ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

प्रदेश राजधानी ‘उर्वर भूमि ’

१७ श्रावण २०७८, आईतवार
१७ श्रावण २०७८, आईतवार

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ्ग जिल्लाको राप्ती उपत्यका अर्थात गढवा गाउँपालिका र राप्ती क्षेत्रमामा हाल कृषि योग्य भुमि प्रशस्त्र मात्रामा छन् । “कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार गढवा गाउँपालिकाको समृद्धिको आधार” नारा तय गरेको राप्ती गाउँपालिमा अहिले लुम्बिनी प्रदेश सरकारको स्थायी राजधानी तोकिएको छ । गाउँपालिको १,२,३ गाउँपालिकालाई राजधानी बनाउने भनि प्रदेश सरकारको योजना रहेको छ ।

केही समय पहिला प्रदेशकै सरकारी कार्यालयले गरेको परिक्षण अनुसार यो क्षेत्रमा कृषि योग्य भुमि यथेष्ठ मात्रामा रहेको तथ्यांक सार्वजनिक गरेको छ । प्रदेशको भुमि व्यव्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेले गढवा गाउँपालिकामा गरेको अध्ययन अनुसार खेती योग्य भुमिका लागि आवश्यक पर्ने तत्वहरु यथेष्ठ मात्रमा रहेको पाईएको थियो ।

माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकका प्रमुख अमरराज शर्मा घिमिरे (बरिष्ठ कृषि प्रसार अधिकृत) अनुसार गढवा गाउँपालिकामा गरिएको स्थलगत अध्ययनमा अझै माटोको अवस्था बिग्रीसकेको छैन । गढवा गाउँपालिकाका कृषि प्राविधिक नायव प्राविधिक सहायक हेमराज पुनका अनुसार गाउँपालिकामा कुल खेतीयोग्य भुमि १० हजार १ सय २९ हेक्टर रहेको छ ।

दाङ्ग जिल्लामा लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकीएपछि गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ क्षेत्रमा अहिले धमाधम प्लटीङ्गको काम भैरहेका छन् । जसको कारण अवको केही बर्षमा नै उक्त क्षेत्र क्रकिंटको क्षेत्रमा परिणत हुनेमा दुई मत छैन ।

सरकारी तथ्यांक अनुसार नै खेतीयोग्य भुमिमै राजधानीको परिकल्पना गरिएको छ । प्रदेशकै माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेले गरेको अध्ययन अनुसार गढवा गाउँपालिकामा बोट विरुवालाई आवश्यक पर्ने, खाद्यत्तव, प्रांगारिक पदार्थ, नाईट्रोजन, फस्फोरस, पोटास औषतमा सामान्य नै छ । गाउँपापलिकामा बर्षौदेखि खेती गर्दै आएको कारण पनि त्यहाँको माटोको अवस्था थप बिग्रीन पाएको छैन ।

माटो परिक्षण प्रयोगशालाको प्रतिवेदन अनुसार समग्रमा माटोको लागि चाहिने आवश्यक तत्वहरु प्राप्त मात्रामा रहेका छन् । प्रतिवेदन अनुसार माटोमा क्षारिय, नाईट्रोजनको स्थिति, प्रांगारिक पदार्थ, कम देखिएको भएपनि फस्फोरसको मात्रा अध्याधिक पाईएको थियो । यस्तै पोटासको स्थिति भने मध्ययम प्रकृतिको रहेको माटो परिक्षणको प्रतिवेदनमा उल्लेख छ ।
समग्र गढवा गाउँपालिकामा उच्च अम्लीय भएको माटोको हालसम्म शुन्य छ । यस्तै अम्लीय प्रकृतिको माटो पनि शुन्य छ भने हल्कमा अम्लीयको २२ वटा नमुना को कुल ४ सय ७७ हेक्टर क्षेत्रफल लिइएकोमा ९ प्रतिशत हल्का अम्लीय तत्व भएको पाइएको छ ।

