ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार
विशेष समाचार

नेताबाट भुलिएका ‘अँधेरा गाउँ’

‘भोट माग्न आउने उम्मेदवारले गाउँमा बिजुली, सडक, पानी, शिक्षा स्वास्थ्य लगायतका आधारभूत आवश्यकता पुर्याउने आश्वासन पनि बाँडे तर जितेर गएपछि उनीहरूले आफूले गरेका प्रतिबद्धता भुले ।’ अँधेरा गाउँका स्थानीयले भने ।
७ श्रावण २०८०, आईतवार
७ श्रावण २०८०, आईतवार

बुटवल, ७ साउन । 

घोराही उपमहानगरपालिका वडा नं. १ बस्तीकोटका खुमान राना वर्षौंको पर्खाइपछि घरमा बिजुली बाल्न पाएकोमा दङ्ग छन् । उनी भन्छन्–“हरेक चुनावमा नेताहरूले बिजुली ल्याइदिने भनेर आश्वासन दिए । तर त्यो आश्वासन निकै लामो समयपछि मात्र पूरा भयो ।”

घोराही उपमहानगरपालिकाको वडा नं. १ करमकोट, बस्तीकोट, हेक्राम, ठाँटीकोट, लुडकुस, तेर्छे, ठाटीखोला, मान्द्रे, रूपाचौर लगायतका बस्तीले धेरै चुनाव देखे । २०४८ सालयताका धेरै चुनावमा स्थानीयबासीले भाग पनि लिए । भोट माग्न आउने उम्मेदवारले गाउँमा बिजुली, सडक, पानी, शिक्षा स्वास्थ्य लगायतका आधारभूत आवश्यकता पुर्याउने आश्वासन पनि बाँडे तर जितेर गएपछि उनीहरूले आफूले गरेका प्रतिबद्धता भुले ।
बिजुली बत्ती गाउँमा पुर्याउने रहरले गर्दा धेरै स्थानीयबासीले निकै परिश्रम पनि गरेको करमकोटका जगवीर थापा बताउँछन् । ‘दशैँ, तिहारमा बत्ती बाल्ने भनेर हामीले धेरै दुःख गरिम्, पोल गाड्नेदेखि लिएर सामान ओसारपसारमा पनि धेरैले सहयोग र दुःख गरे’, थापाले भने, ‘तर दुई वर्ष त पोलतिरै हेरेरै दिनरात बितायौंं ।”

वडा नं. १ को झन्डै दर्जन गाउँमा ८० परिवारको बसोबास छ । बिजुली बल्नुभन्दा पहिले केही स्थानीयबासीले आफ्नै लगानीमा सोलार बत्ती समेत जोडे । त्यही सोलार बत्तीको सहयोगमा साना मोबाइल चार्ज पनि गरे । बिजुली आएपछि बल्ल आफूले चाहेको काम गर्न पाएका छौं”–करमकोटका निमबहादुर थापाको भनाइ छ ।

उता, पाल्पाको निस्दी गाउँपालिका झिरुवासका ठकबहादुर सुनार र जुनमाया गाहाले बिजुली आउला र उज्यालोमा दिनचर्या गुजारौंला भनेर आश गरेको वर्षौ बित्यो । सिंगो गाउँमा बिजुली नहुँदा पीडामा जीवन गुजार्नु परेको उनीहरूको दुःखेसो छ । सोलार बिग्रन्छ समस्या, टुकी बाल्न मट्टितेल नपाएपछि बंगुरको बोसोबाट बत्ती बाल्नुपर्छ । “बत्ती छैन, साँझ लेख्न–पढ्न पनि उत्तिकै गाह्रो छ”–जुनुमाया भन्छिन् ।

निस्दी गाउँपालिका अन्तर्गत पाँच वडाका झण्डै २ हजार ७ सय परिवारमा बिजुली पुर्याउन सामुदायिक विद्युतीकरण अन्तर्गत घरघरबाट ५ हजार ६ सय रूपैयाँसम्म नगद संकलन गरेका थिए । पैसा बुझाएको १५ वर्ष बितिसक्दा पनि बिजुली बलेको छैन । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाका केही गाउँमा अझै विद्युतीकरण भएको छैन । गाउँपालिकाको बनियाँ गाउँलगायतमा विद्युतीकरण नहुँदा मानिस अध्याँरोमा बस्न बाध्य भएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बतए । ‘धेरै ठाउँमा विद्युतीकरण भएको छ तर केही ठाउँ बाँकी छ’, उनले भने । पालिकाको वडा नं. ३ को रतैया, वडा नं १ को कटकुइँया, मझेरिटीलगायतका स्थानमा बिजुली पुगेको छैन ।

लुम्बिनी प्रदेश सरकारले दुई वर्षअघि नै सबै घरमा विद्युत आपूर्ति गरी ५ वर्षभित्र उज्यालो प्रदेश बनाउने लक्ष्यसहित उज्यालो प्रदेशको अवधारणा ल्याएको थियो । प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले प्रदेशलाई २०८३ सालभित्र उज्यालो प्रदेश बनाउने लक्ष्यसहित उज्यालो प्रदेशको अवधारणा ल्याएर काम गरिरहेको छ ।

प्रदेशमा उक्त अवधारणा ल्याउँदा करीब ३० प्रतिशत घरधुरीमा विद्युत पुगेको थिएन । प्रदेशमा रहेका ९ सय ८३ वटा वडा मध्ये करिव ३ सय वडामा बिजुली पुगेको थिएन । तर अहिले भने धेरै सुधार भएको मन्त्रालयले बताएको छ । अहिले बिजुली नपुगेको क्षेत्र ५ प्रतिशतमा झरेको मन्त्रालयका उर्जा महाशाखाका इन्जिनियर जेवी थापा बताउँछन् । लुम्बिनी प्रदेशमा कुल १०९ वटा पालिकामा ९ सय ८३ वडा छन् । यहाँ १० लाख ६ हजार ४५० घर बनेका छन् । तीमध्ये ९ लाख ७३ हजार ५ सय ९२ घरमा बिजुली पुगेको र करिव ३३ हजार घर अझै पनि अन्धकारमै रहेको मन्त्रालयको तथ्यांक छ ।

लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा ९९ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । त्यस्तै प्यूठानको स्वर्गद्वारी नगरपालिकाका २,३, ४ र ५ वडामा पुरै विद्युतीकरण भएको छ । वडा नं. १, ६, ७, ८ र ९ मा सबैतिर बिजुली पुगेको छैन । त्यस्तै प्यूठानकै गौमुखी गाउँपालिकाको वडा नं. ५, ६ र ७ मा पूर्ण विद्युतीकरण भएको छ भने बाँकी वडामा आंशिक घरमा मात्रै बिजुली पुगेको छ ।

त्यस्तै ६ वटा वडा रहेको सरुमारानी गाउँपालिकाको वडा नम्बर २ मा मात्रै पुरै घरमा बिजुली पुगेको छ भने बाँकी वडामा आंशिक मात्र बिजुली पुगेको छ । मल्लरानी गाउँपालिको ५ वडा मध्ये ३ र ४ मा मात्रै पुरै बिजुली पुगेको छ । बाँकी वडाका केही बासिन्दाले बिजुली बाल्न पाएका छन् । नौबहिनी गाउँपालिकाका ८ वडामध्ये वडा नम्बर ६ र ८ मा मात्रै पूर्ण विद्युतीकरण भएको छ भने वडा नम्बर २,३,४,५ र ७ का आंशिक घरमा मात्रै बिजुली पुगेको छ । त्यस्तै वडा नम्बर १ विद्युतबिहीन वडा बनेको छ । त्यस्तै झिमरुक र ऐरावतीका पुरै वडामा बिजुली पुगेको छ । प्यूठानका ४१ वडामध्ये २२ वटामा आंशिक मात्रै बिजुली पुगेको छ भने एउटा वडा विद्युतबिहीन छ ।

त्यस्तै रोल्पा जिल्लाका ७२ वटा वडामध्ये १२ वटा वडा विद्युतबिहीन छन् भने ५८ वटा वडामा आंशिक रूपमा मात्रै बिजुली पुगेको छ । रोल्पाको परिवर्तन गाउँपालिकाको वडा नम्बर ३,४,५ र ६, गंगादेव गाउँपालिकाको वडा नम्बर २,४,६ र ७, सुनछहरी गाउँपालिकाको वडा नम्बर १ र ३ तथा थवाङ गाउँपालिकाको वडा नम्बर ४ र ५ मा अहिलेसम्म बिजुली पुगेको छैन । त्यस्तै पुर्वी रुकुमका ३१ वडा मध्ये २५ वटा वडा विद्युत बिहीन छन् । ५ वटामा अशिक रूपमा विजुली पुगेको छ भने एउटा वडा मात्रै पूर्ण विद्युतीकरण भएको छ । भूमे गाउँपालिकाका वडा नम्बर १, ३, ६, ७, ८ र ९, पुथेउत्तरगंगा गाउँपालिकाका पुरै १४ वडा तथा सिस्ने गाउँपालिकाका वडा नम्बर १,२,३,७ र ८ पूर्ण विद्युतबिहीन छन् ।

प्रदेशका सबै जिल्लामध्ये न्युन विद्युतीकरण रुकुम पूर्वमा भएकाले सेवा विस्तारका लागि तीव्र गतिमा काम भइरहेको प्राधिकरण नेपालगन्ज डिभिजन कार्यालय प्रमुख सुरज गौतमले बताए । “प्युठान र रोल्पाका धेरै ठाउँमा पहिले नै विद्युत पुगिसकेको छ”–उनले भने, “रुकुम पूर्व अरूभन्दा पछि रहेकाले त्यहाँ विद्युतीकरणमा प्राथमिकता दिएर काम गरिरहेका छौं ।’

दाङ जिल्लाका एकसय वडा मध्ये ८ वडामा मात्रै पूर्ण विद्युतीकरण भएको छ भने ९२ वडामा आंशिक रूपमा मात्रै बिजुली पुगेको छ । बर्दियाका ७५ वडामध्ये ५५ वडाका बासिन्दा उज्यालोमा बस्न पाएका छन भने २० वडाका बासिन्दाले आंशिक मात्रै उज्यालो देखेका छन् । बाँके जिल्लाका कुल ८१ वडा मध्ये ५३ वडामा पुरै विद्युतीकरण भएको छ भने २८ वडामा आंशिक मात्रै बिजुली पुगेको छ ।
पश्चिम नवलपरासी र कपिलवस्तुका भने सबै घरमा बिजुली पुगेको मन्त्रालयले जनाएको छ । पश्चिम नवलपरासीमा ७३ हजार २ सय ६३ र कपिलवस्तुमा १ लाख ३ हजार ७ सय ६५ घरहरू छन् । ती सबै घरमा विद्युतीकरण भएको इन्जिनियर थापाले जानकारी दिए ।

उज्यालो प्रदेश बनाउन जलविद्युत आयोजना निर्माणको विस्तृत सम्भाब्यता अध्ययन गरी निर्माण गर्ने, पुराना प्रशारण लाइन तथा वितरण प्रणालीहरूको सुधारलाई प्राथमिकता दिइने मन्त्रालयका सचिव दिपक घिमिरेले बताए । उनले भने, “निजी क्षेत्रसँगको सहकार्यमा सौर्य विद्युत, लघु तथा साना जलविद्युत आयोजना निर्माण अघि बढाई उज्यालो प्रदेश निर्माणको अवधिभित्र करीब ७५० मेगावाट विद्युत उत्पादन थप गर्नुपर्नेछ ।”  भौगोलिक कठिनाई वा तत्काल विद्युत लाइन बिस्तार गर्न सम्भव नभएका स्थानहरूमा वैकल्पिक ऊर्जाको माध्यमबाट सौर्य मिनी ग्रीड÷अफ ग्रीड सोलार ब्याकअप वा घरेलु सौर्य ऊर्जा प्रणाली मार्फत विद्युत सेवा उपलब्ध गराइने उनले बताए ।

प्रदेशभित्र विभिन्न ८ वटा ठूला सम्भावित जलविद्युत आयोजनाबाट करीब ३ हजार मेगावाट विद्युत उत्पादन हुन सक्ने सचिव घिमिरेले बताए । मन्त्रालयका अनुसार हाल प्रदेशमा ३९.१८ मेगावाट जलविद्युत, ९.६१७ मेगावाट सौर्य विद्युत र ०.०२५ मेगावाट हाइब्रिड विद्युत उत्पादन भइरहेको र १५.९९ मेगावाट क्षमताका जल विद्युत तथा ३ मेगावाट क्षमताका सौर्य विद्युत आयोजना निर्माणाधीन छन् ।प्रदेशमा १२ वटा कम्पनीले ११३.५७ मेगावाट जलविद्युत र ७८.४९ मेगावाट सौर्य विद्युत उत्पादनका लागि सर्वेक्षण अनुमति लिएको मन्त्रालयका ऊर्जा महाशाखा प्रमुख महेश पोख्रेलले बताए । लुम्बिनीमा परम्परागत ऊर्जाको प्रयोग गर्ने जनसंख्या ५६.४ प्रतिशत रहेको छ, भने अन्य वैकल्पिक स्रोत प्रयोग गर्ने ४३.६ प्रतिशत रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?