ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना

‘गति घट्दा’ दुर्घटना घट्दै

११ श्रावण २०८०, बिहीबार
११ श्रावण २०८०, बिहीबार

बर्दघाट, ११ साउन ।  ‘तीब्र गति जीवनको क्षति’ ट्राफिक प्रहरीले यो नारालाई मूल मन्त्र नै बनाएको छ । कहिले काहीँ प्रहरीले समुदायस्तरमा जनचेतानमुलक गतिविधि समेत गर्ने गरेको छ ।
जिल्लामा ट्राफिक प्रहरीले उक्त नारालाई कार्यान्वयनको प्रयास गर्दा सकारात्मक परिणाम देखिएको छ । प्रहरीका अनुसार विगतका वर्षहरूको तुलना गर्दा नवलपरासीमा सवारी साधनका गति कम हुँदा दुर्घटना दरमा समेत कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय जिल्लाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत हाल बुटवल–नारायणगढ सडक निर्माण भैरहेको छ । जसको कारण तीब्र गतिमा कुनै पनि सवारी साधन हुईकिने गरेको पाइँदैन । केही स्थानमा सडक निर्माण पुरा भएपनि पूर्ण रूपमा सञ्चालनमा आएका छैनन् । जसको कारण सवारी साधन कम गतिमा चल्दा दुर्घटनामा समेत कमी आएको प्रहरीको दाबी छ ।

बिगतका वर्षको तुलनामा यस आर्थिक वर्षमा पश्चिम नवलपरासीमा सडक दुर्घटनामा कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा कुल ७४ वटा सवारी दुर्घटनामा भएका छन् । ७४ सवारी दुर्घटना हुँदा ८१ जना घाइते र ४० जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा कुल १ सय ८७ सवारी दुर्घटना हुँदा ८१ जना घाइते र ३४ जनाको मृत्यु भएको तथ्यांक जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीको रहेको छ ।

पछिल्लो ३ वर्षको तथ्यांक केलाउँदा सबैभन्दा धेरै सवारी दुर्घटना आर्थिक वर्ष २०७७/०७८ मा भएको छ । सो वर्ष दुर्घटना भएका सवारी संख्या, घाइते संख्या र मृतकको संख्या पनि अत्याधिक रहेको छ । कुल १ सय ९४ सवारी दुर्घटना हुँदा ५१ जनाले ज्यान गुमाएका छन भने २ सय ८६ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासी प्रमुख ट्राफिक प्रहरी निरिक्षक प्रसिद्धिका कँडेलले जानकारी दिइन् ।
गत आर्थिक बर्षको तुलनामा रूपमा थोरै सवारी दुर्घटना हुनुमा पूर्व पश्चिम राजमार्ग निर्माणको चरणमा रहेको कँडेलको भनाइ छ । उनी भन्छिन्–‘सवारी दुर्घटनाको प्रमुख कारण अत्याधिक गति हो, अहिले पूर्व पश्चिम राजमार्ग निर्माणको चरणमा छ, सवारीहरू अत्याधिक गतिमा कुँदाउने अवस्था छैन त्यसैकारण पनि दुर्घटनामा केही कमी आएको छ ।” जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुर्घटना न्यूनीकरणको लागि विभिन्न कार्यक्रमहरू समेत गर्दै आएको छ ।
सवारी चालकलाई सचेत गराउने, विभिन्न संघसंस्था र शैक्षिक संस्थाहरूसँगको समन्वयमा ट्राफिक नियम सम्बन्धी सचेतनाका कार्यक्रमहरू संचालन गरेर दुर्घटना न्यूनीकरण गर्ने प्रयास गरिएको कँडेलले बताइन । आ.व २०७८/०७९ मा विभिन्न संघसंस्थाहरूको पहलमा ५ सय ७८ वटा सचेतनाका कार्यक्रमहरू संचालन गरि करिव २८ हजार जना र आ.व २०७९/०८० मा ७ सय २८ वटा सचेतनाका कार्यक्रमहरू संचालन गरी करिव २२ हजार ५ सय जना लाभान्वित भएको प्रहरी निरिक्षक कँडेलले जानकारी दिइन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीमा हाल प्रहरी निरिक्षकको नेतृत्वमा ४४ जना मात्र ट्राफिक प्रहरीहरू कार्यरत रहँदा ट्राफिक ब्यवस्थापन र दुर्घटना न्युनिकरणका कार्य गर्न कठिन भएको कँडेलको भनाइ छ । जिल्लाका दाउन्ने सडक खण्डको एस मोड, भैरहवा परासी सडक खण्डको मञ्जरीया र हकुइ एवं सुनवल खैरेनी सडक खण्ड अन्तर्गतको कोइला पहाड क्षेत्रलाई ब्लाक स्पट (सबैभन्दा बढि दुर्घटना क्षेत्र) को रूपमा लिइएको उनको भनाइ थियो ।

अहिले जिल्लाभर जिल्ला ट्राफिक प्रहरी कार्यालय सहित ६ वटा अस्थायी ट्राफिक पोष्टहरू रहेका छन । जिल्लाको सुनवल, बर्दघाट, परासी, बेलाटारी, महेशपुर र सेमरीमा अस्थायी ट्राफिक पोष्टहरू रहेका छन । सवारी दुर्घटना यान्त्रीक समस्या, सडकको दुरावस्था र मानविय लापरवाहीका कारण हुने गरेको र जसमा सबैभन्दा बढि दुर्घटना चालकको लापरवाहिको कारण हुने गरेको ट्राफिक प्रहरी प्रमुख कँडेलको भनाइ छ । राजमार्गमा गुडने सवारी साधनले ट्राफिक नियमको पालना नगर्दा सबैभन्दा बढि दुर्घटना हुने गरेका छन । दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरी, सरोकारवालाहरू र साइकल यात्री एवं पैदल यात्री समेत सचेत हुनुपर्छ ।

जरीवाना बढदो
ट्राफिक नियम उल्लघन गरी जरिवाना तिर्ने सवारीको संख्या पछिल्लो तिन आर्थिक वर्षमा बढदो क्रममा रहेको छ । आ.व. ०७७/०७८ मा कुल १९ हजार ९ सय ३६ सवारी कारवाहीमा परेका छन । कारवाही गरिएको सवारीबाट १ करोड १९ लाख ४७ हजार ५ सय राजश्व संकलन भएको थियो । यस्तै आ.व. ०७८/०७९ मा २४ हजार ९ सय ९३ सवारी कारवाहीमा परेका थिए भने १ करोड ४४ लाख ८७ हजार ५ सय राजश्व सँकलन भएको थियो । कारवाहीमा पर्ने सवारीको सँख्या आ.व. ०७९/०८० मा बढेर २७ हजार ६ सय ८४ पुगेको थियो । कारवाहीमा परेका सवारीबाट १ करोड ६८ लाख ८२ हजार ५ सय राजश्व संकलन भएको थियो । कारवाहीमा परेका सवारी सँख्याले पनि जिल्लामा सवारी नियम उल्लँघन गर्नेको सँख्या बढदै गएको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?