© २०२३
विना विभागिय मन्त्री अजय शाही र सांसद बिमला खत्री वलीलाई पदमुक्त गर्न नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको छ ।
एमालेको सुर्य चिन्ह लिएर निर्वाचित शाही र बिमला ओलीले पार्टीको बिधान र संसदीय दलको बिधान नियम बिपरीत र पार्टीको निर्देशन बिपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभामा पत्र बुझाएको एमालले जनाएको छ ।
अजय शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए भने बिमला खत्री वली एमाले नेता उत्तर कुमार वलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी हुन् ।
शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्विप नलाग्ने दावी गर्दै आएका छन् ।