ट्रेंडिंग:

>> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय

सुन काण्डले ‘सनसनी नेपालगञ्ज’

२२ भाद्र २०७८, मंगलवार
२२ भाद्र २०७८, मंगलवार

सुन–हेर्दा पहेंलो र चिटिक्क देखिए पनि त्यसभित्रको कालो धन्दाले प्रहरीलाई हैरान बनाएको छ । अझ नियम कानून भित्र रहेर व्यापार गरिरहेका सुनचाँदी व्यवसायी नै यस्तो धन्दामा लागेको पाइएपछि अपराध नियन्त्रणमा प्रहरीलाई चुनौती थपिएको छ ।

यस्तो कालो धन्दाको टान्जिट पश्चिममा नेपालगञ्ज बन्न पुगेको छ । दाङ्ग तथा काठमाण्डौंबाट नेपालगञ्ज तर्फ गैरकानुनी रुपमा सुन ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा भदौ दोस्रो साता आन्तरिक ट्रयासिङ्ग (पत्ता लगाउने) क्रममा बाँके प्रहरीले नेपालगञ्ज एयरपोर्टबाट ४.२१.४९ केजी सुन सहित २ जनालाई पक्राउ गरेपछि पहेंलो सुनभित्रको कालो धन्दा सार्वजनिक भएको हो ।

काठमाण्डौंबाट नेपालगञ्जका लागि उडेको श्रीएयलाइन्सको फलाइट नम्बर ४३३ नम्बरको पेलेनबाट शुक्रबार दिउसो २ बजे नेपालगञ्ज एयापोर्टमा अवतरण पछि बाहिर निस्कने क्रममा गोप्य सूचनाको आधारमा पिछा गरिरहेको प्रहरीले शंकास्पद २ जना ब्यक्तीलाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।

उक्त घटनामा पक्राउ परेका मोरङ्ग साबिकको लेटाङ्ग गाविस वडा नम्बर २ घर बताउने बर्ष २८ को बुद्दिमान खाती र झापा खादुनावारी गाविस वडा नम्बर ६ अमिर लगुन (वि.क.) को जहाज अवतरण गरेको आधा घण्टा पछी करिव २ः३० बजे को समयमा ति ब्यक्तीहरुले शंकास्पद गतिविधी गरेकाले नेपालगञ्ज एयरपोर्ट बाहिरबाट नियन्त्रणमा लिएर प्रहरीले खानतलासी एसपी श्याम कृष्ण अधिकारीले बताए ।

खानतलासी गर्दा अमिर लगुनले लगाएको दाँया बाँया जुत्तामा लुकाएर राखेको २÷२ वटा सुनका विस्कुट र बुद्दि मानले लगाएको दाँया बाँया जुत्ता भित्र १÷१ पिस गरी जम्मा ६ थान गरि ३.९९४ केजी काँचो सुन र खातीले बोकेको लेदरको झोला चेकजाँच गर्दा झोलावाट तिलहरी १ थान, बाला १ थान, लकेट ५ थान गरि २७.४९ ग्राम गरी जम्मा ४.२१.४९ केजी सुन बरामद भएको थियो ।

गैर कानुनी सुन काण्ड मिलाउन सुनचाँदी व्यवसायी मार्फत मिलावटी विल बनाएर कुराकानी मिलाउने षडयन्त्र भइरहेको छ ।

प्रहरीले पक्राउ गरेको सुन आवश्यक कार्वाहीका लागि कोहलपुरस्थित राजश्व अनुसन्धान कार्यालयमा पठाउने गरेको छ । उक्त घटनाका विषयमा आन्तरिक राजश्व कार्यालय कोहलपुरले अनुसन्धान गरिरहेको प्रमुख अनुसन्धान अधिकृत सरोज पोख्रेलले बताए ।

पछिल्लो एक वर्षभित्र नेपालगन्जमा मात्र दुईवटा ठुला बैकिङ्ग कसुरका घटना भए । दुवै घटनामा सुनचाँदी व्यवसायसंग सम्बन्धित छ । गत वर्ष बैंकमा नक्कली सुन धितो राखेर रकम निकाल्ने गरिएको एउटा अपराधको घटनामा अदालतले आरोपीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

