© २०२३
बाढीपहिरो र डुबानबाट बिहीबारसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको ििववरण संकलन भएको छ ।
अधिकांशको पहिरोका कारण ज्यान गएको गृह मन्त्रालयले जनाएको छ। बिहीबार मात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधबार ६३ र मङ्गलबार १४ को मृत्यु पुष्टि भएको थियो । विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३/१३ जनाको मृत्यु भएको छ ।
यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको छ ।
विपद्बाट २० जिल्ला प्रभावित भएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् ।