ट्रेंडिंग:

>> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई

खजुराको खुबी

१६ श्रावण २०७८, शनिबार
१६ श्रावण २०७८, शनिबार

खजुरा अर्थात पुरानो एयरपोर्ट !

हालको राँझा एयरपोर्ट संचालन हुनुपूर्व खजुरामा बिमान आवात–जावत गर्थे ।

सदरमुकाम नेपालगञ्ज आउन त्यही बाटो प्रयोग गर्नुपथ्र्यो ।

धेरै नयाँ पुस्ताका लागि यो कुरा बिश्वास नलाग्न सक्छ । तर बास्तविकता यही हो ।

राजा, प्रधानमन्त्री जस्ता भिभिआईपीदेखि सर्वसाधारणहरु नेपालगञ्ज पुग्न खजुरा एयरपोर्टमा ओर्लिन्थे । खजुराको बाटो हुँदै जिल्ला सदरमुकामको गन्तव्यमा पुग्नुपथ्र्यो । बुढापाकाका लागि ताजा रहेको यस्ता सम्झना नयाँ पुस्ताका लागि भने सपना जस्तो लाग्छ ।

 

एयरपोर्ट लगायत महत्वपुर्ण सरकारी निकायहरु रहेकाले खजुरा जिल्लाकै शक्तिशाली ठाउँ थियो । स्थानीय अगुवा शतिश निरौलाका अनुसार, पुनर्बासका रूपमा तत्कालीन शासक महेन्द्रले बसाएको ठाउँ हो त्यसैले यहाँ विभिन्न ठाउँबाट बसाई सराइ गरेर आएका मानिसहरुको मिश्रीत बसाई छ ।

जसरी जङ्गबहादुरले निकै चासोका साथ नेपालगन्ज शहर बसाए उस्तै चासो अनि राष्ट्रिय महत्वकाका साथ तत्कालीन राजा महेन्द्रले बसाएका थिए यो बस्ती । भारतीय सिमाना छेउ छेउ मा पूर्व सैनिकहरुलाई बसोबास गराएर अलि वरका ठाउँमा अन्य बस्ती बसाए त्यसो गर्नुमा सिमा जोगाउने चासो हुनुपर्छ उनको ।

‘खजुराको रुप बिस्तारै फेरिदै त छ नै पछिल्लो स्थानीय निर्वाचन पश्चात् । हामी यसलाई अझ स्मार्ट बनाएर लैजादै छौं ।’– गाउँपालिका अध्यक्ष किस्मत कक्षपति भन्छन् । त्यसरी कुनै बेला जिल्लाकै लिड गर्ने अवस्थामा पुगेको खजुरालाई फेरी त्यसैगरी चम्काउने बहस र छलफल हुन थालेका छन् । गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति बृहद खजुरा सम्मेलन त्यसैको रुप भएको बताउँछन् । कक्षपति भन्छन,–‘नयाँ ढङ्गले खजुरालाई अगाडी बढाउने योजना बन्दै छ ।

 

खजुरामा कृषि क्षेत्रमा अध्ययन अनुसन्धान हुने कार्यालयदेखि कपास विकास समिति, जनक शिक्षा सामाग्रीको छापाखानादेखि पछिल्लो समय क्यान्स अस्पतालसम्म सन्चालनमा ल्याइएको छ । तर सबै कार्यालय पुर्णरुपमा सन्चालन हुन सकेका छैनन् । राजनीतिक नेतृत्वले ती कार्यालय चासो नदिइरहेका बेला मुख्यमन्त्रीलाई समस्याका बारेमा ध्यानार्कषण गराइएको हो ।

खजुरा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले आमनागरिकले बिश्वास गर्न सके मात्र कुनै पनि ठाउँको विकास गर्न सकिने बताएका थिए । उनले भने,–‘राज्यका निकायप्रति भरोसा गर्ने समाजले मात्र परिवर्तन गर्छ ।

अन्यथा परिवर्तन गर्न सक्दैन ।’ सामाजिक सन्जालमा कसैले केही लेखिदिएकै भरमा त्यसको सत्यता नखोजी सरकारको उछितो काड्ने काम भएको मुख्यमन्त्री पोख्रेलले बताए । उनले खजुरावासीको विकासको काममा साथ दिने उल्लेख गरे । ‘म यहाँ धेरै पटक आए । यहाँका बाटोघाटोका बारेमा जानकार छु । योजनाबद्ध तरिकाले बसेको बस्तीमा धेरै कुरा अधुरो भएको देख्दा चित्तबुझेन ।’मुख्यमन्त्री पोख्रेलले भने–‘तपाईका बारी बाझो छ त्यसमा राजनीतिक नेतृत्वले केही गर्न सक्दैन । यत्ति काम तपाईहरुले गर्न सक्नुहुन्छ ।’

 

खजुराले फेरी पुरानै बिरासत फर्काउदै छ । केन्द्रीय सरकारको औद्योगिक ग्राम योजना त्यही कार्यान्वयन भइरहेको छ । त्यसले स्थानीय उद्योगलाई आकृषित गर्ने गाउँपालिका उपाध्यक्ष एकमाया बिक बताउँछिन् । औद्योगिक ग्राम निर्माणको कार्य जारी छ । त्यसै चिनको एउटा संस्थासंगको सहकार्यमा ठूलो लगानीमा हरित खजुरा प्रोजेक्ट सन्चालनको तयारी भइरहेको छ । उक्त प्रोजेक्टका लागि सम्झौता भइसकेको भएपनि लकडाउनका कारण सन्चालन हुन सकिरहेको छैन ।

 

खेलकुद ग्रामदेखि अन्य पूर्वाधार विकासका योजनाहरु सन्चालन भइरहेको गाउँपालिका अध्यक्ष किस्तमत कक्षपति बताउँछन् । उनी भन्छन्–‘कोरोना कहरले हाम्रो विकासमा ब्रेक लगाएकै हो तर अब हामी धमाधम काम शुरु गर्छौ । खजुरा पुरानै लयमा फर्किन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission