ट्रेंडिंग:

>> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा

इँटा बोक्न फर्किने छैनन् मनिषाहरु…

७ कार्तिक २०७८, आईतवार
७ कार्तिक २०७८, आईतवार

सोह्र वर्षीया मनीषा पुन जनजागृति माध्यमिक विद्यालय जुगार रोल्पाको कक्षा ७ मा पढ्छिन । अधिकांश दौतरी प्लस टु अध्ययन गरिरहँदा मनीषालाई भने प्लस टु पुग्न अझै ४ वर्ष कुर्नुपर्ने छ । घरको गरिबीले मनीषाको निरन्तर पढाइमा साथ दिएन । कक्षा ४ मा पढ्दापढ्दै ४ वर्षअघि पैसा कमाउन काठमाडौं गइन् उनी । काठमाडौंमा उनले बच्चा बोकेर पानी आसार्ने, कपडा धुने, खाना पकाउने र समय समयमा इँटा बोक्नु गर्थिन् ।

इँटाभट्टा सञ्चालनको समयमा उनले ६ महिना काम गरेर कमाएको ८ हजार रुपैयाँ लिएर घर फर्किइन् । पुनः सिजन सुरु भएपछि काममा फर्कने गरी घर फर्किएकी मनीषा त्यसपछि काम गर्नकै लागि पुनः काठमाडौं जान नपाउने भइन् । इँटा भट्टा गएका बालबालिकालाई गाउँपालिकाले फर्काउन सुरु गरेपछि मनीषाको काठमाडौं यात्रा पनि रोकिएको हो ।

काठमाडौं जान नपाएपछि उनले रोल्पाको निगालपानीस्थित एक होटेलमा काम गर्न थालिन् । होटेलमा भाडा माझ्नु पथ्र्यो । काठमाडौं जान रोकेको गाउँपालिकाले तत्काल जीविकोपार्जनको व्यवस्था नगरिदिपछि परिवारका लागि साँझ–बिहानको जोहो टार्न उनी होटलमा काम गर्न बाध्य भइन् । त्यहाँ उनले ६ महिना काम गरिन् । साथीभाइ किताब बोकेर स्कुल गएको देख्दा उनको मन भकानिन्थ्यो । मेरा कैयौं रात रोएरै बिते, विगत सम्झँदै मनीषाले भनिन् ।

इँटा भट्टाबाट फर्किएका बालबालिकालाई विद्यालयमा भर्ना गर्ने अभियान नै चलेपछि उनी पनि जनजागृति मावि जुँगारको कक्षा ५ मा भर्ना भइन् । फुपूको घर बसेर पढ्दै गरेकी उनी अहिले निकै खुसी छिन् । अन्धकारबाट उज्यालोतर्फ आएको महसुस भएको छ उनलाई । नेपाल प्रहरीको असई बन्ने धोको छ मनीषाको । पढेर ठूलो मान्छो बन्छु भन्ने साहस आएको उनले बताइन् । विद्यालयले दिने छात्रवृत्तिले जसोतसो खर्च चल्छ, इच्छा लागेको खाने लगाउने त सपना न हो कलम, कापी किन्न पुगिहाल्छ मनीषाले भनिन् । आमा अपांग, बुवाको २ वर्षअघि मृत्यु भइसकेको मनीषाको दाइ भने रोजगारीमा विदेश गएको लामो समय भए पनि घर फर्केका पनि छैनन् पैसा पनि पठाएका छैनन् ।

मनीषामात्र होइन, त्रिवेणी गाउँपालिकाबाट काठमाडौंका इँटा भट्टाबाट फर्किएका २०५ बालश्रमिकमध्ये १७३ जनालाई विद्यालय भर्ना भएका छन् । बालबालिका किन बालश्रममा जान बाध्य छन् भन्ने कुराको सत्यतथ्य पत्ता लगाउन घरधुरी सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा विद्यालय उमेरका २२७ बालबालिका काठमाडौंका विभिन्न इँटाभट्टा र होटेलहरुमा बालश्रमिकका रुपमा रहेको तथ्यांकले देखियो । सर्वेक्षणले अभिभावकको गरिबी र साथीभाइको देखासिकीका कारण बालश्रममा जाने गरेको परिणामसमेत देखाएको थियो ।

