© २०२३
रुपन्देहीको तिलोत्तमा शान्ति नमुना माध्यमिक विद्यालय २००३ सालमा स्थापना भएको विद्यालय हो । सामुदायिक विद्यालयको क्षेत्रमा शान्ति नमूनाको राष्ट्रिय रुपमै चिनारी बनिसकेको छ । विद्यालयमा बाल कक्षादेखि कक्षा १२ सम्म पठनपाठन हुने गरेको छ । विद्यालयले प्राविधिक शिक्षा अन्तर्गत मेकानिकल विषयको पनि अध्ययन गराइरहेको छ ।
विद्यालयमा २०४५ सालदेखि दृष्टि विहीन विद्यार्थीहरुले आवासिय रुपमा यो विद्यालयमा अध्ययन गरिरहेका छन् । विद्यालयमा अहिले करिब ४ हजार ३ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् । विद्यालयको प्रधानाध्यापकको रुपमा कुल प्रसाद लामिछानेले २०७२ सालदेखि नेतृत्व गरिरहेका छन् । उनी २०४६ सालबाट शिक्षण पेशामा प्रवेश गरेका थिए । प्रस्तुत छ, विद्यालयका शैक्षिक कार्यक्रम, योजनामा केन्द्रित रहेर विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेसँग गरिएको कुराकानीको सारसंक्षेप ।
तपाईको विद्यालयलाई कसरी चिनाउनु हुन्छ ?
हाम्रो विद्यालय सामुदायिक विद्यालय हो । यसमा सबैको पहुँच छ । सबैका लागि शिक्षा अभियानलाई सार्थक तुल्याउने माध्यम हो, हाम्रो विद्यालय । हामीले शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्यमा गुणस्तरिय शिक्षा प्रदान गर्ने लक्ष्य र उद्देश्य बोकेका छांै । हामीले पछिल्लो समयको आवश्यकतालाई बुझेर अध्ययन गराईरहेका छौं । अनुशासित, योग्य र राष्ट्रका लागि चाहिने विद्यार्थी उत्पादन गर्ने विद्यालयको रुपमा हाम्रो विद्यालयलाई चिनाउन चाहन्छु ।
तपाई यो विद्यालयमा आउनु अधि र पछिको अवस्थालाई कसरी तुलना गर्नु हुन्छ ?
पहिले पनि यस क्षेत्रमा हाम्रो विद्यालयको अवस्था राम्रो थियो । विद्यार्थी संख्या पनि त्यति नराम्रो भन्न मिल्दैन । पहिले पनि विद्यार्थीको शैक्षिक नतिजा पनि राम्रो नै थियो । स्थापनपछि विद्यालयले कुनै पनि कुरामा पछि फर्कन नपरेको ईतिहास छ । हामीले समयको माग र अभिभावकको रुचि अनुसार अंग्रेजी माध्यम प्रतिको मोहलाई बुझेर अंग्रेजी माध्यममा अध्ययन शुरु गरे पछि अझै विद्यार्थी र अभिभावकको रोजाईमा हाम्रो विद्यालय पर्न थालेको हो । त्यसपछि हाम्रो विद्यालय प्रति आकर्षण बढेको हो । पहिले आकर्षण थिएन अहिले आकर्षण यत्ति फरक हो ।
विद्यालयको राम्रा पक्षको विकास कसरी गर्नुभयो ?
विद्यालयका दुई÷तीनवटा कुरा महŒवपुर्ण हुन्छन् । पहिलो कुरा टीम मिलेर लक्ष्यलाई साझा बनाउनु पर्छ । व्यवस्थापन समिति, शिक्षक र अभिभावकको साझा उद्देश्य विद्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ ? भन्ने विषय बन्यो भने विकास गर्न समय लाग्दैन । त्यसका साथै सबै कामहरु पारदर्शी वातावरणमा हरेक निर्णयहरु हुँदै गएपछि विद्यालयले विकासले शैक्षिक फड्को मार्न थाल्यो । हामीले यहाँका हरेक कामलाई बाँडफाँडका आधारमा गर्ने गरेका छांै । यो काममा हामीलाई अभिभावकले पुरै साथ दिएका छन् । घरमा बच्चा कसरी पढिरहेको छ, कुन विषयमा कमजोर छ ? त्यसलाई अभिभावकले घरमा गाईड गर्दा हामीलाई लक्ष्यमा पुग्न सहज भएको छ । यसरी काम गर्दे जाँदा सबैको साथ र सहयोगले आज विद्यालय यो स्थानमा पुगेको छ ।
विद्यालयको तहगत सिकाई उपलब्धीको समीक्षा गर्दा कुन विषयको समीक्षा गर्दा कुन विषय राम्रो र कुन विषय कमजोर देखिएको छ ?
सिकाई उपलब्धिलाई एकनास बनाउन हामी शिक्षकहरु लागि परेका छौं । त्यसका लागि अभिभावकलाई पनि हामीले सचेत गराएका छौं । उनीहरुको बच्चा कुन विषयमा कमजोर छ ? भन्ने जानकारी दिएर घरमा पनि अध्ययन गर्ने वातावरण मिलाएका छांै । त्यति हँुदाहँुदै पनि हामीले चाहे जस्तो हुन सकेको छैन । नेपालको पाठ्यक्रमका हिसाबले हेर्ने हो भने धेरै विद्यार्थी विज्ञान र गणित विषयमा कमजोर देखिन्छन् । त्यसका साथै अर्को समस्या नेपाली माध्यमका विद्यार्थी अंग्रेजी विषयमा कमजोर र अंग्रेजी माध्यमका विद्यार्थी नेपाली विषयमा कमजोर देखिएको अवस्था छ ।
विद्यालयमा तपाईंले चाहेको तर गर्न नसकेका कामहरु के के छन् ?
पहिलो कुरा विद्यालयमा चाहेर गर्न नसकेको काम भौतिक संरचनाको काम अधुरो छ । शिक्षक कर्मचारीको व्यवस्थापन सरकारले गर्न सकेको छैन । हामीले प्राविधिक विषयमा यो वर्ष होटल म्यानेजमेन्ट र अर्को वर्ष कृषि विषयलाई अध्ययन गराउने सोंच थियो । यो कुरा सरकारबाट स्वीकृत नहुँदा पुरा हुन सकेन । यसका लागि तीन तहका सरकारले ध्यान दिने हो भने हामीले नाम जस्तै नमुना विद्यालयका रुपमा विकास गर्न सक्छौं ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
यो विद्यालय यस क्षेत्रको गौरव हो । यसलाई सुन्दर बनाउन सबैको साथ र सहयोगका साथै सुझावको खाँचो रहन्छ । हामीले यो विद्यालयलाई राष्ट्रिय रुपमा नै परिचित बनाउने हिसाबले काम गरिरहेका छांै । यहाँसम्म विद्यालयलाई ल्याउन सहयोग गर्ने सहयोगीहरु प्रति विद्यालय परिवारका तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु ।