© २०२३
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोभिड ईमेरजेन्सी सेवा शुरु भएको छ । अस्पतालले ४ सेवाहरुसँगै उक्त सेवा शुरु गरेको हो । लुम्बिनी प्रदेशका स्वस्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री ईन्द्रजित थारुले अस्पतालमा १० बेड डायलासिस, ट्रमा वार्ड शुभारम्भ, भिसिटिङ पास, कोभिड ईमेरजेन्सी सेवा शुभारम्भ गरेका छन ।
यसअघि अस्पतालमा रहेको ६ बेडको डायलासिस सेवालाई बिस्तार गरिएको हो। रेड्रोपोजिटिभ र हेपाटाइटिस बि तथा सि का बिरामीहरुलाई लक्षित गरि दुई बेड डायलासिस सेवा समेत दिइने बताए ।
अस्पतालका मेसु डा ईन्द्र ढकालले उपचारको दायरा बढाउने उनले बताए। बिरामीहरुमा थप सहजता मिल्ने उनले बताए । छोटोसमयमा धेरै कामहरु अघि बढाईएको भन्दै यसलाई निरन्तरता दिन सबैको साथ जरुरी रहेको बताए। अस्पतालमा नियुक्ति भएर ८० दिनमा गरेको कामलाई सार्वजनिक गर्दै मेसु ढकालले ट्रमा वार्डमा अर्थोपेडिक चिकित्सक २४ घण्टा खटिने छन । कोभिड ईमेरजेन्सी सेवा समेत एउटै बिल्डङमा शुरु गरिएको उनले बताए। जहाँ आईसियु २०, जनरल र ईमेरजेन्सी २७ रहेका छन ।
यसअघि पनि आधा दर्जन बढि सेवा शुरु गरेको अस्पतालले फेरि नया सेवा बिस्तार गरेको हो । अक्सिजन प्लान्ट २ वटा शुरु भएको थप जडानको प्रक्रियामा रहेको छ। यसैगरि १० बेडको पेईन्ग वार्ड बिस्तार गरि २२ बढाउने तयारी भैरहेको उनले बताए ।
कर्णाली स्वस्थ्य प्रतिष्ठानको सहकार्यमा शिक्षण कार्यलाई जोड दिएको उनले बताए । क्यासलेस काउन्टरको अवधारणामा अगाडी बढेको उनले बताए। पेपर लेस डिष्चार्ज अगाडि बढाईएको । एक वर्षदेखि रोकिएको आमासुरक्षा भत्ता दिईएको छ। कोभिड भत्ता मन्त्रालयबाट पत्र प्राप्त भएकाले अब थप प्रक्रिया अघि बढेको उनले बताए। गौरबको आयोजना अन्तरगत १० तल्ला भवनको समेत छिट्टै काम अघि बढ्ने उनले बताए। यसैगरि उत्तरतर्फको एलडिओ टावरको ठेक्का प्रदेश सरकारमार्फत अगाडि बढेको छ ।
एमआरआई र क्याथ ल्याबको सेवा अघि बढाउन टेन्डर प्रक्रिया अघि बढेको उनले बताए । यसैगरि क्यान्सर बिरामीहरुलाई लक्षित गरि म्यामोग्राम सेवा तथा बर्न वार्डको समेत सेवा दिने तयारीमा रहेको उनले बताए । मंसिर १५ गतेबाट शुरु भएको बिस्तारित सेवा शुरु भएको छोटोसमयमा उपलब्धि हासिल भएको उनले बताए ।