काठमाडौं इँटाभट्टामा श्रम गरिरहेका बालबालिकालाई फिर्ता गर्नु फलामको चिउरा चपाउनुजस्तै थियो त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले भने । विद्यालय उमेरका ती बालबालिका फिर्ता गरेर विद्यालय भर्ना गर्ने मेरो चुनावी प्रतिबद्धता पनि थियो अध्यक्ष वली भन्छन् । गाउँपालिकालाई ५ वर्षभित्र बालश्रममुक्त बनाउने रणनीतिक योजनासमेत तय गरियो । पञ्चवर्षीय रणनीतिक योजनाका साथै गाउँपालिकाले बालबालिकासम्बन्धी विभिन्न ५ वटा कानुनसमेत तर्जुमा गरेको छ । रणनीतिक योजनाबमोजिम सघन कार्यक्रम सञ्चालन गरी गाउँपालिकाले ती बालबालिका फिर्ता गरी विद्यालय भर्ना गर्न सफल भएको हो ।

गरिबी र देखासिकीका कारण पढाइ छोडेर इँटाभट्टा जाने प्रवृत्ति बढ्दै गएको थियो । बावुआमा सँगै बालबालिका पनि काठमाडौंका जाने र बालश्रमिकका रुपमा त्यतै काम गर्ने क्रमले निरन्तरता पाइरहेको थियो । समुदायमा अभिभावक शिक्षा कार्यक्रम र विद्यालयमा बालक्लबहरु गठन गरेर उनीहरुकै अगुवाइमा बालश्रम जान नदिन विभिन्न अभियान सञ्चालन गरिए । समुदायमा बालश्रममा जान लागेको थाहा पाउने बित्तिकै नजिकको प्रहरीलाई खबर गर्ने संयन्त्रसमेत बन्यो ।

यसरी फर्किएका बालबालिकालाई विद्यालयमा टिकाई राख्न गाउँपालिकाले विभिन्न गैरसरकारी संस्थासँग समन्वय गरी शैक्षिक सामग्री, विद्यालय पोशाक सहयोग गरेको थियो । जीविकोपार्जनको समस्या भोगेर छोराछोरी इँटाभट्टा पठाउन बाध्य परिवारका लागि बाख्रा, कुखुरापालन, तरकारी खेती जस्ता आयआर्जनका काममा सहयोग ग¥यौं गाउँपालिका अध्यक्ष वलीले भने । गाउँपालिकाले २९ घरधुरीलाई बंगुरपालन, ७४ घरधुरीलाई कुखुरापालन र १२६ घरधुरीलाई बाख्रापालनमा सहयोग गरेको थियो ।

सीप विकासअन्तर्गत १० जनालाई कपाल काट्ने तालिम, २३ जनालाई हाउस वायरिङ, १५ जनलाई डकर्मी, १० जनालाई सिकर्मी, ९ जनालाई खाजा नास्ता, ९ जनालाई ब्युटीपार्लर, १६ जनालाई सिलाइकटाइ र ४ जनालाई मोटरसाइकल मर्मत तालिम दिएको थियो ।

त्रिवेणी गाउँपालिका रोल्पा बालश्रममा गएकामध्ये ८५ प्रतिशत बालबालिका फर्किसकेको त्रिवेणी गाउँपालिका शिक्षा शाखा अधिकृत अमृता बुढाथोकीले जानकारी दिइन् । उनका अनुसार फर्किएकामध्ये अधिकांश विद्यालय भर्नासमेत भएका छन् । शतप्रतिशत उपलब्धि हासिल गर्न गाँउपालिका योजनासहित अघि बढेको बुढाथोकीको भनाइ छ ।

विद्यालय छोडेर बालश्रममा गएकालाई फर्काउने अभियानमा गाउँपालिकाभित्रका विद्यालयले समेत महत्वपूर्ण योगदान गरेका छन्, जनजागृति मावि जुगारका प्रधानाध्यापक जीवराज भण्डारीको भनाइ छ । अभिभावक सचेतीकरणमा विद्यालयका शिक्षकहरुको भूमिका महत्वपूर्ण रह्यो, प्रअ भण्डारीले भने । बालश्रमबाट फर्किएर विद्यालय भर्ना भएका बालबालिकाका लागी गरिएको शैक्षिक सहयोग र उनीहरुका अभिभावकलाई दिएको आयआर्जन सहयोगले पठनपाठनमा सहयोग गरेको भण्डारीले भने ।

अभियानलाई सफल पार्न गाउँपालिकाभित्रको बालक्लबले समेत महत्वपूर्ण भूमिका खेलेका छन् । आफूसँगै पढिरहेका साथी पढाइ छाडेर इँटाभट्टामा गएको सुन्दा नमज्जा लागेपछि त्यसको रोकथाममा हामीले पनि भूमिका खेल्यौं, पालिकास्तरीय बालक्लबका अध्यक्ष भरत बुढाथोकीले आफ्नो कामबारे सुनाए । सबै विद्यालय र गाउँहरुमा बालक्लब गठन गरी बालश्रममा जानेलाई रोक्ने अभियान चलाएको भरतले बताए । स्कुले केटाकेटी गाउँ छाड्दै गरेको थाहा पाउनेबित्तिकै नजिकका स्थानीय सरकार र प्रहरी यूनिटलाई खबर गरेर फिर्ता गरेका थियौं, उनी भन्छन् । स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा यसको रोकथाममा धेरै हदसम्म सफल भएको भरतको दाबी छ । पछिल्ला दिनमा भने उनीहरुले इँटाभट्टा जाने साथी रोक्नु परेको छैन ।

फेरि फर्कने चिन्ता
विद्यालय छोडेर इँटाभट्टा जाने त्यहाँको पुरानो चलन हो । केही विद्यार्थी सधैँका लागि पढाइ त्योगेर काठमाडौं वा भारततिरै लागे । केही भने परीक्षा दिनसम्म फर्कन्छन् । इँटाभट्टा जाने परम्पराजस्तै भएकाले गाउँपालिकाले फिर्ता गरेका फेरि फर्कने हुन् कि भन्ने चिन्ता गर्छन् जनजागृती माविका शिक्षक खुसीराम केसी ।

गाउँपालिका भने पुनः इँटाभट्टा फर्कने अवस्था नआउने दाबी गर्छ । हामीले गाउँपालिकालाई बालश्रम मुक्त बनाउने तयारी गरिहेका छौं, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख हीरा बुढामगरले भनिन् ।

तीन वर्षभित्र कम्तीमा ९० प्रतिशत बालश्रम अन्त्य गर्ने र ५ वर्षभित्र शतप्रतिशत गर्दै गाउँपालिकालाई बालश्रममुक्त घोषणा गर्ने गाउँपालिकाले रणनीतिक योजनाबमोजिम आगामी मंसिर ४ गते गाउँपालिकालाई बालश्रममुक्त घोषणा गर्ने तयारी गरिरहेको उनले सुनाइन् । चालू वर्ष देशभरका २० वटा स्थानीय तहलाई बालश्रममुक्त घोषणा गर्ने मन्त्रालयको कार्यक्रमभित्र त्रिवेणी पनि परेको छ । जसअनुसार असोजभित्र गाउँपालिकाका ७ वटै वडा र मंसिर ४ गते अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा गाउँपालिका नै बालश्रममुक्त हुने बुढामगरले जानकारी दिइन् ।

यसरी फर्किएका बालबालिकाको सहयोगका लागि पालिकाले बालकोषसमेत स्थापना गरेको छ । सो कोषमा ३९ लाख रकम रहेको महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ । कोषमा हरेक वर्ष गाउँपालिकाले बजेट थप्ने गरेको बुढामगरको भनाइ छ । सो कोषबाट बालबालिकाले अध्ययन गरिरहरेको सम्बन्धित विद्यालय र वडाको सिफारिसका आधारमा प्रतिबालबालिका १० हजार रुपैयाँका दरले सहयोग गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?