ट्रेंडिंग:

>> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ?

किसानको सिंचाई सपना अधुरै

१० श्रावण २०८०, बुधबार
१० श्रावण २०८०, बुधबार

लमही, १० साउन ।  खेतबारी बाँझै छन् । वर्षातमा मुस्किलले आकाशे पानीको भरमा खेती हुन्छ । हिउँदमा त पूरै सुख्खा । यस्तो समस्याबाट पार लगाउन देउखुरीको दक्षिण भेगमा बड्कापथ सिंचाई आयोजना लागू गरियो । दश वर्षअघि चार हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने उद्देश्यले शुरु भएको आयोजना अहिलेसम्म पनि अधुरै छ ।पानी सञ्चालन नहुँदै मुख्य बाँध नै पुरानो हुने अवस्थामा पुगेको छ ।

साविकको गोबरडिहा, गंगापरस्पुर र गढवा गाविसका सात हजार घरधुरीको चार हजार हेक्टर जमिन सिंचित गर्ने लक्ष्य थियो तर अहिले आयोजना निर्माणको काम निकै सुस्त गतिमा छ । जसले गर्दा किसानको राप्ती नदीको पानीबाट धान, गहुँ, मकै, तरकारी, फलफूल खेतीमा सिंचाई गर्ने सपना अधुरै छ । ‘हाम्रो पुस्ताले राप्ती नदीको पानीले सिंचाई गर्ने सपना देखेको छ तर अहिले भइरहेको कामको गतिले राप्तीको पानीले सिंचाई गर्ने सपना पूरा नहुने देख्छु’– गढवा गाउँपालिका–१ का किसान नवराज शर्माले भने – ‘अहिले कामको गति सुस्त छ । मूल नहरको काम नै अधुरो छ । वडहरासम्म मूल नहर बनाउने काम बल्ल शुरु छ तर रुख कटान नहँुदा कामले गति पाएन ।’

इन्टेकदेखि मानपुर खोलासम्म ३० किलोमिटर लामो मूल नहर बन्नुपर्ने हो तर अहिले मूल नहरको काम ७.३०० किलोमिटर मात्रै सम्पन्न भएको छ । दश वर्षको प्रगति सन्तोषजनक छैन । ‘आयोजना त शुरु भयो तर यसलाई पूरा गर्न सरकारले प्राथमिकतामा राखेन ।
बजेट अभावदेखि अन्य प्रक्रियागत काममा ढिलाइ हुँदा आयोजना अधुरै छ’– बड्कापथ सिंचाई आयोजना मूल जल उपभोक्ता समन्वय समितिका अध्यक्ष रघुनन्दन चौधरीले भन्छन्–‘हामी किसान सिंचाईको लागि पानी पर्खिएर बस्नुपरेको छ । सरकारले आयोजनालाई गति दिन पर्याप्त बजेट र रुख कटानको अनुमति दिएको छैन ।’

सिंचाई आयोजनाअन्तर्गत १३ वटा शाखा नहर र ५३ वटा प्रशाखा नहर बनाउनुपर्नेछ । यस आर्थिक वर्षमा १४.४५० किलोमिटरसम्म काम गर्न २०७९ मा दुईवटा ठेक्का लागेको छ तर निर्माण कम्पनीले कामलाई गति दिन सकेका छैनन् चौधरीले भने । एउटा निर्माण कम्पनी काम गर्ने स्थलमा छैन भने एउटा कम्पनीले मात्रै काम गरिरहेको छ । कनकाई कर्ण जेभीले निर्माणको काम जारी राखेको भए पनि नहर क्षेत्रमा पर्ने रुखहरू नहटाउँदा फूलफेजमा काम गर्न नसकेको कम्पनीका प्रतिनिधी खेमबहादुर कार्कीले बताए । ‘हामी काम गर्न फिल्डमा छौं । हामी पूर्णरूपमा काम गर्न चाहेका छौं तर यहाँ पूर्णरूपमा काम शुरु गर्न पाएनौं’– उनले भने – ‘आयोजनाले साइड क्लियर गरेर दिन सकेन । जग्गा विवाद, वन क्षेत्रका रुखहरू नहटाउँदा समस्या भयो । खुम्चिएर काम गर्दा कहाँ गति दिन सकिन्छ ।’

