ट्रेंडिंग:

>> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना

फर्केर हेर्दा एकवर्षः वडाअध्यक्ष चोवल्ने डीएसपीको जागिर धरापमा, तत्कालीन गृहमन्त्री जेलमा

१ श्रावण २०८०, सोमबार
१ श्रावण २०८०, सोमबार

बुटवल, १ साउन ।

एक वर्षअघि आजकै दिन तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष हरिबहादुर क्षेत्रीलाई बुटवलका डीएसपी ठगबहादुर केसीले पोखरीमा चोवले । रूपन्देहीको तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका बीचमा विवाद भईरेका बेला प्रहरी टोली लिएर पुगेका तत्कालीन डिएसपी केसीले वडाअध्यक्षलाई लात्तले हानेर पोखरीमा खसालिदिएका थिए । तर समय बलवान छ भने झैं तत्कालीन गृहमन्त्री यतिबेला नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा छन् भने तत्कालीन डीएसपी केसी सुन घुस प्रकरणमा निलम्बनमा छन् ।

पोखरीमा चोवलिएका वडाअध्यक्ष क्षेत्री भने वडाकै योजना र काममा खटिरहेका छन् । एक वर्षअघि नगरसभाको विषयमा एमाले र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिबीच विवाद उत्पन्न भई सभा अवरुद्ध हुँदै आएको थियो । नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख रामकृष्ण खाण र अरू जनप्रतिनिधिले नगरसभाबाट बजेट मात्रै पास गर्ने र एमालेबाट निर्वाचित उपप्रमुख र अरू जनप्रतिनिधिले बजेटसँगै न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति समेत गठन गर्नुपर्ने अडान लिदा विवाद बढेको थियो ।
सोही विवादपछि झडप हुन नदिन प्रहरी पुगेको थियो । सोही क्रममा बैठकमा आफूहरूलाई उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न रोक लगाएको भन्दै आक्रोशित बनेका एमालेका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई घेरा हाली नियन्त्रणमा लिन खोजेका थिए । त्यसपछि उद्धारका खटिएको प्रहरीले जनप्रतिनिधिहरुलाई हस्तक्षेप गरेको थियो ।

नगरसभास्थलमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मी र इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसी सहितको टोली खटिएको थियो । प्रशासकीय अधिकृत ज्ञवालीको उद्दारका क्रममा प्रहरीले जनप्रतिनिधिलाई हातपात गरेको थियो । तिलोत्तमा नगरपालिका वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले नगरसभा भइरहेको होटलको स्वीमिङ पुलमा खसालिदिएका थिए ।

प्रहरी नायब उपरीक्षक केसीले लछारपछार गर्दै आफूलाई स्वीमिङ पुलमा फालिदिएको वडा अध्यक्ष क्षेत्रीले स्मरण गरे । एमालेका जनप्रतिनिधिले दोषी प्रहरी अधिकारीमाथि कार्बाहीको माग गरेपछि छानविन समेत गरिएको थियो । यो प्रकरणलाई स्मरण गर्दै एमाले नेता मोहन चापागाईंले आफ्नो पूरानो स्टाटस शेयर गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–“समयले एक बर्षमा ३६५ दिन, ८ हजार ७६० घण्टा, ५२ हजार ५६ सय मिनेट र ३ करोड १५ लाख ३६ हजार सेकेण्ड पार गरेको छ । सबैले बुझेका छौ, समय नै सबैभन्दा बलवान छ ।”

२०७८ कात्तिकमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवर रुपन्देहीको सर्वोत्कृष्ट प्रहरी भन्दै पुरस्कृत भएका थिए । कुँवरलाई प्रतिस्थापन गरेर काजमा आएका थिए, डीएसपी ठगबहादुर केसी । विवादित विगत भएका केसी घुससहित पक्राउ परे । शक्तिको आडमा बारम्बार कारबाहीबाट जोगिंदै आएका डीएसपी केसीलाई नगद र चेक सहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो । सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले केसीको साथबाट नौ लाख ५० हजार रुपैयाँको चेक र साढे आठ लाख रुपैयाँ नगद बरामद भएको पुष्टि त्यतिबेला गरेका थिए ।

केसी जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएपछि रमाना बुझ्ने तयारीमा थिए । डीएसपी केसीले बुटवलका सुन व्यापारी खिलेन्द्र जिसीको ३५ तोला सुन नियन्त्रणमा लिएर छोड्नका लागि घूस मागेको एआईजी सुवेदीले बताएका थिए ।

६ महिने निलमबन सकिएसँगै डीएसपी केसीलाई प्रहरी प्रधान कार्यालयले जागिरबाटै हटाउन गृहमन्त्रालयलाई पत्र पठाएपनि गृहले फाइल अगाडि बढाएको छैन । “प्रहरी प्रधान कार्यालयले सेवाबाट हटाउनका लागि गृहलाई पत्र पठाएको हो”–केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले न्युज बुटवल टुडेसँग भने–“गृहमा फाइल पुगेर रोकिएको होला ।” उनले यो विषयमा अख्तियारले छानविन गरिरहेको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?