ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

मुख्यमन्त्री केसीका पाँच प्राथमिकता

२९ श्रावण २०७८, शुक्रबार
२९ श्रावण २०७८, शुक्रबार

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको काम कार्वाहीलाई प्रभावकारी रुपमा अगाडी बढाउने बताएका छन् ।

उनले गठबन्धन दलहरुसँगको छलफल र समझदारीमा सरकारका काम अगाडी बढाउने बताए ।

शिक्षकका रूपमा गिरिजाप्रसाद कोईराललाई कोलोझण्डा देखाउँदा जागिर गुमाएर युद्धमा होमिएका केसी लडाकू कमाण्डर हुँदै मुख्यमन्त्रीसम्म भएका हुन् । यस्ता छन् उनका प्राथमिकताहरु

१) प्रदेश संरचना बलियो बनाउँछौंः
हाम्रो प्राथमिकता विधि प्रक्रियालाई सुव्यवस्थित गर्ने हुन्छ । विधि र प्रक्रियालाई व्यवस्थित गर्ने र स्थापित गर्ने हामी काम गर्छौं । प्रदेशको संरचनालाई बलियो र व्यवस्थित गर्ने काम गर्छौं । संविधानको कार्यान्वयनलाई सुव्यवस्थित गर्नुपर्छ भन्ने नै छ । त्यसमा गठबन्धन प्रतिबद्ध छ ।

२) साझा नीति तथा कार्यक्रम बन्छः
नेपालको संविधानअनुसार हाम्रो साझा नीति तथा कार्यक्रम बन्छ । प्रदेशका जनताले के अपेक्षा गरेका छन् ? देखिनेगरी परिणाममुखी कार्यक्रमहरू कार्यान्वयनको चरणमा अघि बढाउँछौं । गठबन्धनको चाहनाअनुसार सरकार अघि बढ्छ ।

३) साझा रोडम्यापमा अघि बढछौंः
हामीले स्पष्ट रोडम्याप नै बनाएर अघि बढ्ने भनेका छौं । त्यसैले खासै समस्या आउला जस्तो लाग्दैन । हाम्रो आपसी समझदारी जे छ त्यसलाई सुव्यवस्थित गर्ने र संस्कार स्थापित गर्ने कुरा हो । त्यो संस्कारबाट जनतालाई डेलिभरी दिन योग्य प्रतिस्पर्धा पनि आवश्यक हो । हामी गठबन्धन बनाउदादेखि नै क्लियर भएर सहयात्रा गरेका छौँ । संस्कार देखाउने विषयमा हामी अब्बल नै छ ।

४) बजेट र नीति कार्यक्रम संशोधन हुन्छः
सरकार परिवर्तनपछि बजेट र नीति कार्यक्रम संशोधन स्वभाविक हुन्छ । त्यसलाई अन्यथा लिनुपर्दैन । अघिल्लो सरकारले संविधानको सर्वोच्चतालाई अपहेलना गरेर अध्यादेशबाट बजेट जारी ग¥यो, त्यो त गलत थियो । नयाँ गठबन्धन सरकारले त्यसलाई प्रतिस्थापन गर्छ । हामीले प्रदेशको सबै पक्षलाई समेटेर साझा दस्तावेज बनाउने छौं । त्यसमै धेरै कुरा पर्ने छन् ।

५) डेडलाइन बनाएर राजधानीको संरचना बनाउँछौंः
स्थायी राजधानीको संरचना निमार्णको काम अघि बढेको छ त्यसलाई डेडलाईन बनाएर टुंग्याउँछौं । जहाँ जहाँ समस्या छ अहिले अस्थायी रूपमै भए पनि समस्याको व्यवस्थापन गरेर परिणाम दिनुपर्छ भन्ने लाग्छ । सुरु भएका कामहरू अवश्यकताअनुसार परिमार्जन गरेर हामी अघि बढ्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?