ट्रेंडिंग:

>> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना

हराए कोल र ढिकी जाँतो

४ श्रावण २०८०, बिहीबार
४ श्रावण २०८०, बिहीबार

पाल्पा, ४ साउन

समयको विकाससँगै प्रविधिको विकासका कारण घरायसी प्रयोगका रुपमा चलनचल्तीका सामग्री हराउँदै गएका छन् ।

पहाडी क्षेत्रको ग्रामीण बस्तीमा तोरी पेल्नका लागि प्रयोग गरिंदै आएको कोलहरु यतिबेला देखिदैनन् । स्थानीय सिप र प्रविधिको उपयोग गरी बनाइएका काठ तथा ढुंगाका कोलहरु हराउँदै गएका छन् ।

पुराना पुस्ताले सदियौं देखि प्रयोग गर्दै आएका यस्ता काठ तथा ढुंगाका कोलहरु नयाँ पुस्ताका लागि नौलो भएको पुराना पुस्ताको दावी रहेको छ ।

वन, जंगल, खरवारी तथा बारीमा प्रशस्त मात्रामा पाइने चिउरी फलको दाना ढिकीमा कुटेर कोलमा पेलेर वर्ष भरी प्रयोग गर्ने चलन थियो । आजभोलि यस्ता प्रविधिहरु आधुनिकतासँगै हराएको तिनाउ गाउँपालिका मस्यामका कर्ण बहादुर कार्की बताउँछन् ।

“पहिले पहिले यस्ता मेसिनहरु गाउँ बस्तीमा थिएनन् । वर्षभरि खान पुग्ने तोरी आफ्नै बारीमा राम्रौ उत्पादन हुन्थ्यो । यसरी उत्पादित तोरी गाउँ टोलका जम्मा भएर गाउँमा गाडिएको काठ तथा ढुंगाको कोलमा पेल्ने चलन थियो । यसरी काम गर्दा वरपरका मिलेर दुई चार दिन लगाएर पालैपालो पेल्ने चलन थियो”–कार्कीले आफ्नो पुरानो अनुभव सुनाए ।

यस्ता मेसिन तथा कोल एउटा बस्तीमा एउटा हुन्थ्यो । यस्ता कोल नयाँ पुस्ताका लागि नौलो नै हुन्छ । यस्ता कोलका कारण गाउँ बस्तीलाई एकताको सुत्रमा बाँध्ने बलियो माध्यम पनि थियो । यसले एक आपसका सहयोगको आदानप्रदानभएको रिब्दीकोट गाउपालिकाको पालुङ मैनादीका पुराना पुस्ताका दिवाकर नेपाल बताउँछन् । यस्ता पुराना सिप र प्रविधि यतिबेला प्रयोग विहीन भएका छन् । पुराना पुस्ताले उपयोग गरेका यस्ता सामग्रीहरुको संरक्षण गरी नयाँ पुस्ताका लागि जानकारी गराउनु पर्ने उनको सुझाव छ ।

पहिले पहिले बस्ती बस्तीमा मेसिन थिएन, तोरी पेल्नु पथ्र्यो । कोलको विकल्प नै थिएन । यस्ता कोलमा पेलिएको तेलको स्वाद फरक हुन्थ्यो । यो संगै चिउरीको दाना पेलेर निस्किएको घिउको प्रयोग राम्रोसंग हुन्थ्यो । विशेष गरी मुख्य पर्व तथा अवसरमा रोटी पकाउँदा चिउरीको घिउ प्रयोग गर्ने चलन थियो । चिउरीको खली खेतमा विषादीको रुपमा प्रयोग हुन्थ्यो । जब यस्ता कोलहरु हराउँदै गएपछि खलीको विकल्पमा विषादीको प्रयोग बढेको पुराना पुस्ताको भनाइ रहेको छ ।

कोलपछि हरायो ढिकी जाँतो

परम्परागत रुपमा पेलानीका लागि प्रयोग भएको कोलसँगै कुटानी पिसानीका लागि प्रयोग हँुदै आएको ढिकी जाँतो पछिल्लो समयमा हराउँदै गएको छ ।

आधुनिक प्रविधिको मेसिन आएसंगै पुराना चलनचल्तीका समानहरु हराउँदै गएका हुन् । “बिहान उज्यालो नहुँदै उठेर ढिकीमा धान कुट्ने हो । धान नभएका घरमा मकै, गहँु जस्ता अन्नहरु जाँतोमा पिसेर बिहान बेलुकाको खर्च बनाउनु पथ्र्यो । अहिले जस्तो सजिलो थिएन”–पुरानो पुस्ताकी महिला राधिका बस्याल बताउँछिन् ।

दुई तीन दशक अगाडि सम्म सबैको घर घरमा ढिकी जाँतो थिए । सबैको घर घरमा रातिदेखि नै ढिकी जाँतोको आवाज सुनिन्थ्यो । मेसिनमा कुटिएको चामलको तुलनामा ढिकीमा कुटेको चामलको स्वाद बेग्लै हुन्थ्यो । आज सबै पुराना वस्तुहरु एकादेशको कथा जस्तै भएको पुराना पुस्ताहरुको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?