ट्रेंडिंग:

>> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा

शिक्षा उठाउन नेपालगन्जमा छात्रा क्याम्पस

९ भाद्र २०७८, बुधबार
९ भाद्र २०७८, बुधबार

नेपालगन्जमा कन्या कलेज संचालनको अन्तिम चरणमा पुगेको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले संचालक समितिका अध्यक्ष विजय गुप्ता लगायत समितिका पदाधिकारी र सल्लाहकार समितिका सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गरेसंगै अब पढाईका लागि प्रक्रिया शुरु गरिने भएको हो ।

नगर प्रमुख राणाले कन्या कलेज संचालनका लागि भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिदै उपमहानगरपालिकाको परियोजना भएपनि यसको संचालन उपमहानगरपालिकाको प्रत्यक्ष नियन्त्रण भन्दा स्वायत्त होस भन्ने चाहना आफुहरुको रहेको बताए ।

उपप्रमुख थापा मगरले समाजमा पछाडी परेका समुदायका छात्राहरुलाई उच्च शिक्षामा प्रवेशका लागि कलेज संचालन गर्न लागिएको राजनीतिक प्रभाव विना निष्पक्ष भएर काम गर्न आग्रह गरेकी छन् ।

मधेशी तथा मुस्लिम समुदायका छात्राहरु कक्षा १० सम्म अध्ययन गरेपछि घरभित्रै बस्ने र अभिभावकले अध्ययन गर्न नपठाउने अवस्थालाई अन्त्य गर्न नेपालगन्ज उपमहानगरपालिकाले कलेज सञ्चालन गर्ने तयारी गरेको हो । यसबाट महिला शिक्षित बने परिवार नै शिक्षित बन्छ भन्ने भनाई सार्थक बनाउने उपमहानगरको अपेक्षा छ ।

नेपालगन्ज उपमहानगरपालिकाले मंगलप्रसाद माविमा कलेज स्थापनाका लागि ४० कोठे भवन तयार पारेको छ । यस बर्ष बिएससी, सिएसआईटी र विएड कक्षा संचालन अनुमतिका केही दिनमै प्रस्तावना पत्र मध्यपश्चिम विश्व विद्यालयमा पेश गरिने नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले बताए । नेपालगञ्जमा रहेका मधेसी र मुस्लिम समुदायका छात्राहरुका लागि मुख्य लक्षित गरि कलेज स्थापना गर्न लागिएको हो ।

मधेसी आयोगका सदस्य गुप्ता अध्यक्ष रहेको ११ सदस्यीय संचालक समितिको सदस्यहरुमा रविन्द्र कर्ण, अनिता शाह, मैमूना सिद्धिकी, नमस्कार शाह, कौसलकुमार धोवी, मो. खालिद ईकवाल ईराकी, चन्द्रशेखर पाण्डे, दिपाली टण्डन गुप्ता रहनुभएको छ । समितिको सदस्य सचिव क्याम्पस प्रमुख र शिक्षा महाशाखाबाट पनि सििमतमा प्रतिनिधित्व हुनेछ । यसैगरी नगर प्रमुख डा. धवल शम्शेर राणाको संयोजकत्वमा डा. एम किदवाई, डा. कौशलकुमार वर्मा, परवेज अली सिद्धिकी र सशी स्वार रहेको सल्लाहकार समिति गठन गरिएको छ । उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा अनूगमन समिति गठन भएको छ ।

नेपालगन्ज शैक्षिक हब हो । शिक्षा क्षेत्रमा फराकिलो रुपमा विकास भएको शहर मध्ये नेपालगन्ज पनि एक भएकाले यहाँ विभिन्न जिल्लाका विद्यार्थीहरुले अध्ययन गरीरहेका छन । शिक्षा क्षेत्रमा राम्रो अवसर र विद्यालयहरुको पढ्ने वातावरण राम्रो हुदा हुदै पनि मधेशी तथा मुस्लिम समुदायका छात्राहरु कक्षा १० सम्म अध्ययन गरेपछि घरभित्रै बस्ने र अभिभावकले अध्ययन गर्न नपठाउने अवस्थालाई अन्त्य गर्न नेपालगन्ज उपमहानगरपालिकाले यो आर्थिक बर्षको मंसिर महिनाबाट कलेज सञ्चालन गर्ने तयारी गरेको छ । नेपालगन्जमा रहेको एमपी स्कुलको प्राङगढभित्र मंगलप्रसाद महिला कलेजको काम करिब करिब सम्पन्न भइसकेको छ । आर्थिक बर्ष २०७६/२०७७ बाट काम सुरु भएको ४ तले भवनमा ४० वटा कोठा रहका छन । साढे ७ करोड लागतमा नेपालगन्ज उपमहानगरपालिकाले संचालन गर्न लागको कलेजको काम हस्तान्तरणको पक्रियामा रहेको उपमहानगरपालिकाका ईन्जिनियर निवेश कुमार शर्माले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरखबहादुर थापाले कलेजमा अध्ययन गर्ने छात्राहरुलाई छात्राबृत्तिको व्यवस्था गरिएको बताए । छात्राहरुको शिक्षामा पहुच बृद्धी हुनुका साथै छात्राहरुलाई कलेज पठाउनुपर्छ भन्ने कुराको राम्रो शन्देस प्रवाह हुने नगर प्रमुख राणाले बताए । उनले अहिले पनि नेपालगन्जका केहि क्षेत्रमा पुरुष पढ्ने कलजेमा नपठाउने गरेको अवस्थालाई मध्यनजर गर्दे महिला कलेजको स्थापना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?