ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

खोप खरीद गर्ने जिम्मा केन्द्र सरकारको

१७ जेष्ठ २०७८, सोमबार
१७ जेष्ठ २०७८, सोमबार

स्थानीय तहहरुले खोप खरिद गर्ने व्यवस्था मिलाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरिरहेका बेला सरकारको खोप किन्ने काम केन्द्र सरकारको भएको बताएको छ ।

सरकारले स्थानीय तहहरुलाई कोभिड–१९ विरुद्धको खोप आफैं खरिद नगर्न समेत भनेको छ ।

पाल्पाको रामपुर नगरपालिका, रूपन्देहीको तिलोत्तमा नगरपालिका, वीरगञ्ज महानगरपालिका लगायतले खोप किन्न अनुमति माग्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेका थिए ।

कोरोना महामारी नियन्त्रण गर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालय संघीय सरकारको रहेको भन्दै सरकारले सबै नागरिकलाई खोप दिने घोषणा यसअघि नै गरिसकेकोले बरु मन्त्रालयको यो काममा सहजीकरण गर्न स्थानीय तहलाई भनेको छ ।
मन्त्रालयका परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पाखरेलले सरकारसँग सहजीकरण गरेर यो कार्यमा स्थानीय तहले सहयोग गर्नु उपयुक्त हुने बताए ।

केही स्थानीय तहले खोप आफैं किनेर ल्याउँदा नजिकैको अन्य पालिकालाई विभेद हुने भन्दै मन्त्रालयलाई नै सहयोग गरेर चाँडै खोप उपलब्ध गराउने कार्यमा सहयोग गर्दा सरकारको अभियानसमेत सफल हुने उनको भनाइ छ ।

केही स्थानीय तहले खोप खरिदका लागि पालिका स्तरबाटै बजेट विनियोजन गर्ने इच्छाशक्ति देखाउनु सकारात्मक भएपनि सबै स्थानीय तहले खरिद गर्न सक्ने सम्भावना नरहेको उनको भनाइ छ ।

स्थानीय तहहरुले खोप खरिद गरेर ल्याउन सक्ने सम्भावना, त्यसको प्राविधिक, स्टोरेज, अनुगमन, मूल्यांकन, कोल्डचेनको व्यवस्थापन लगायत अन्य त्यसबाट हुने जोखिम नियन्त्रण तथा व्यवस्थापन अत्यन्तै कठिन रहेको उनले बताए ।

दुवै डोज खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण दर एकदम कम रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमण भइहाले पनि अस्पतालमा भर्ना हुने दर कम रहेको उनले बताए । खोपले शतप्रतिशत मानिसलाई नबचाए पनि धेरै नागरिकलाई बचाउने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?