© २०२३
‘रगत दिनुस र जगत जोगाउनुस’ भन्नेनारासहित विश्व रक्तदाता दिवस मनाईदैछ छ । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो । रुपन्देहीमा पनि रक्तदान कार्यक्रम मनाईदैछ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले युवाहरुलाई रक्तदान गराउने अभियानमा आफुहरु सहभागी भएको बताए । कुनै पनि १८ वर्ष नाघेको र आवश्यक मापदण्ड पुगेको युवा रक्तदान गर्न सक्ने उनको भनाई छ ।
अधिकास मानिसहरुमा रक्तदान गरेपछि कमजोर भईन्छ भन्ने गलत मानसिकता कायम रहेको उनले बताए । अझै तराइ भेगका मानिस रक्तदान गर्न डराउछन । उनले भने।
शुभ जन्मोत्सव, विवाह उत्सव, १८ प्लस लगायत विविध अभियानका कारण रक्तदान गर्ने रक्तदाताहरुको संख्या बढेको उनी बताउँछन । रक्तदानसंग सामाजिक अभियानलाई जोड्दा आकर्षण बढेको उनको दाबी छ। ठाउठाउमा स्थानिय समुहलाई समेटेर रक्तदान कार्यक्रम गरिदा सचेतना जगाउन सफल भएको उनी बताउछन। शनिबार अर्घाखाँचीमा रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता रहेको उनी बताउँछन । रुपन्देहीमा समाजमा आवद्ध ६ सय बढि सदस्य रहेको उनले बताए ।
यसैगरि जिल्लामा करिब २० हजार रक्तदाताहरु रहेको उनको दाबी छ। लकडाउनका कारण दुई वर्ष लगातार सामान्य रक्तदान मात्र गरिएको उनले बताए ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति प्रेसलाल उदासले स्वयंसेवी रक्तदाताहरुबाट रगतको अभाव धानेको बताए । शाखाको समन्वयकारी भुमिका रहेको भन्दै मानिसहरुमा रक्तदान महत्त्व बुझाउने, प्रोत्साहन गर्ने, रक्तदाता सम्मान लगायत कार्यक्रम गर्दै आएको बताए ।
नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र बुटवल र भैरहवामा गरि यो आर्थिक वर्षको २०७७ साउन देखि ०७८ जेठ २९ सम्ममा २४ हजार ७ सय ७९ युनिट रगत वितरण भएको छ। यसैगरि २२ हजार ५ सय ७२ युनिट रगत संकलन भएको केन्द्रका प्राविधिक राधा शर्माले बताईन। नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले यसअवधिमा आकष्मिक तथा नियमित गरि ४ हजार ६ सय ४० युनिट संकलन गरेको छ।
संकलन भएका होल ब्लडबाट पिआरपि लगायत सेपरेसन गरिएर आवश्यकता अनुसार विरामीलाई बितरण गरिदै आएको उनले बताईन। लकडाउनमा रगतको खपत कम नभएको उनी बताउछिन।