© २०२३
पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् ।
विश्वकपको युरोपियन छनोट अन्तर्गत रिपब्लिक अफ आयरल्याणडविरुद्ध दुई गोल गर्दै रोनाल्डोले इरानका अली देइको नाममा रहेको १०९ गोलको कीर्तिमान तोडे । रोनाल्डोले दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा गोलसंख्या १११ पु¥याएका हुन् ।
रोनाल्डोले खेलको अन्त्यतिर गरेको दुई गोलमा पोर्चुगलले नाटकिय रुपमा २–१ को जित हात पारेको थियो ।
सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडेपछि रोनाल्डोले यो विशेष क्षणमा रहेकोले खुशी व्यक्त गरे । ‘म धेरै खुसी छु । किनकि यो कीर्तिमान भंग गरेकोले मात्र होइन । तर विशेष अवस्थामा यो भएको छ,’ उनले भनेका छन्, ‘खेलको अन्तिम समयमा दुई गोल । टिमले जे ग¥यो त्यसका लागि मैले धन्यवाद दिनुपर्छ । हामीले अन्तिमसम्म विश्वास ग¥यौं । म कृतज्ञ छु ।’
युरोकपको सर्वाधिक गोलकर्तासमेत रहेका रोनाल्डोले युरोमा १४ गोल गरेका छन् ।
कुन प्रतियोगितामा कति गोल ?
विश्वकप छनोट: ३३ गोल
युरोकप छनोट: ३१ गोल
अन्तर्राष्ट्रिय मेत्रीपूर्ण: १९ गोल
युरोकप: १४ गोल
विश्वकप: ७ गोल
युइएफए नेसन्स लिग: ५ गोल
कन्फेडेरेन कप: २ गोल