यस्तै तटष्ठ प्रकृतिको माटो कुल ९६ वटा नमुनाबाट २ हजार १४ हेक्टर क्षेत्रफल लिएकोमा ३८ प्रतिशत माटो तटष्ठ प्रकृतिको रहेको पाइएको हो । माटोको पिएच मान ७ आसपासको क्षेत्रमा तटष्ट माटो रहन्छ जुन माटो बोट विरुवाहरुको लागि राम्रो माटो हो । यस्तै क्षारिय माटोको कुल १ सय ३२ वटा नमुनामा ३ हजार ९ सय ९ हेक्टर क्षेत्रफल लिइएकोमा ५३ प्रतिशत क्षारिय माटो पाइएको थियो ।

खासगरी तयाईको क्षेत्रमा क्षारिय माटो बढि मात्रामा हुन्छ उच्च गर्मी हुने स्थानमा हुने बोट विरुवाहरुको लागि क्षारिय माटो उपयुक्त हुन्छ ।

माटो परिक्षण पश्चात विज्ञ टोलीले माटोको गुणस्तर सुधारका लागि विभिन्न सुझाव समेत दिएको थियो । जसमा माटोको उर्वराशक्ती जोगाउनको लागि सरकारी निकाय, स्थानिय तह र सरोकारवालाले यो विषयमा ध्यान दिनुपर्न उल्लेख छ । तर अहिले विज्ञको सुझाव समेत कुल्चीदै राजधानी दाङ्गमा सहर विकास हुदै छ भने जग्गा प्लाटिङ्गमा परिणत हुदै छन ।

विज्ञ टोलीले गढवा गाउँपालिका क्षेत्रको माटोको अस्था राम्रो रहेको भन्दै जिमाटोको प्रतिक्रिया, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटास, आदि परीक्षण गरिएको मा जसलाई जोगाएर राख्नु चुनौती रहेको उल्लेख गरेका छन् ।

जिल्ला गढवा गाउँपालिका क्षेत्रको माटोको प्रतिक्रिया समग्र रुपमा क्षारिय, नाइट्रोजनको स्थिति कम, प्राङ्गारिक पदार्थ का फस्फोरस मध्यम र पोटासको स्थिति अत्याधिक वा राम्रो देखिन्छ’ वनजंगल बाट प्राप्त हुने स्याउला सोतर को उपयुक्त ब्यवस्थापन गर्ने हो भने दिगो माटो ब्यवस्थापन र बालीका लागि आबश्यक खाद्यतत्व व्यवस्थापन गर्न खासै कठिनाई पर्ने देखिंदैन ।’–विज्ञ टोलीको सुझावमा उल्लेख छ ।

माटोको उर्वराशक्तिको साथै विरुवाको लागि आवश्यक खाद्यतत्व प्रदान गर्न पनि प्राङ्गारिक पदार्थको बिशेष भुमिका रहने भन्दै सुझावमा माटोलाई दिगो रुपमा उर्बर बनाई राख्नको लागि पाङ्गारिक पदार्थ व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्दै यसको साथै सिफारिश बमोजिम मलखादको योग गर्नको साथै तलका कुराहरुलाई ध्यानमा राखी खेतीपाती गरेमा माटो दिगो रहनुको साथै चाहे जस्तो उत्पादन लिन सकिने उल्लेख छ ।

बुटवल टुडे संगको कुराकानीमा माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेका प्रमुख अमरराज शर्मा घिमिरेले कार्यालयले केही समय पहिला गरेको अध्ययन अनुसार खेतीयोग्य भुमिको विषयमा गरिएको थियो । तर केही समयदेखि खेतीयोग्य भुमि मासेर बस्ती विकास गर्ने परिपाटी विस्तार हुदै गएको भन्दै उनले यसलाई रोक्नको लागि खासगरी खेतीयोग्य जमिन जोगाएर मात्रै बस्ती बनाउने काममा जोड दिनुपर्ने बताउँछन् ।
उनी भन्छन्–‘बस्ती बसाउने ठाउँको पहिचान गरेर मात्रै त्यहाँ बस्ती बनाउने तर्फ ध्यान दिनुपर्दछ, होई भने खेती योग्य भुमी जोगाउन सकिदैन ।’ बरिष्ठ कृषि प्रसार अधिकृत रहेका कार्यालय प्रमुख घिमिरेले खेती योग्य जमिन र बस्ती बसाउने क्षेत्रलाई विभाजन गरी माटो जोगाउने गरी काम गर्नु नै अहिलेको आवश्यकता रहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?