© २०२३
बुटवल उपमहानगरपालिका वडा नं ६ स्थित कृषि उपज केन्द्रको आकाशमा चील र गिद्घ उडिरहेका देखिन्छन् । नगरको मुटुमा मरेको सिनो खाने यी पंक्षीहरु मासु पसलबाट फ्याँकिएका मासुका फोहोर टिप्न उड्ने गरेका हुन् ।
छेउमा सोरछत्तिस खोला किनारमा त्यहाँ रहेका मासु पसललेहरुले मासुबाट निस्केका फोहोर फ्याँकिरहेका भेटिन्छन । त्यो फोहोर टिप्न पंक्षिमात्र होईन कुकुरहरु पनि तछाडमछाड गरेको देखिन्छ ।
यो दुगन्र्ध छल्न कृषि मण्डीमा आएका उपभोक्ताहरु नाक थुनेर हिडिरहेका देखिन्छन । झिगा उडेका मासुमा केही व्यापारी हाते पंखाले धपाउदै ब्यापार गरिरहेका छन ।
बुटवल उपमहानगरपालिका देशकै उत्कृष्ट पालिका ६ पटक घोषणा भयो । देशमै पटकपटक उत्कृष्ट उपमहानगर घोषणा भएको बुटवल उपमहानगरभित्र नै दुगन्ध र फोहोर टोल छ सुन्दा पनि अचम्म लाग्छ ।
कृषि उपज केन्द्रको पछाडी रहेको करिब १ दर्जन सटरमा निक्कै फोहोर छ । उचित ब्यवस्थापन नगरिदा टोल नै दुर्घन्धित भएको स्थानियहरुको गुनासो छ । खाना खान, बस्न र सुत्न नसक्ने समस्या भएको स्थानिय छबि गुरुङले बताईन । पटकपटक ब्यवसायीहरुलाई भनेपनि नसुन्ने गरेको उनले दुखेसो गरिन । गन्ध र फोहोरकै कारण बिरामी परेको उनले बताईन ।
उमा रोकाहाले पनि एउटै टोलमा राम्रो सम्बन्ध बनाएर बसोबास गरेको भएपनि फोहोरले गर्दा धेरै कठिनाई परेको बताईन । दुर्गन्ध सबैभन्दा ठुलो समस्या भएको उनले बताइन ।
ब्यवसायीहरु सरकारलाई कर तिरेपनि आफुहरुको हकहितमा कुनै काम नगरेको दुखेसो गरे । छाला, हड्डी, फोहोर फ्याक्ने स्थान अभाव भएको भन्दै ब्यवसायीहरु ठाउको माग गरिरहेका छन । नगरपालिकाले ६ वर्षदेखि टेन्डर निकाल्ने र घरभाडा लिने तर अन्य कुनै सेवासुविधा नदिएको उनिहरु बताउँछन ।
बुटवलका मासु ब्यवसायीहरुलाई ब्यवस्थित गर्न संघिय सरकारको समन्वयमा बधशाला निर्माणको काम अघि बढेको लामोसमय भएपनि त्यो कार्यान्वयन चरणमा जान सकेको छैन ।
बुटवलमै कुहिएको मासु बिक्री
बुटवल उपमहानगरपालिकाको अगुवाईमा विहिबार नियमित बजार अनुगमन गरिएको छ । रुपन्देही उद्योग, उपभोक्ता हित संरक्षण मन्च रुपन्देही, रुपन्देही व्यापार संघ, रुपन्देही मासु ब्यवसायी संघ, प्रहरी प्रशासनसहितको सहकार्यमा अनुगमन गरेको हो । अनुगमनको क्रममा मापदण्ड अप्नाएका निक्कै कम ब्यवसायी भेटिएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताईन् ।
नेपालगंज रोडमा रहेका अमन समन मासु एण्ड माछा पसलमा दर्ता कागज देखिएन, रेट लिष्ट नभेटिएको, सडक छेउमा कुखुराहरु राखिएको, तौलका सामग्री र मापदण्ड अनुसार काम नगरेको भेटिएको, सफासुग्घरका लागि सिसा झाली ब्यवस्था नगरेका अवस्थामा भेटिएको हो ।
बुटवल उपमहानगरपालिकाका पशु पन्छि विकास शाखाका अधिकृत तथा पशु चिकित्सक झबिन्द्र बन्जाडेले आफू पटक पटक अनुगमन गरेको बताए । पटकपटक ब्यवसायिलाई सुझाव दिएपनि अटेरी गरेको भन्दै अब कडा कारवाही गरिने बताए । ताहिर मासु पसलबाट २३ केजी मासु र सद्दाम मासु एण्ड माछा पसलबाट २० केजी माछा मापदण्ड विपरित राखिएको अवस्थामा लिएर नष्ट गरिएको उनले बताए ।
अनुगमनको क्रमा मन्चका अध्यक्ष तेज कुमार पाठक, व्यापार संघका उपाध्यक्ष यमलाल लोहनी, मासु ब्यवसायी संघका वरिष्ठ उपाध्यक्ष मोहन खत्रीले मासुको गुणस्तरलाई ध्यान दिने गरि ब्यवसायीहरु लाग्न सुझाव दिए ।
पशु सेवा विभागले विसं. २०५७ सालमा बुटवलमा बधशाला निमार्णको काम शुरु गरेको भएपनि त्यो लामोसमय पुग्दापनि पुरा हुन सकेको छैन । पछिल्लो समय प्रदेश सरकार र स्थानिय सरकारको संयुक्त लगानी तथा हेपार ईन्टरनेश्नलको प्राविधिक सहयोगमा २२ करोड रुपैयामा डिपिआर तयार गरि निमाणर््ा फेरि भैरहेको छ ।
बुटवल नगरपालिकाभित्र ५ सय खसिबोका, ३ हजार कुखुराको मासु बिक्री हुदै आएको ब्यवसायीहरुको अनुमान छ । नेपालमा प्रत्येक वर्ष १६ अर्ब बराबरको मासु आयात हुँदै आएको छ ।