बड्कापथ कुलो सिंचाई आयोजनाको काम सम्पन्न गर्न तीन अर्ब ५८ करोड ४४ लाख ५६ हजार लाग्ने गुरुयोजना बनेको थियो । जसअनुसार अहिलेसम्म एक अर्ब ५८ करोड २५ लाख ७१ हजार खर्च भएको बड्कापथ कुलो सिंचाई आयोजना कार्यालय लमहीले जनाएको छ ।
आयोजना शुरु हुनुभन्दाअघि तयार पारिएको गुरुयोजना हो । अहिले आयोजनाको लागत बढ्ने देखिन्छ । यो दश वर्षको अवधिमा ७.३०० किलोमिटरसम्म मूल नहर निर्माण, भालुबाङ बजार क्षेत्र सुरक्षित गर्न १.२ किलोमिटर तटबन्ध, इन्टेक संरक्षण गर्न २०० मिटर तटबन्ध, मलमला गाउँ संरक्षण गर्न १.५ किलोमिटर तटबन्ध, वनघुस्री गाउँ संरक्षण गर्न १.६ किलोमिटर तटबन्ध, पर्शमपुरे खोला संरक्षण गरिएको छ । सिंचाई क्षेत्र बचावट कार्यक्रम समेत चलाइएको छ । जसबाट परम्परागत कुलाहरू खैरेनी, दंगाली छाप कुलो मर्मत गरिएको आयोजना कार्यालयले जनाएको छ ।

तर अहिले आयोजनाले बजेट समस्या भोगेको छ भने पुरक इआइए वन मन्त्रालयबाट स्वीकृत भएको छैन । जसले गर्दा आयोजनाभित्र पर्ने तीन हजार आठ सयरुख हटाउन सकिएको छैन । रुख नहट्दा मूल नहरको समेत काम अघि बढाउन नसकिएको बड्कापथ सिंचाई आयोजनाका प्रमुख इञ्जिनियर सुदिन मोक्तानले जानकारी दिए । ‘रुखहरू कटान गर्न बाँकी छ । जग्गा विवाद पनि समाधान गर्दै जानुपर्ने छ’– उनले भने । हाम्रो तर्फबाट काम गरिरहेका छौं । आयोजनालाई गति दिनेगरी नीतिगत समस्याहरूलाई फुकाउँदै अघि बढ्नुपर्ने जिम्मेवारी छ । यस्तै आयोजना कार्यालयका इञ्जिनियर रामपुकार शाहले आयोजनाको पानीले सिंचाई सुविधा पुर्याउने गरी काम भइरहेको जानकारी दिए ।

‘मलमला र वनघुस्रीमा व्यक्तिको जग्गा परेको हुनाले विवाद थियो । अब समस्या समाधान गरेर अहिले ६०/७० बिगाह जग्गालाई पानी दिन सकिन्छ तर आयोजनाको काम ढिलो हुनुको मुख्य कारण बजेटको कमी, नहरको रेखांकनमा व्यक्तिका जग्गा पर्दाखेरी छलफल गरेर टुंग्याउँदा समय लाग्यो उनले भने । आर्थिक वर्ष २०७९ भएको ठेक्कामा वनको समस्या हो ।’ रुख कटानको लागि जिल्लातहबाट पठाउनुपर्ने सबै सिफारिस गरिएको तर अहिले वन मन्त्रालयमा रहेको फाइल सिंचाई मन्त्रालयमा पुगेको छ । मन्त्रिपरिषद्ले यसको टुंगो लगाउन बाँकी छ । गत आर्थिक वर्ष २०७८/०७९ मा बड्कापथ सिंचाई आयोजनाको लागि २२ करोड ४३ लाख बजेट थियो । जसमध्ये २० करोड २३ लाख ३१ हजार खर्च भयो । चालु आर्थिक वर्षमा ३० करोड बजेट छ तर यसपालि बजेट खर्च सोचेअनुसार नहुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission