका तथा पाठपाठी रहेका छन । सात विगाह क्षेत्रफलमा विभिन्न जातका घाँस खेती गरेका उनले ५ जना युवालाई पुर्ण रोजगार दिएका छन् । गाँउका १० जना भन्दा बढी युवालाई आंशिक रोजगार दिएका छन् । बाख्राको खोरमा बिभिन्न ठाउँमा सि सि क्यामेरा जडान भएका आधुनिक बनाएका छन् । जसले गर्दा घरबाहिर हुँदा पनि बाख्राको अवस्था बुझ्न सजिलो भएको छ । आयोजनाकै ५० प्रतिशत लगानीमा बाख्राको खोर अतिरिक्त आहारा भण्डार, एजोला पिट आदि निर्माण भएका छन् ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोगमा गरे के हुन्न भन्ने कुराको राम्रो उदाहरण बन्न पुगेको जस्तो लाग्दछ र हजारौं युवाको प्रेरणाको स्रोत बनेको उनको भनाई छ । यस उप–आयोजना सञ्चालन पश्चात आफ्नो व्यावसायलाई व्यावसायिक, दिगो तथा व्यवस्थित वनाउन फर्ममा रेकर्ड राख्ने, आगन्तुक पुस्तिका, विल्भरपाई, दर्ता्चलानी, बैङ्क नगदी खाता तथा जिन्सी खाता ब्यवस्थापन गर्ने आदि काममा अभ्यस्त हुने अवसर तथा महत्व बुझ्न पाइयो। यस उप–आयोजना सगं जोडिनु पुर्व सानो, सिमित र अव्यवस्थित मेरो व्यावसाय हाल नगर तथा जिल्ला कै नमुना फर्म भएको छ ।
बर्षमा ४०–५० खसीबोका को कारोबार गर्ने म वार्षिक ३ सय भन्दा भन्दा वढी खसी÷बोका तथा पाठपाठी विक्री हुने गरी योजना बनाएका छन् । उनले स्थापना गरेको नमुना र्फाममा बाख्राको मृत्यु दर न्यून हुनु, बाख्रा स्वस्थ हुनु, रेकर्ड राख्दा इन्ब्रिडिङ्ग नहुनु, घाँस तथा दाना पानीको राम्रो व्यवस्थापन हुनु, बाख्राको खोर आधुनिक र वातावरण मैत्री हुँदा सरसफाई हुनु, पूर्णतया खोप तथा परजिवी नियन्त्रण भएको पाइएको छ ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना तथा विभिन्न सरकारी तथा गैह्रसरकारी निकायको नियमित फर्म भ्रमण अनि पृष्ठपोषण पाउनु नै मेरो सफलताको आधार रहेका उनी बताउँछन् । उनले आगामी दिनमा यस व्यवसायलाई नियमित गरेर करिब ५०० माउ पाल्ने, फर्म मै स्थलगत तालिम दिई हजारौ युवालाई स्वरोजगार बनाउने, कम्पोष्ट मलको उत्पादन गरि बजारिकरण गर्ने, बधशाला निर्माण गरी स्वच्छ मासु तथा मासुजन्य पदार्थको उत्पादन गरी बजारिकरण गर्ने, घाँसको विऊ उत्पादन गर्ने तथा सन्तुलित दाना उत्पादन, साईलेज रहे उत्पादन गर्ने योजना बनाएका छन् ।