ट्रेंडिंग:

>> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा

स्वास्थ्यकर्मी कुटपिटमा संलग्नलाई कार्वाही गर्न निर्देशन

१४ जेष्ठ २०७८, शुक्रबार
१४ जेष्ठ २०७८, शुक्रबार

उपप्रधानमन्त्री ईश्वर पोखरेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भेरी अस्पतालका स्वास्थ्यकर्मी कुट्ने माथि हदैसम्म कारवाही गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई निर्देशन दिएका छन् ।

सोही विषयलाई लिएर स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका बेला उपप्रधानमन्त्री पोखरेलले शुक्रवार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालाई टेलिफोन गरी दोषीलाई हदैसम्म कारवाही गर्न निर्देशन दिएको उप्रधानमन्त्री प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

सल्लाहकार पाण्डेका अनुसार, महामारीको बेला जनताको जीवनरक्षामा खटिएका सुरक्षाकर्मीमाथि भएको आक्रमण ‘गम्भीर अपराध र अमानवीय’ भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन पनि दिए ।

घटना सार्वजनिक भएपछि पोखरेलले उक्त निर्देशन दिएका हुन् ।

स्वास्थ्यकर्मीहरुले आन्दोलन गरी कुटपिटमा संलग्नलाई कार्वाही गर्न गरिरहेका छन् भने सामाजिक सञ्जालमा पनि ति व्यक्तिलाई कार्वाही हुनुपर्ने माग भइरहेको बेला उनलाई कस्तो कार्वाही हुने हो, प्रतिक्षाको बिषय बनेको छ ।

घटनामा दाइ तुलसीपुर उपमहानगर ११ का मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। रावतका दाइ तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो।

उनलाई कोरोना देखिएको थियो।

उपचारका क्रममा कोरोना संक्रमित बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले बिहिवार मध्यराती नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि सांघातिक आक्रमण गरी घाइते बनाएका थिए । ज्यान जोगाउनका लागि स्वास्थ्यकर्मीले एक तला माथिबाट हाम फालेको बताएका छन् ।

अस्पतालद्धारा जारी बिज्ञप्ती अनुसार, करिब साढे ९ बजेतिर कोभिड वार्डमै आएर स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि ज्यान जोगाउन चिकित्सक तथा नर्सहरुले एक तला माथिबाट हामफालेका हुन ।

अस्पतालमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्युभएपछि उनका आफन्त आक्रोशित हुँदै स्वास्थ्यकर्मीमाथि हातपात गर्न थालेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ज्यान जोगाउन भाग्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ ।

अस्पतालका डा चन्द्र प्रकाश साहु, स्टाफ नर्स अश्विनी गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठले ज्यान जोगाउनका लागि अस्पतालको एकतला माथिबाट हामफालेका थिए ।

मृतकका आफन्तले भेन्टिलेटरमा राखेका कारण बिरामीको मृत्यु भएको भन्दै डा. चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरै लगायत माथि हातपात गरेका थिए । मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु र नर्समाथि हातपातको प्रयास गरेपछि तनाव भएको थियो । बिरामीको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मी माथि आक्रमण गर्नुका साथै अस्पतालको आइसीयूकक्षमा तोडफोड गरेका थिए । भेन्टिलेटरबाट विरामीको ज्यान गएको भन्दै आफन्त आक्रमणमा उत्रिएका थिए ।

घटनामा चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते भएका छन् । घटनालगत्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी उपरीक्षक ओमबहादुर रानालगायतको टोली अस्पतालमा पुगेर अबेरसम्म छलफल थियो ।

उक्त घटनापछि शुक्रवारदेखि स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन् । उनीहरुले असुरक्षा भएको भन्दै काम गर्न सक्ने वातावारण नभएको उल्लेख गरे ।

घटनाको चौतर्फी निन्दा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?