© २०२३
‘मेरो तिर्खाएको, भोकाएको शरीरले,
तिम्रो जीवनको सुरक्षा गर्नको लागि,
१२ घण्टा आफ्नो अनिदो शरीरलाई लिएर,
तिम्रो सेवा गर्न पाउँदा, छुट्टै आनन्द मिल्छ ।
उनी हुन् तुलसीपुर उपमहानगरपालिका १७ की समिक्षा रिजाल । पेशाले नर्स ।
उनी अहिले २१ वर्ष मात्र पुगीन् । अहिले उनी लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको कोरोना विषेश अस्पताल बेलझुण्डीमा कार्यरत छिन् । अस्पतालमा उपचाररत विरामीको स्याहार सुसार समिक्षा विगत १ वर्षदेखि खटिरहेकी छिन् । गतवर्ष जेठको १८ गतेदेखी उनले कोरोना संक्रमितको उपचारमा लागिरहेकी छिन् । तुलसीपुरको राप्ति लाईफ केयर नर्सिङ कलेजमा अध्ययन गरेकी उनले गतवर्ष फागुनमा मात्रै लाईसेन्स पाएकी थिईन् । बेलझुण्डी कोरोना अस्पताल नै उनको पहिलो जागिरको सुरुवात हो ।
“हाम्रो काम नै विरामीको सेवा गर्ने काम हो, धेरै जोखिम भएपनि विरामीको स्याहार त गर्नैप¥यो” समिक्षाले भनिन् । छ घण्टा पिपिई लगाएर काम गर्दा शौचालय समेत जान समेत नमिल्ने उनले बताईन् । गत वर्षको महामारीका बेला हस्पिटलमै खाने र बस्ने व्यवस्था थियो तर, अहिले त्यो व्यवस्था छैन । जसले गर्दा दिनहु घरबाटै आउने जाने गर्नुपर्छ । तुलसीपुर उपमहानगरपालिका १७ दुधरासवाट उनी दैनिक अस्पतालसम्म पैदल पुग्छिन् । “हस्पिटलमा सुत्ने ठाँउ छैन, ड्युटी सकेर घरै जानुपर्छ, कहिले रातको १२ बजिसकेको हुन्छ” समिक्षाले भनिन् । यसरी दैनिक घरबाटै आउने जाने गर्दा आफू त जोखिममै छौं, घर परिवार पनि जोखिममा रहेको उनले बताईन् ।
दैनिक अस्पातलवाट घरमा जादा बुवा आमा पनि डराउने र सजगहुने गरेको उनले बताईन् । “जति काममा खटिएपनि आफुलाई पिडा भएपनि बिरामीलाई सञ्चो बनाएर पठाउन पाउदा सबै पीडा भुलिदोरैछ” उनले भनिन् । गतवर्ष अलि उमेर भएकाहरुको मृत्यु भएपनि अहिले युवाहरुको मृत्युहुँदा भने आफुलाईपनि नराम्रो लाग्नेगरेको उनी बताउछिन् ।
कोभिड विरुद्धका औषधि, अक्सिजन लगायतका सामाग्रस्को तयारी सरकारले गतवर्षको अवस्थालाई हेरेर पहिल्यै तयारी गर्नुपर्ने हो तर, महामारीको अवस्था श्रृजना भैसकेपछि मात्रै सरकारले तयारी गर्दा धेरैले अकालमै ज्यान गुमाउनु परेको उनको भनाई छ । “अहिले धेरै संक्रमितको ज्यान अक्सिजनको अभावमा गएको छ, अस्पतालमा भर्ना भएकाहरुको पनि अक्सिजनको अभावमा नै ज्यान गयो, यो सबैको सरकारले पूर्व तयारी गर्नुपथ्यो” उनले भनिन् । व्यवस्थापनका विषयमा सरकार चुकेको उनको ठम्याई छ । सरकारले तयारी नगरेपनी नागरिकले विरोध गर्ने मात्रैभन्दा आफूबाट हुने सक्ने सावधानी अपनाउन कञ्जुस्याँइ गर्नुनहुने उनले बताईन् ।
गत वर्षको अवस्थाबाट पाठ सिक्न सकेको भए यतिका धेरै क्षती व्यहोर्नुनपर्ने उनले बताईन् । स्वास्थ्यकर्मीहरु २४ सै घण्टा विरामीको जीवन जोगाउन खटिएकै छन, आफूले सेवा गर्दागर्दै बिरामीको मृत्यु हुदा ओहो, म बाट केही कमजोरी भयो कि भन्ने कुराले सताइरहन्छ । बिरामीलाई सञ्चो भएर बिदाइ गर्दा भने ठूलै ठूलै युद्ध जिते झैं लाग्ने गरेको उनले बताईन् ।
डक्टर भन्दापनि विरामीको प्रत्यक्ष सम्पर्कमा रहने हामी नर्सकै हौसला र स्याहारले नै विरामीको हौसला बढ्ने गरेको उनले बताईन् । एकवर्षको अवधिमा कोरोना विषेश अस्पतालमा कार्यरत सहकर्मीहरुलाई संक्रमण भएपनि उनलाई भने अझै संक्रमण भएको छैन । “स्वास्थ्य मापदण्ड पालना गरे संक्रमणवाट जोगिन सकिने रैछ” समीक्षले भनिन् ।