ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

दोहोरो कर, टेम्पोलाई सधै डर

१५ श्रावण २०८०, सोमबार
१५ श्रावण २०८०, सोमबार

साउन, १५ बुटवल ।  तिलोत्तमा नगरपालिकाको वडा नं. ४ मा बस्ने पुष्पा न्यौपाने टेम्पु चालक हुन् । करिब चार वर्ष अगाडि आफैले सात लाख पचास हजारमा टेम्पु किनेर चलाउन शुरु गरेकी न्यौपानेलाई आजभोलि दिक्क लाग्न थालेको छ । पाल्पाको अर्घेली पुरानो घर भएकी न्यौपाने पाँच वर्ष कोरियामा दुःख गरेर फर्किएकी हुन । आफनै देशमा परिवारसँगै बस्ने रहर हो तर पनि यहाँ गरेर खाने अवस्था छैन । त्यसैले श्रीमान विदेश गईसक्नु भयो न्यौपानेले बताईन ।

हामीले पनि छोरालाई राम्रो शिक्षा दिन पाईन्छ भनेर यहाँ आएका हौं तर सोंचे जस्तो छैन । यो देश हुने खानीहरूका लागि मात्रै हो । म अब विदेश नजाने यहि आफ्नै व्यवसाय गर्छु भनेर टेम्पु किने तर चलाउन पाइँदैन । यहाँ मैले दोहोरो कर तिरेको छु । प्रदेशको यातायात कार्यालय र बुटवल उपमहानगरपालिकाबाट दुईवटा नम्बर छ । यस्तो दिनभरी टेम्पु कुदाउने हो तेल हाल्नपर्यो, मर्मत छँदैछ त्यसमाथि दोहोरो कर । दर्ता नगरे जरिवाना गरी स्थानीय सरकारले दुःख दियो । कक्षा १२ पास गरेकी न्यौपानेले सरकारले रोजगारी दिनुको सट्टामा काम गर्छु भन्दा पनि अन्याय गरेको महसुस गरेकी छिन् ।

बुटवल उपमहानगर पालिका ११ प्रगतीनगरका लक्ष्मणनारायण चौधरीले तीन पटक सम्म जरिवान तिरसिकेका छन् । पहिलो पटक पाँचहजार, दोस्रो पटक आठ हजार र तेस्रो पटक १० हजार रुपियाँ । चार वर्ष देखि बुटवल वरिपरि टेम्पु कुदाउन शुरु गरेका चौधरीले पटक पटक बुटवल उपमहानगर पालिकामा आफ्नो टेम्पु दर्ता गर्न आग्रह गर्दा पनि नगरले वेवास्ता गरेको आरोप लगाए । चौधरी भन्छिन्, म सँग सबै कागजात छ तर पनि नगरपालिकाले विभिन्न बहानामा दर्ता गर्दैन । अनि बाटोमा हिँड्दा नगरप्रहरीले गुन्डाको शैलीका टेम्पु लैजान्छन् । तेस्रो पटक १० हजार जरिवाना तिर्न नसकेर मैले १० दिनपछि ऋण खोजेर तिरेको हु। त्यस्तो पैसामा टेम्पु किने अहिले चलाउन नै छैन ।

बुटवल ११ का जीवलाल भुषाल रुट प्रमिट लिएर हिँड्दा पनि ट्राफिक देख्दा भाग्नु पर्ने यसरी भाग्दा कति साथीहरू दुर्घटनामा पर्नु भएको छ । भुषाल भन्छन्–हामीले प्रमिट लिएका छांै, भनेर दादागिरी गरेका छैनौं तर बाटो काट्न त पाउनुपर्यो सबै कागजपत्र हुँदा त सजिलैसँग काम गरेर घर परिवार पाल्ने वातावरणमा बुटवल उपमहानगरपािलका बाधक बनेको छ । उनी भन्छिन्–‘मेरो यहि कामबाट ६ जनाको परिवार पाल्नुपर्छ । दैनिक कमाई भनेको जम्मा १२ देखि १५ सय हुन्छ त्यसमा तेल मर्मत त छँदैछ । त्यस माथि जरिवाना तिर्न पर्दा त कस्तो गाह्रो हुन्छ भन्न पनि नसकिने मारमा परेका छौं ।’ सात लाखमा किनेको टेम्पुको महिनामा २२ हजार त किस्ता नै बुझाउनुपर्छ । यहाँ कति साथीहरूले किस्ता बुझाउन नसक्दा टेम्पु नै सोरुमले तानेको अवस्था छ ।

बुटवल १५ का किशोर खत्रीले व्यवसायबाट परिवार पाल्न गाह्रो भएपछि तीन वर्ष अगाडी टेम्पु किनेका हुन् । यसैबाट चार जनाको परिवार पाल्नु पर्ने बाध्यता छ उनलाई । निधक्कसँग काम गर्न पाए त ठिकै हुन्छ । उनी भन्छिन्, आफ्नो सम्पतीलाई पनि प्रयोग गर्न गाह्रो भयो । यहाँ त बुटवल उपमहानगर पािलकाले दोहोरो कर प्रणाली लागु गरेर हामीलाई मारमा पारेको छ । टेम्पु दर्ता गर्न स्थानिय हुनु पर्ने भनेको छ । यो व्यस्त शहरमा त जो पनि काम गर्न आउन पाउनु प¥यो नि होईन भने भाडामा बस्न पनि नदिन प¥यो । त्यो मात्र होईन सबै कागज भएकाहरूको दर्ता गरेर काम गरेर खाने वातावरण सृजना गर्न नसक्ने कस्तो सरकार हो ?

तिलोत्तमा नगरपालिकाको सीमा नगरका इन्द्रबहादुर थापा पेशाले डाईभर हुन लामो समय सम्म माईक्रो बस चलाएको अनुभव छउनीसँग । तर विगत एक वर्ष देखि उनी आफनै टेम्पु चलाउन शुरु गरेका हुन् । थापा भन्छन्, कति अरूको मात्रै काम गर्नु पैसा कमायो साहुलाई बुझायो गर्न भन्दा आफुसँग भएको सीपले आफनै काम गर्छु भनेर टेम्पु किनेको हु । तर चलाउने वातावरण नै छैन । लुकी लुकी चलाएर पनि खै कसरी हुन्छ र ।टेम्पु चलाएको एक वर्ष पुगेको छ दुई पटक सम्म जरिवाना तिरि सके गएको असार ३ गते तिलोत्तमाबाट योगीकुटी तर्फ आउदै थिए नगर प्रहरीले समातेर टेम्पु लियो पाँचहजार तिरेर ल्याए । त्यस पछि फेरी हाटबजार जादा समात्यो आँठ हजार तिरे यसरी त खै कति दिन चल्ला र । हामीले यातायात कार्यालयमा सबै प्रक्रिया मिलाएर चलाउन शुरु गरेपनि बुटवलउपमहानगर पालिकाले अन्याय गरेको छ । बुटवल ३ मा बस्ने प्रेम गुरुङ्ग लामो समय सम्म बिदेशमा काम गरेर फर्किका हुन् । आफनै देशमा परिवारसँगै बस्न मन लागे पनि परिवार पाल्न पेशा त गर्ने प¥यो भनेर टेम्पु चलाउन थालेको हो । तर यहाँ धेरै समस्या छ अरू देशमा कामगनेएलाई सम्मान गर्ने चलन हुन्छ यहाँ त गरिवलाई झनै गरिव कसरी बनाउन सकिन्छ भन्ने अवस्था छ । यहाँ बस्न भन्दा विदेशमा गएर काम गर्न सहज वातावरण छ गुरुङ्ग भन्छिन् ।

तिनाउ टेम्पु यातायात प्रालिका सदस्य बागबहादुर बुढाले दोहोरो कर प्रणाली अन्त्य हुनुपर्ने बताए । उनले अरू स्थानमा पनि टेम्पु निर्वाद रूपमा सञ्चालन रहेको भन्दै यहाँका टेम्पुहरू पनि रूपन्देही भरी सञ्चालनको वातावरण सृजना गर्न माग गरे । अर्को जिल्ला जादा पटके कर तिरेर जानु पाउनु पर्ने भन्दै उनले प्रालिमा अहिले जम्मा ५२ वटा टेम्पु रहेको जानकारी दिए । उनी भन्छन् शुरुमा १ सय ५० टेम्पु दर्ता भए पनि अहिले बुटवल उपमहानगर पािलको दोहोरो कर प्रणाली पछि धेरैले टेम्पु चालक व्यवसायबाट पलायन हुने गरेको बताएका छन् । उनले अहिले रहेका ५२ मध्ये १६ वटा मात्रै बुटवल उपमहानगरपालिकामा दर्ता भएर दोहोरो नम्बर र दोहोरो कर तिरेर चलेका छन् भने बाँकी सबैले लुकेर टेम्पु चलाउनु पर्ने अवस्था रहेका बताएका छन् ।

बुटवल उपमहानगरपालिका शाखा अधिकृत डोलराज पौडेलले स्थानिय तहले पाएको ऐन अनुसार नै उपमहानगरपालिका काम गरेको बताए । उनले उपमहानगरपालिका रुट इजाजत कर मात्र लिएको बताए । नगर भित्र चले पछि दस्तुर त तिर्नुपर्छ । हामीले अहिलेसम्म गरेर १७ वटा टेम्पुलाई रुट ईजातत प्रदान गरेका छौ । यहाँ दर्ताका लागि समय हुन्छ हामीले दुईपटकसम्म दर्ता समय खोलेका थियौ । त्यबेला हामीले टेम्पुको प्राविधिक जाँचपास पछि रुट ईजाजत दिएका हौ । बुटवल उपमाहनगर पािलकाको सुन्दरतालाई ख्याल गर्नुपर्छ जहाँ पायो त्यहि पार्किङ्ग गरेर समस्या उत्पन्न भएका छन् ।

त्यसै गरी हाम्रो सडकले कति थेग्छ भन्ने पनि हो । यहाँ पुर्व झापादेखि पश्चिमबाट व्यवसायका लागि आउनु हुन्छ उहाँहरू सबैलाई रुट दिन सकिदैन । बुटवल उपमहानगर पालिकाले १ सय १४ ईरिक्सा र ३० वटा टेम्पु सञ्चालन गर्न सक्ने क्षमता छ । त्यसैले त्यो भन्दा माथिलाई हामी रुट इजाजत दिन मिल्दैन अधिकृत पौडेल भन्छिन् । उनले रुट इजाजत नलिई नगर भित्र सञ्चालन भएका टेम्पुहरूलाई पहिलो पटक ५ हजार, दोस्रो पटक ८ हजार तेस्रो पटक १० हजार रुपियाँ जरिवाना तिनुपर्ने व्यवस्था गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?