© २०२३
बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरमा तिनाउको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार मृत्यु हुनेमा गणेश थापा ३२, शिव थापा ३५ रहेका छन् ।
बुधबार साँझ माथि ढिस्कोमा आगो तापिरहेको अवस्थामा ढिस्को नै खसेपछि उनीहरु पुरिएको भन्ने खबर पाएपछि प्रहरी उद्दारका लागि पुगेको थियो । तल तटबन्द बनाउनका लागि खनेको अवस्थामा माथिको ढिस्को खसेको बताइएको छ ।
ढिस्कोमा पुरिएको अवस्थामा ५ जनालाई उद्धारगरि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र उनीहरुको अवस्थावारे जानकारी नभएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक पंकज चुदालीले जानकारी दिए ।
अझै पनि केही मान्छे पुरिएको आंशकामा जेसिबी प्रयोग गरि खोजि गरिएको प्रहरीले बताएको छ । ढिस्को खसेको ठाउँमा पानी भएका कारण उद्दारका लागि कठिनाइ भएको छ ।