© २०२३
पाल्पा, ९ साउन। निस्दी गाउँपालिकाको ढुंगाना वेसीकी देव कुमारी सुनारीलाई गाउँपालिका केन्द्रसम्म पुगेर बेलुका घर फर्किदा महाभारतको युद्धमा विजय भए जस्तै महसुस हुन्छ । उमेरले झण्डै आठ दशक पुरा गर्न लागेका मित्यालका पुर्व जन प्रतिनिधी डिलबहादुर रासलाई पनि वर्षायाम सुरु भएसगंै गाउँपालिकाको केन्द्र रोक्से भ्याज्याड्ड निकै कठिन हुने बताउँछन् ।
गाउँपालिका केन्द्रसम्म पुग्ने पहुच मार्गमा कालो पत्रे नभएका कारण सामान्य रुपमा पानी पर्दासम्म सडक हिलाम्ये हुदा पालिकासम्म पुग्न कठिन हुने गरेको छ । सुनारी र रास जस्ता स्थानियलाई वर्षायाम सुरु भएसंगै सडकमा सास्ती खेप्न वाध्य छन । पाल्पा जिल्लाको सबै भन्दा विकट मानिएको निस्दी गाउँ पालिकाको केन्द्रमा मात्र होइन । गाउँपालिका भित्रका सडकहरुमा समेत वर्षायाम सुरु भएसँगै आवत जावत ठप्प हुने गर्दछ ।
नेपाल सरकारले सिंहदरवार गाउँ बस्तीसम्म पुगे भनेर उदघोष गरे पनि निस्दीका जनताले वर्षायाम सुरु भएसंगै दु.खकष्टको सामना गर्नुपर्ने बाध्यता वषौदेखि हटन सकेको छैन् । गाउँमै सिंहदरवार आएको भनिएपनि जनताको जिवन स्तरमा कहिल्यै परिवर्तन हुन नसकेको स्थानियहरुको बुझाई रहेको छ । जव वर्षादको समय आउँछ, यहाँका जनताका कष्टका दिनहरु सुरु हुने स्थानिय पुर्ण बहादुर सोती भन्छन ।
सडक यातायातको भरपर्दो व्यवस्था नभएका कारण खाद्यान्नदेखि नुनसम्मको समस्या झेल्नु पर्दछ । सडक संजालले गाउँ बस्तीलाई त जोडी दियो तर सामान्य पानी पर्न सुरु भए पछि सडक हिल्यामे हुने त्यसैगरी पहिरोका कारण सडक ठप्प हुने गर्दछ । कृषकद्धारा उत्पादित मौसमी तथा बेमौसमी तरकारी बजारसम्म पुर्याउन नै कठिन हुन्छ । कृषि उपज बिक्री गरेर खाद्यान्न, नुन लता, कपडा ल्याउने हो तर उत्पादित बस्तु बजारसम्म पुर्याउनै नपाएपछि थप जटिल बन्ने हो । बारीमा उत्पादित, टमाटर, लहरे तरकारी पाल्नु पर्ने अवस्था आएको सलहकोटकी कृषक मुना राना बताउँछिन ।
विगतमा संघिय सरकारले गाउपालिकासम्म पंहुच मार्ग कालोपत्रे गर्ने घोषणा गर्यो । त्यसका लागि पनि आवस्यक पुर्वाधारहरु पनि तयार भए । अन्तिम समयमा आएर बजेट रोकिदा अस्तव्यस्त भएको स्थानिय सरकारका प्रतिनिधी सन्तविर सुनारी बताउँछन । आर्यभ्याड्ड रामपुर सडक खण्डको बेलडाडादेखि गाउँपालिका केन्द्रको दुरी १४ किलो मिटर पर्दछ । यतिका लामो खण्डमा कालोपत्रे गर्न स्थानिय सरकारको श्रोत र साधनले नभ्याउदा, प्रदेश तथा संघीय सरकारले हात झिकेपछि अलपत्र अवस्थामा रहदा वर्षा याम सुरु हुदासंगै सवारी साधनहरु ठप्प हुने गरेको स्थानिय सरकारका प्रमुख मुक्त बहादुर सारु बताउँछन ।
पुर्वखोला गाउपालिकाको १६ किलो मिटर अन्तिम अवस्थामा कालोपत्रे हुन नसक्दा अलपत्र अवस्थामा रहेको छ । गत आर्थिक वर्षमा सडक चौडा गर्ने नाली निर्माण कार्य सम्पन्न भयो । कालो पत्रे गर्न बजेटको समस्याका कारण रोकिएको सडक पुर्वाधार कार्यालयका प्रमुख अरुण गुप्ता बताउँछन । सरकारले बजेट व्यवस्था नगरी हचुवाका भरमा घोषणा गर्दा यस्तो समस्या भयो वर्षायाममा पहिला पहिला एम्बुलेन्स रोकिदैन थियो । पछिल्लो समयमा ठुला ठुला मेसिनको प्रयोग गरी सडक चौडा गर्ने क्रम बढेसंगै पहिरोको जोखिम पनि बढ्यो । पहिराको कारण एम्बुलेन्स समेत आउदैन । संबेदनशिल रोग लागे उपचार गर्न नपाएर मृत्युको मुखमा पुग्नु बाहेक अन्य विकल्प नै नभएको स्थानिय रोम बहादुर घर्ति मगर बताउँछन ।
जिल्लाका दस वटा स्थानिय तह मध्य निस्दी, पुर्वखोला, माथागढी, रभ्भा, तिनाउ गाउँपालिकाका केन्द्रसम्म कालो पत्रे हुन सकेको छैनन । आम्दानीको बलियो श्रोत भएको निस्दी गाउँपालिकाले आफनै श्रोत परिचालन गरेर ओटासिल गर्न सक्ने क्षमता भए पनि त्यस तर्फ स्थानिय सरकारको ध्यान नपुगेको स्थानियहरुको भनाई रहेको छ ।
माथागढी गाउँपालिका केन्द्र झडेवासम्म देवी नगरबाट ६ किलो मिटर सडक वर्षायाममा हिलाम्ये हुन्छ । सडक चौडा गरेर चार वर्ष देखि बेबारिसे अवस्थामा छाडिदा स्थानियहरुले सास्ती नै खोप्न परेको स्थानियहरुको गुनासो रहेको छ । सिद्धार्थ राजमार्ग देखि तिनाउँ गाउपालिकाको केन्द्र १ किलो मिटर, रभ्भा गाउँपालिकाको केन्द्र ८ किलो मिटर दुरीमा पर्दछ । कालो पत्रे गर्ने समयमा संघ, प्रदेश सरकारले बजेट विनियोजन नगरी दिनु, स्थानिय सरकारले समपुरक कोषमा राख्दा संघ, प्रदेश बाट प्राथमिकतामा नपर्दा कालोपत्रे हुन नसकेको स्थानिय सरकारका प्रमुखहरुको बताउछन ।