© २०२३
नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका सदस्य दिपक पाण्डेयलाई गोली प्रहार गरेको आरोपमा २ जनालाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिईएका दुई व्यक्तिलाई प्रेस बिज्ञप्ती मार्फत सार्वजनिक गरेको हो ।
बुधबार राती करिब ११ बजेको समयमा तौलिहवा जितपृुर सडकखण्ड स्थित कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सडवामा पाण्डेय सहितको टोली माथी गोली प्रहार भएको थियो । प्रहरीले घटनामा संलग्नता देखिएका कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ बर्षीय ओमप्रकाश यादव र सोही नगरपालिका वडा नं. २ सागरटोलका साकिर अलि पाखियालाई नियन्त्रणमा लिएको हो ।
बुधवार राती तौलिहवा आउदै गरेको लु ९ प ८५२१ नम्बरको मोटरसाईकलमा सवार तिन जना माथी गोली प्रहार भएको थियो । गोली प्रहारबाट कपिलवस्तु नगरपालिका वडा नम्बर १ का पाण्डेय र भारत सिद्धार्थनगर जिल्ला चेतरी बजारका ईयाज अख्तर मुसलमान घाईते भएका थिए । घाईते मध्य पाण्डेयलाई दुई गोली लागेको थियो । गोली लागी गम्भिर घाईते रहेका पाण्डेयको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ ।
तत्काल नम्बर नखुलेको मोटरसाईकलमा सवार रहेका तिन जनाले पाण्डेय माथी ३ राउण्ड गोली प्रहार गरि फरार भएका थिए । घटनामा संलग्नबाट लु१६प ३४९७ नं. को पल्सर मोटरसाइकल, दुई थान मोवाईल, एक थान गोली जंगी राउण्ड, एक थान खोका पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पकाउ परेका आरोपित यादवले व्यक्तिगत रिसिबीका कारण प्रतिवादीहरु मिलेर हत्या गर्ने योजना बनाई गोली प्रहार गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।
गोली प्रहारको घटनामा संलग्नता रहेका मध्य दुई जनालाई नियन्त्रणमा लिईएको र फरार एक जनाको खोजी जारी राखिएको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए ।