ट्रेंडिंग:

>> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास >> पाकिस्तानमा सुन्नी र सियाबिचको झडप, १३० बढीको मृत्यु >> सुनको मूल्य १ हजारले बृद्दी >> रास्वपा सभापति लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी >> होटल पौवा र एति एअरबीच सम्झौता >> १५औँ कपिलवस्तु महोत्सवको तयारी पुरा >> किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा बिस्तार >> बन्द बाकसमा नेपालीको शव कहिलेसम्म ? >> रवि लामिछानेलाई पठाइयो पोखरा >> दीगोपन हुने परियोजनामा काम गरौं — नगरप्रमुख पाण्डेय >> प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने >> जनतालाई गुमराहमा नराखियोस् >> जहाँ भयो ‘निजी क्याम्पस मर्ज’ >> सिमेन्ट उद्योग नै वन अतिक्रमणमाः सरकार नै नदेखे झैं गर्छ >> घरघरमा खानेपानी पुगेपछि स्थानीय खुसी >> ‘राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’ >> गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा मगर विजयी >> कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी >> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा

कालिजपालन : व्यवसाय बढ्दै, बजारको छैन भर

नवलपुुरमा कालिजपालन ब्यवसाय फस्टाउन थालेपछि यसतर्फ यहाँका युुवादेखि हरेक वर्गका मानिसहरु लभान्वित हुँदै गएका छन् । कालिजको बजारीकरण हुुन सके मात्र पनि यसतर्फ आकर्षण थप बढ्ने व्यवसायीहरु बताउँछन् । बजारीकरणको समस्या हल गर्न सकियो भने मात्र पनि नवलपुरमा कालिजपालन ब्यवसाय फस्टाउन सक्ने ब्यवसायमा लाग्नेहरु बताउँछन् ।
१० श्रावण २०८०, बुधबार
१० श्रावण २०८०, बुधबार

नवलपुर, १० साउन ।

नवलपरासी पुर्व कावासोतीका नन्दलाल लामिछानेले व्यावसायिक रुपमा कालिज पार्न थालेको १० वर्ष भयो । १० कट्ठा जग्गा भाडामा लिएर कालिज पाल्न थालेका उनको फार्ममा अहिले पनि पाँचसय भन्दा बढी कालिज छन् । तर बजारीकरणको समस्याले आगामी वर्ष १० हजार कालिज पार्ने लक्ष्य राखेका लामिछाने चिन्तित छन् । “कालिज पालनबाट आम्दानी राम्रो हुन्छ, तर बजारीकरणको समस्याले चिन्ता थपिएको छ”–लामिछाने भन्छन् ।

लामिछानेले यसको बजारीकरणका लागि सरकारले नै आवश्यक ब्यवस्था मिलाउनुपर्ने बताउँछन् । यो कालिज हल्याण्डबाट नेपाल भित्रिएकाले यसको सुरुमा राम्रो बिक्री हुने गरेको भए पनि अहिले भने बजारीकरण नै मूल समस्या रहेको लामिछानेले बताए ।

कालिज पालन ब्यवसाय राम्रो रहेको र अहिले प्रति गोटा रु दुई हजार देखि तीन हजार सम्म बिक्री हुने गरेको छ । स्थानीय तहले समेत कालिजको बिक्री वितरणमा चासो दिएर सहज बिक्रीको वातावरण तयार गर्ने हो भने यसतर्फ आकर्षण बढ्ने र युवाहरुले राम्रोसंग बुझेर मात्र ब्यवसाय सुरु गर्नु पर्ने लामिछाने बताउँछन् ।

कालिज स्वास्थ्यका लागि समेत सबै भन्दा राम्रो र सफा चराका रुपमा लिईने मात्र होईन यसको मासु समेत अन्यको भन्दा मिठो हुने भएकाले यो धनी वर्गहरुले मात्र प्रयोग गर्ने गर्छन् भन्ने सोच रहेकाले पनि यसको समयमै बजारीकरण गरेर सर्वशुलभ तरिकाले बिक्री वितरणको ब्यवस्था भयो भने मात्रै पनि कालिजपालन ब्यवसायतर्फ आकर्षण बढ्न सक्ने ब्यवसायी लामिछानेको भनाई छ ।

नवलपरासी पुर्वमा अहिले ब्यावसायिक रुपमा कालिज पालन ब्यवसाय गर्नेहरु बढिरहेका छन् । कालिजपालन ब्यवसायतर्फ युवाहरु सकृय रुपमा लागेका छन् । युुवाहरु विशेष गरेर कालिजपालन ब्यवसायमा सकृय रहे पनि यसको बजार नभएका कारण भने चिन्तित देखिएको युवा ब्यवसायी राम थापा बताउँछन् ।

कालिजपालन ब्यवसाय वैधानिक पनि भएकाले बजारमा यसको माग राम्रो भएको भए पनि बजारीकरणमा समस्या रहेको भन्दै यसको ब्यवसाय गर्नेहरु निराश भएका छन् । “बजारीकरणको समस्या हट्ने हो भने यसतर्फ अझै आकर्षण बढ्ने थियो”–ब्यवसायी टिएन थापा भन्छन् ।

नवलपुुरमा कालिजपालन ब्यवसाय फस्टाउन थालेपछि यसतर्फ यहाँका युुवादेखि हरेक वर्गका मानिसहरु लभान्वित हुँदै गएका छन् । कालिजको बजारीकरण हुुन सके मात्र पनि यसतर्फ आकर्षण थप बढ्ने व्यवसायीहरु बताउँछन् । बजारीकरणको समस्या हल गर्न सकियो भने मात्र पनि नवलपुरमा कालिजपालन ब्यवसाय फस्टाउन सक्ने ब्यवसायमा लाग्नेहरु बताउँछन् ।

बजारीकरणका लागि अहिले जिल्लामा भन्दा जिल्ला बाहिर बढी बिक्री हुने गरेको ब्यबसायीहरुको भनाई छ । नवलपुरको कालिजपालन ब्यवसायलाई स्थानीय पालिकालगायत कसैले पनि सहयोग गरेका छैनन् । जसका कारण ब्यवसायीलाई अप्ठ्यारो पर्दा समेत कसैको सहयोग नपाएको ब्यसायी रामप्रसाद थनेतको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?