ट्रेंडिंग:

>> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल

जंगली जनावरले समुदायमा त्रास, व्यवस्थापन गर्न चुनौती

१४ श्रावण २०८०, आईतवार
१४ श्रावण २०८०, आईतवार

दाङ, १४ साउन ।

गत फागुन २ गतेको राति देउखुरीमा बाघले १७ वटा बाख्रा एकै रातमा मारिदियो । लमही नगरपालिका १ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फर्ममा पसेर बाघले बाख्रा मारिदिएको फर्म सञ्चालक अधिकारीको भनाई छ ।

‘रातको समयमा बाघले बाख्रालाई आक्रमण गरेछ, पत्तै पाइएन, बिहान बाख्रालाई दाना, घाँस दिन गएको बेला मरेको देखेपछि बल्ल थाहा भयो’ उनले भने, ‘दुख गरेर पालेको बाख्रा बाघले रातभरमै स्वाहा बनाईदियो ।’ बाघ र चितुवाले बाख्रा मारिदिने, खाई दिने गर्न थालेपछि प्रभावित क्षेत्रका मानिस त्रसित बनेका छन् । दुख गरेर पालेका बाख्रामाथि बाघ र चितुवाले आक्रमण गरी क्षति पुर्याउन थालेपछि आफुहरु निकै समस्यामा परेको उनीहरुको दुखेसो छ ।

‘खोरमा पसेर बाख्रा खान थालेपछि त्रास पैदा गरेको छ, के थाहा मान्छेलाई पनि आक्रमण गर्यो भने त बर्बाद नै हुन्छ’, घोराही उपमहानगरपालिका –५ धर्नाकी सपना पछाईले भनिन् ‘जंगल छेवैमा घर छ, गाईबस्तु, बाख्रालाई घाँसपात अनि चराउन सजिलो हुन्छ भनेको त अहिले डर हुने भयो ।’ वनजंगलमा बस्ने बाँदर, बँदेल, दुम्सीलगायत वन्यजन्तुले पनि स्थानीयलाई उस्तै सास्ती दिने गरेका छन् । मेहनतका साथ फलाएका अन्नबाली भित्र्याउने बेलामा बाँदरले क्षति पुर्याएर यस प्रकारको हैरानी भोग्दै आएका छन् ।
बाली नष्ट गर्ने मात्रै नभइ वन्यजन्तुको आक्रमणका कारण मान्छेको मृत्युसमेत हुने गरेको छ । दाङमा जंगली जनावर भालुको आक्रमणबाट लमहीका एक जना घाईते भएका थिए ।

वन्यजन्तुको आक्रमणबाट हरेक वर्ष मानवीय क्षतिका घटना बढिरहेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७४–७५ मा वन्यजन्तुको आक्रमणबाट १७ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७५–७६ मा ३० जनाको मृत्यु भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७६–७७ मा ३३ र आर्थिक वर्ष २०७७–७८ मा ४० जनाको मृत्यु भएको थियो । यसैगरी आर्थिक वर्ष २०७८–०७९ मा ५३ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७९–८० मा यो संख्या १२ थियो । चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको सरकारी तथ्यांकले देखाउँछ ।

अध्ययनमा मुख्यगरी बाघ, हात्ती, गैंडा, भालु र चितुवासँग मान्छेको द्वन्द्व भएको पाइएको छ । अध्ययनअनुसार वन्यजन्तुले मानव बस्तीमा छिरेर आक्रमण गरेका घटना अपवादमा मात्र छन् । वन्यजन्तुको बासस्थानमा मानवीय गतिविधिकै कारण द्वन्द्व बढेको अध्ययनमा उल्लेख छ ।

वन्यजन्तुले आफ्नो भाले वा पोथीसँग समय बिताइरहेको बेला, आहार खाइरहेको बेला, बच्चासँग भएको बेला बाधा सिर्जना गरेमा अथवा जिस्काएमा आक्रमण गर्ने जोखिम बढी हुने वन्यजन्तु संरक्षणकर्मी चिरञ्जीवी खनाल बताउँछन् । ‘मानवीय गतिविधिका कारण जनावरमाथि असर पुगिरहेको छ । त्यहीकारण वन्यजन्तु र मानिसबीचको द्वन्द्व पनि बढिरहेको छ’, उनले भने, ‘कतिपय अवस्थामा आहाराको खोजीमा रहेका बेला ती जनावर मानव बस्तीसम्म आईपुग्छन्, अनि जोखिम बढ्छ ।’

संरक्षित क्षेत्रकै बीचबाट बनाइएका सडक मार्ग र बसाइएका मानव बस्ती वन्यजन्तुका लागि जोखिम भएका छन् । विकास निर्माणका काम वन्यजन्तु मैत्री नहुनु र मानवीय क्रियाकलापलाई एकीकृत रुपमा लैजान नसक्नुको परिणामस्वरुप वन्यजन्तु पनि मारिने क्रम बढेको उनको भनाई छ ।

दाङमा बाघले घरपालुवा जनावर मार्ने क्रम बढ्न थालेपछि दक्षिण चुरे क्षेत्रमा पाटे बाघको अध्ययन भएको छ । दाङ जिल्लामा पहिलो पटक स्वचालित क्यामेरा जडान गरेर पाटे बाघको अध्ययन गरिएको हो । सरकारी स्तरबाट पाटे बाघको अवस्था पत्ता लगाउन ठूलो लगानीमा अध्ययन भएको बताईएको छ । दाङ देउखुरीको दक्षिण चुरे क्षेत्रको जैविक मार्ग भएर बाघ ओहोरदोहोर गर्ने गरेको स्थानीय उपभोक्ताहरुले जानकारी दिए पनि यसको औपचारिक पुष्टि भने भएको छैन । त्यसैले बाघको अवस्था पत्ता लगाउन अध्ययन थालिएको हो ।

बाघको अवस्था, उसलाई चाहिने आहारा, बासस्थानलगायत अन्य बन्यजन्तुको समेत अवस्था पत्ता लगाउन राजपुर गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा पर्ने चुरे क्षेत्रमा स्वचालित क्यामरा जडान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?