यो घटना हो, सिटिजन्स् बैंकको । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नेपालगन्ज शाखामा नक्कली सुनका गहना धितो राखी फर्जी कागज बनाएर बैंकको ३ करोड २७ लाख घोटालामा संलग्नताका ७ जना अभियुक्त संग जनही २५÷२५ लाख धरौटीमा रिह ागर्न आदेश दिएको थियो । न्यायाधीश विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त इजलासले दुई महिनादेखि थुनामा रहेका ७ जनालाई धरौटी माग गर्यो ।

बैंकका कर्मचारीको मिलेमतोमा बैंकलाई हानी नोक्सानी पुग्नेगरि ब्यापारीहरुबाट अनुचित फाइदा दिंदै आएको आरोपमा मुद्दा चलाइएको थियो । उनीहरुमाथि १० जना सुन ब्यबसायीहरुसंग मिलेमतो गरेर मुल्यांकन भन्दा कम परिमाणमा सुन धितो राख्ने, नक्कली कागज बनाएर बैंकलाई हानी पु¥याउँदै आएको आरोप लगाइएको थियो ।

धितो भन्दा धेरै ऋण दिने आरोप लागेका ३ जना बैंकका कर्मचारी र ऋण लिने १० जना ब्यबसायी सहित १३ जना बिरुद्ध उच्च अदालत नेपालगन्ज वाणिज्य इजलासमा उच्च अदालत सरकारी वकिल कार्यालयले बंैकिङ कसुरको अभियोगमा मुद्दा दायर गरेको थियो । बैंकका सुनजाँचकी ज्योतिका आफन्त नै यस प्रकरणमा ऋण लिनेमा धेरैजना छन् ।

सुन माफियाको गिरोहको मिलोमतोमा यी सबै घटना भएको थियो । बैंकको आन्तरिक लेखा परीक्षणका क्रममा ३ करोड २७ लाख रुपियाँ नोक्सानी खुलासा भएको हो ।

सिटिजन्स बैंकको घटना सेलाउँन नपाउँदै राष्ट्रिय वाणिज्य बैंक, त्रिभुवनचोकको १ करोड १५ लाख ठगी प्रकरण सार्वजनिक भएको छ । यो घटनामा पनि सुनचाँदी व्यवसायी मुख्यरुपमा अभियुक्त थिए । नेपालगन्ज –१३ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले नक्कली र किर्ते कागजात पेश गरी राष्ट्रिय वाणिज्य बैंकको त्रिभुवनचोक शाखाबाट रु १ करोड २४ लाख ऋण लिएको विषयमा प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।

जसगढले जग्गाको लालपुर्जा, तिरो तिरेको रसिददेखि नक्सापाससम्म किर्ते गरी आफै तयार गरे । त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसम्म किर्ते गरेका छन् । त्यसैबाट नक्कली धितो बनाएर उनले दुई पटक बैंकबाट ऋण लिएको पाइएको छ । जसगढले २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख ऋण लिए ।

जसगढले ऋण लिदा पेश गरेको धितो रुजु गर्ने क्रममा नक्कली भएको पाइएको हो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाका अनुसार, सबैकाम फर्जी भेटिएपछि छानविनका लागि प्रहरीलाई अनुसन्धानका लागि अनुरोध गरेको थियो । प्रहरीले अनुसन्धानबाट नेपालगन्ज उपमहानगरपालिका मात्र होइन मालपोत कार्यालयको कागजात समेत नक्कली खडा गरेको पाइएको छ । मेयर राणाले भने,–‘जे जति प्रमाण आवश्यक पर्छ, त्यो सबै नक्कली खडा गरेको देखियो ।’

प्रहरीका अनुसार, जसगढले बैंकमा धितोका रुपमा चारवटा धितो पेश गरेका थिए । ती मध्ये दुईवठा नक्कली र एउटा क्षेत्रफल बढाएर किर्ते गरेको भेटिएको छ । बचेको एउटा जग्गाको मुल्य जम्मा चार लाखसम्म रहेको देखिन्छ । उनले वाणिज्य बैंक बाहेक अन्य आधा दर्जन बैंकमा कारोवार गर्दै आएको पाइएको छ ।

पहेलो सुनको कालोधन्दाका साना घटनाहरु त्यसै सेलाउँछन् । तस्करी गरेर सीमा वारपार गराइएका सुनचाँदी फेला परेका घटना त छदैछन् त्यसैभित्र हुने ठगी प्रकरणले ठुला अपराधिक घटनालाईसम्म निम्तो दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?